गोरखापत्र अनलाइन
काठमाडौँ, असार १२ गते । यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिने भएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी मदन भण्डारी फाउण्डेशनले यसबारे जानकारी दिएको हो ।
फाउण्डेशनका सचिवालय सदस्य रामशरण प्याकुरेलका अनुसार ४७ वर्षीय शेर्पा वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय हुनुहुन्छ । पर्यटन व्यवसायीसमेत रहनुभएका शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ खुम्जुङ् गाउँका बासिन्दा हुनुहुन्छ । शेर्पाले करिब १५ वर्षसम्म नेपाल पर्वतारोहण सङ्घको नेतृत्व गर्नुभएको थियो ।
शेर्पालाई असार १४ गते जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा १ लाख रुपियाँ नगदसहित सम्मान गरिने बताउनुभयो ।