• १३ असार २०८२, शुक्रबार

युवकको हत्या

blog

घटनास्थलमा स्थानीय र अनुसन्धानका लागि पुगेका प्रहरी । तस्बिर: गोरखापत्र

विनय कर्ण

सप्तरी, असार १२ गते । सप्तरीमा एक जना युवकको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ ।

डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भएका ३२ बर्षीय राजकुमार खंगको हत्या गरी फालिएको अवस्थामा बिहीबार बिहान डाक्नेश्वरी नगरपालिका ८ र राजगढ गाउँपालिकाको बिच सिमामा पर्ने एक पोखरी किनारमा शव फेला परेको हो ।

राजकुमारको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताउनुभयो । 

रातीको समयमा हत्या गरिएको प्रहरीको अनुमान छ । मृतकको शव पोस्टमार्टमका लागि स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा  ल्याइएको छ । हत्यामा संलग्नको खोजी कार्य भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो । प्रहरीले घटनास्थलमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।