शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रेखीराम राना
तानसेन, फागुन २१ गते । पाल्पामा एक लाख १५ हजार बढी मतदाताले मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा पाल्पाका दुई वटै निर्वाचन क्षेत्रका एक लाख १५ हजार ३७१ जनाले मतदान गरेका हुन् ।
जिल्ला निर्वाचन कार्यालय पाल्पाका अनुसार पाल्पाको क्षेत्र नं. २ मा एक लाख नौँ हजार ५३ जना मतदाता रहेकामा ६१ हजार १४१ मतदाताले मतदान गरेका छन् ।
यस्तै पाल्पा क्षेत्र नं. १ मा ९८ हजार ३८३ मतदाता रहेकामा ५४ हजार २३० मतदाताले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिनुभयो ।
जिल्लाको दुई वटै क्षेत्रमा दुई लाख सात हजार ४३६ मतदातामा ५५.५४ प्रतिशत मात्र मतदान कार्यमा सहभागी भएको शर्माले जानकारी दिनुभयो । जिल्लाका ११८ मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।