नयाँ यात्राको थालनी
लोकतन्त्रका कैयौँ आयामलाई समेट्ने गरी एउटा भनाइ छ, ‘मतदानमा जति भावना सलबलाउँछन् उत्ति नै विवेकपूर्ण छाल आउँछन्...।’ लोकतन्त्रको एउटा आकस्मिकतालाई नेपालीले निर्वाचनका रूपमा उत्साहपूर्ण अपनाएका छन् । भयावह अनि अनिश्चितताको एउटा गहिरो अँध्यारोबाट अब हामी लोकतन्त्रको एउटा उज्यालोतर्फ अघि बढेका छौँ । यो निर्वाचन सामान्य निर्वाचन थिएन अर्थात् हामीले यो निर्वाचन सामान्य समयमा गरेका वा भाग लिएका होइनौँ । एउटा भयावह स्थितिले घेरेको समयमा त्यसको निकासका रूपमा फागुन २१ को व्यग्रता थियो; जसला
महिला सशक्तीकरणको तस्बिर
नेपालको जनसाङ्खिक संरचनामा २,९१,६४,५७८ कुल जनसङ्ख्यामा महिलाको जनसङ्ख्या १,४९,११,०२७ रहेको छ । प्रतिशतका हिसाबले ५१.१ प्रतिशत रहेको छ । लैङ्गिक विकासको आयामले विश्लेषण गर्दा स्रोतसाधनमा पहुँच, सामाजिक सहभागिता, आर्थिक रूपमा आत्मनिर्भर, राजनीतिक सुझबुझ र नागरिक चेतना जस्ता विषयमा हुने गुणात्मक विकासलाई महिला सशक्तीकरण भनेर बुझ्न सकिन्छ
एसइईमा विद्यार्थीको तयारी
राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ चैत १९ देखि सुरु हुँदै छ । बोर्डले परीक्षाको समयतालिका पनि प्रकाशित गरिसकेको छ । देशभरका करिब पाँच लाख विद्यार्थी यस राष्ट्रिय परीक्षामा सहभागी हुने तयारीमा छन् । सातै प्रदेशका विद्यार्थीले एउटै प्रश्नपत्र, एउटै मापदण्ड र समान मूल्याङ्कन प्रणाली अन्तर्गत परीक्षा दिनु नै यसको प्रमुख विशेषता हो । यसले राष्ट्रिय एकरूपता
पहिलो प्राथमिकता रोजगारी
परनिर्भरताको परिणाम सधैँ दुःखदायी र पीडादायी नै हुन्छ । परनिर्भरताले व्यक्तिको स्वाभिमान र देशको स्वाधीनता दुवै सङ्कटमा पर्छ । आर्थिक, सामाजिक र राजनीतिक कुनै पनि परनिर्भरतालाई पर राख्नै पर्छ तर विदेशमा गएर नकमाए कतिपय नेपालीको घरमा चुलो बल्दैन । विदेशीले ऋण र अनुदान नदिए हाम्रो अर्थतन्त्र चल्दैन । विदेशबाट उपभोग्य वस्तु आयात नगरे हाम्रो छाक टर्दैन । विदे
मतदानमा उत्साहित कलाकार
‘आजको मत भोलिको परिवर्तन ! आज मैले मेरो अधिकार मात्र होइन, जिम्मेवारी पनि पूरा गरेँ ।’ प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट मतदान गरेपछि कलाकार विजय बरालले मतदान गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै उक्त भनाइ उल्लेख गर्नुभएको हो । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कलाकारको उत्साहजनक सहभागिता रह्यो । कलाकारले आआफ्नो मतदान केन्द्रमा पुगेर मत मात्र हालेनन्, सर्वसाधारणलाई लोकतान्त्रिक अधिकारका लागि मतदान गर्न प्रेरित पनि गरे ।
यौनकर्मीको कथा ‘लालिमा’
यौनकर्मीको जीवनमा आउने उत्तारचढावको कथा हो चलचित्र ‘लालिमा’ । चलचित्रमा अभिनेतृ रोश्नी कार्की शीर्ष भूमिकामा देखिनुभएको छ । जीवन भट्टराई, उषा रजक, सुषमा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देलको समेत मुख्य भूमिका रहेको छ ।
मतदानमा खेलकर्मीको सक्रिय सहभागिता
देशमा नयाँ नेतृत्वका लागि बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा सर्वसाधारणसहित विभिन्न क्षेत्रका व्यक्तिले सक्रियताका सहभागिता जनाए । जसमा खेलकर्मी पनि पछाडि पर्ने कुरै भएन । नेपाली खेलकर्मीले पनि देश निर्माण, परिवर्तन र समृद्धिको आशामा उत्साहजनक रूपमा निर्वाचनमा भाग लिएका छन् । नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले मत दिएर देशको विकासका निम्ति आफ्नो कर्तव्य पूरा गरेको बताउनुभयो । काठमाडौँ क्षेत्र नं. १ अन्तर्गत बुद्धनगरको काठमाडौँ स्वप्न वाटिका एसएस एन्ड कलेज पुगेर सचिव खड्काले मतदान गर्नुभएको हो । उहाँले भन्नुभयो, “अब जो आए पनि स्थिर सरकार होस् भन्ने आशा गरेको छु । उहाँहरूलाई पाँच वर्षसम्म बिनाअवरोध काम गर्ने वातावरण बनोस्, त्यही कामना गर्दछु ।”
तनहुँ जलविद्युत् आयोजनाद्वारा बयानब्बे योजना सम्पन्न
तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामार्फत ९२ वटा योजना सम्पन्न भएका छन् । आयोजनाको प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्व अन्तर्गत ९२ योजना सम्पन्न भएका हुन् भने आठ वटा सञ्चालनमा आएका छन् ।
कामदार र परिवारमा मनोवैज्ञानिक त्रास
