• १३ असार २०८२, शुक्रबार

सर्जक सम्मानित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १३ गते । जीवन स्मृति प्रतिष्ठानले विभिन्न सर्जकलाई सम्मानित गरेको छ । स्रष्टा साहित्यकार लीला उदासीलाई ‘जीवन स्मृति पुरस्कार २०७८,’ निबन्धकार युवराज नयाँघरेलाई ‘जीवन स्मृति पुरस्कार २०७९,’ कलाकार विक्रमश्रीलाई ‘जीवन स्मृति पुरस्कार २०८०’ तथा कथाकार रीता ताम्राकारलाई ‘जीवन स्मृति पुरस्कार २०८१’ बाट पुरस्कृत गरिएको हो । त्यस्तै ‘जीवन स्मृति युवा प्रोत्साहन पुरस्कार २०८१’ बाट सर्जक चोमु शेर्पा खुसी पुरस्कृत हुनुभयो । पुरस्कारको राशि १० हजार १११ रुपियाँ रहेको छ ।