• १३ असार २०८२, शुक्रबार

एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा सञ्जीवको उम्मेदवारी

blog

सञ्जीव ‘गोर्खाली’ ढकाल

काठमाडौँ, असार १२ गते। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नयाँ कार्यकालका लागि सञ्जीव ‘गोर्खाली’ ढकालले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।

ढकालले सामाजिक सञ्जालमार्फत उम्मेदवारी सार्वजनिक गर्दै यो अभियान केवल नेतृत्वको लागि नभई, स्पष्ट कार्यदिशा, जवाफदेहिता र सहभागितामूलक समुदाय निर्माणको लागि भएको उल्लेख गर्नुभएको छ।

ढकालले स्वतन्त्र च्यारिटेबल संस्था रूपमा संस्थागत सबै विद्यार्थीलाई पुनः सहायक सदस्यका रूपमा समावेश गर्ने र नेपालसँग नाता राख्ने वा नेपाली मूल भएका सबैलाई सदस्य बनाउने व्यवस्था गर्ने उल्लेख गर्नुभएको छ। 

“हामी वाचा मात्रै गर्दैनौं - काम गरेर देखाउँछौं,” ढकालले लेख्नुभएको छ, “छिट्टै विस्तृत एजेन्डा र सेवा कार्ययोजनासहित पुनः उपस्थित हुनेछु।”