बागलुङ घर भई हाल छोराछोरीसहित काठमाडौँ बस्दै आएकी प्रमिला पौडेल गत शनिबारदेखि मनोवैज्ञानिक रूपमा त्रसित हुनुहुन्छ । श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा हाल कुवेतमा कार्यरत रहेको र त्यहाँ अमेरिका तथा इजरायलले इरानमाथि गरेको सैन्य हमलापछि इरानले पनि गरेको जवाफी हमलाले उहाँलाई त्रसित बनाएको हो ।
एक हजार आठ सय यात्रु बाहिरिए
प्रतिनिधि सभा सदस्य निर्वाचनका दिन देशबाट एक हजारभन्दा बढी यात्रु बाहिरिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहीबार मतदानका दिन स्वदेशी र विदेशी गरी एक हजार ८३५ यात्रु बाहिरिएका हुन् ।
चीनले घटायो आर्थिक वृद्धिदरको लक्ष्य
चीनले घरेलु अर्थतन्त्रमा देखिएको मन्दी, अन्तर्राष्ट्रिय अनिश्चितता र भूराजनीतिक जोखिमबिच सन् २०२६ का लागि आर्थिक वृद्धिको लक्ष्य ४.५ देखि पाँच प्रतिशतसम्ममा सीमित राख्ने घोषणा गरेको छ । यसले आर्थिक नीतिमा तीव्र परिवर्तनभन्दा निरन्तरतामै जोड दिने सङ्केत पनि दिएको छ ।
भारत र अमेरिकाद्वारा बधाई ज्ञापन
नेपालमा बिहीबार सफलतापूर्वक प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएकोमा छिमेकी भारत सरकाले खुसी व्यक्त गर्दै बधाई दिएको छ । नेपालमा निर्वाचनसम्बन्धी मिडियाका प्रश्नको जवाफमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भारत सरकारका तर्फबाट खुसी व्यक्त गर्नुभएको हो । उहाँको भनाइ उधृत गर्दै नेपालस्थित भारतीय दूतावासले सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ, “हामी आज नेपाली नागरिकले गरेको चुनावको सफल सञ्चालन र आफ्नो लोकतान्त्रिक जनादेशको प्रयोगको स्वागत गर्दछौँ, जसमा उत्साहजनक सहभागिता देखिएको छ ।”
मतदानमा ज्येष्ठ नागरिकको उत्साह
नवयुवा पुस्ताको आन्दोलनको जगमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दोस्रो विश्वयुद्धताका जन्मिएका मतदाताले समेत मतदान गरेका छन् । जसलाई सबैभन्दा ठुलो पुस्ता (ग्रेटेस्ट जेनेरेसन) पनि भनिन्छ । दोस्रो विश्वयुद्ध सन् १९३९ मा सुरु भई १९४४/०४५ सम्म चलेको हो । पश्चिममा अछाम र कञ्चनपुरदेखि कोशीको उदयपुरमा शताब्दी उमेर पार गरेका मतदाताले मतदान गरेका छन् ।
मतदान प्रतिशत स्वाभाविक
देशैभर भएको प्रतिनिधि सभा निर्वाचन उत्साहजनक भए पनि अपेक्षा गरेभन्दा केही कम मत खसेको छ । २०७९ सालको निर्वाचनपछि तीन वर्षमा भएको निर्वाचनमा प्रारम्भिक चरणमा कुल ६० प्रतिशत मात्रै मत खसेको हो ।
नयाँ मतदाताले खोजे परिवर्तन
प्रतिनिधि सभा सदस्य निर्वाचनमा बिहीबार पहिलो पटक मतदानमा सहभागी नयाँ मतदातामा सुनौलो उत्साह देखियो । गत भदौ २३ र २४ को जेनजी आन्दोलनको मर्म अनुसार भएको निर्वाचनमा नयाँ मतदाताले उत्साहपूर्वक सहभागिता जनाए ।
मतपेटिका सङ्कलन जारी, सल्यानमा भोलिदेखि मतगणना हुने
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सल्यानमा खसेका मतको गणना भोलिदेखि मात्र सुरु हुने भएको छ।
रुकुम पश्चिममा ५९.३ प्रतिशत मत खस्यो
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुकुमपश्चिममा आज मतदान सम्पन्न भएको छ ।
आठ जिल्लाको मतपेटिका ढुवानी हेलिकप्टरबाट
आठ जिल्लाको मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिएको छ ।
बागलुङमा ५०.१९ प्रतिशत मतदान
प्रतिनिभिसभा सदस्य निर्वाचनमा बागलुङमा ५० दशमलब १९ प्रतिशत मतदान भएको छ ।
महोत्तरीमा ५९.८६ प्रतिशत मतदान
महोत्तरी जिल्लामा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ५९.८६ प्रतिशत मतदान भएको छ।
प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई
प्रधानमन्त्री सुशीला कार्कीले उत्साहजनक सहभागिताका साथ ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी मुलुकलाई लोकतान्त्रिक र संविधानसम्मत निकास दिन सफल भएकामा सम्पूर्ण नेपाली जनतालाई बधाई दिनुभएको छ ।
अध्यक्ष ओलीद्वारा निर्वाचन सम्पन्न भएकोमा धन्यवाद
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएकामा धन्यवाद ज्ञापन गर्नुभएको छ ।
सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको छ ।
पाल्पामा ५५ प्रतिशत बढी मत खस्यो
पाल्पामा एक लाख १५ हजार बढी मतदाताले मतदान गरेका छन् ।