• २२ फागुन २०८२, शुक्रबार

बागलुङमा ५०.१९ प्रतिशत मतदान

blog

बागलुङको बागलुङ नगरपालिका–७ कालिमाटीको विश्वकर्मा माविको मतदान केन्द्रमा मतदान गर्दै मतदाताहरु । तस्बिर : अर्जुन कार्की

अर्जुन कार्की

काठेखोला (बागलुङ), फागुन २१ गते । प्रतिनिभिसभा सदस्य निर्वाचनमा बागलुङमा ५० दशमलब १९ प्रतिशत मतदान भएको छ ।

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बागलुङमा १ लाख ९३ हजार ३८१ मतदाता मध्ये ९७ हजार ५० जना मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारीले जानकारी दिनुभयो । उहाँले ५२ हजार ८८१ जना पुरुष र ४४ हजार १६८ जना महिला मतदाताले मतदान गरेको बताउनुभयो ।

जिल्लाभरी शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत शर्माले बताउनुभयो । अहिले मतदानस्थलबाट मतपेटिकाहरु मतगणनास्थलमा ल्याउने कार्य भइरहेको उहाँको भनाइ छ । 

मतदान सम्पन्न भएपछि अहिले क्षेत्र नम्बर १ को मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ बजार र क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङ बजारमा मतपेटिका ल्याइपु¥याउने काम भइरहेको छ । मुख्य निर्वाचन अधिकृत शर्माले सवै मतदानस्थलबाट मतपेटिकाहरु मतगणनास्थलमा ल्याएपछि सर्वदलीय बैठक बसेपर दुवै स्थानमा मतगणना सुरु गरिने जानकारी दिनुभयो ।

बागलुङमा दुई प्रतिनिधिसभा सदस्यका लागि २३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।