तनहुँ-२ मा रास्वपाका न्यौपानेको अग्रता
तनहुँको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले सुरुवाती अग्रता लिनुभएको छ ।
इरानी जहाजमा मानवीय उद्धारमा श्रीलङ्काको सक्रिय पहल
श्रीलङ्काले आफ्नो समुद्री क्षेत्र बाहिर रोकिएको इरानको एक जहाजलाई नियन्त्रणमा लिएर त्यसमा रहेका दुई सयभन्दा बढी नाविकलाई किनारतर्फ ल्याउन थालेको छ । उक्त जहाजले सहयोगको अनुरोध गरेपछि शुक्रबार श्रीलङ्काले मानवीय सहयोग स्वरूप उद्धार कार्य सुरु गरेको हो ।
सुनसरी-१ मा रास्वपाको अग्रता कायम
सुनसरी–१ मा जारी प्रतिनिधिसभा सदस्यको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङ (शरिन) ले अग्रता कायम राख्नुभएको छ।
विश्वस्तरीय प्रविधि अनुसन्धान केन्द्र स्थापना गर्दै चीन
चीन सरकारले विज्ञान तथा प्रविधिको क्षेत्रमा तीव्र विकास गर्दै विश्वस्तरमा प्रतिस्पर्धी बन्न तीन वटा अन्तर्राष्ट्रिय स्तरका विज्ञान-प्रविधि नवप्रवर्तन केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ ।
रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) भारी मतले निर्वाचित हुनुभएको छ । प्रत्यक्ष तर्फको आज शुक्रबार बिहानदेखि मतगणना गरिएको थियो ।
सल्यानमा नेकपाको अग्रता, रास्वपा दोस्राे
सल्यानमा जारी मतगणनामा नेपाली सुरुवातदेखि नै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेशकुमार मल्ल अग्रस्थानमा रहनुभएको छ ।
सङ्खुवासभाका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो
सङ्खुवासभामा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चारवटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइएको छ ।
धादिङमा मतगणना जारी : क्षेत्र नं. १ मा रास्वपा, क्षेत्र नं. २ मा नेकपा अगाडि
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धादिङ जिल्लामा मतगणना जारी रहेको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा दुवै क्षेत्रमा मतगणना जारी रहँदा प्रारम्भिक परिणामअनुसार क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अग्रस्थानमा देखिएका छन् ।
बैतडीमा रास्वपाका भण्डारी अग्रस्थानमा
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारीले ६७७ मत ल्याउनुभएको छ।
इलाम-१ मा नेपाली कांग्रेसको सुरुवाती अग्रता
इलाम निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।
हुम्लामा ७:४५ बाट मतगणना हुने
प्रतिनिधिसभा सदस्यको मतगणना कार्य शुक्रबार राति ७ः४५ बजेबाट हुने भएको छ । मतगणना अघि बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो ।
नवलपरासीका दुवै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता बढाउँदै, विनोद चौधरी १८ सय मतले पछाडि
पश्चिम नवलपरासीमा आज बिहानदेखि जारी मतगणनामा दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायम गरेको छ । मतगणना सुरु भएदेखिनै दुवै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि छ ।
दाङको तीनवटै क्षेत्रमा भारी मतले रास्वपा अगाडि
प्रतिनिधि सभा सदस्यका लागि दाङको तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भारी मतले अग्रता कायम गर्दै आएको छ ।
बझाङमा मतगणना सुरु
बझाङमा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मतगणना सुरु भएको छ ।
कास्कीका तीन वटै क्षेत्रमा रास्वपाका उम्मेदवार फराकिलो मतान्तरले अगाडि
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कास्की जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन्।
पाल्पा-१ मा रास्वपाका पन्तको अग्रता कायम
पाल्पा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विमल पन्तको अग्रता कायमै रहेको छ । क्षेत्र नं. १ भित्रको ३७ वटा वडा मध्ये पाँच वटा वडाको मतगणनामा पन्तले एक हजार ३६९ मतको अग्रता कायम गर्नुभएको हो ।
नेपाली कम्युनिस्ट पार्टिका उम्मेदवार शाही अग्रस्थानमा
कालीकोट जिल्लाका छ स्थानीय तहको मतगणना सम्पन्न हुँदा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारबिच कडा प्रतिस्पर्धा देखिएको छ ।
१६ वर्ष मुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने इन्डोनेसियाको तयारी
इन्डोनेसिया सरकारले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगबाट रोक्ने तयारी गरेको छ । अनलाइन पोर्नोग्राफी, साइबर बुलिङ, ठगी र इन्टरनेटको लत बढ्दै गएको भन्दै यस्तो कदम चाल्न लागिएको सञ्चारमन्त्री मेउत्या हफिदले शुक्रबार जानकारी दिनुभयो ।
बाजुरामा सात बजेबाट मतगणना हुने
बाजुरामा आज बेलुकी सात बजेबाट मतगणना हुने भएको छ ।
सुरक्षा र खनिज साझेदारीमा केन्द्रित कार्नीको जापान भ्रमण
इन्डो-प्यासिफिक क्षेत्रमा सुरक्षा सहकार्य, साइबर जोखिम र महत्त्वपूर्ण खनिज आपूर्तिबारे छलफल गर्न क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी शुक्रबार जापान पुग्नुभएको छ । टोकियोमा उहाँले जापानी समकक्षी साने ताकाइचीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
नाबालिगका लागि पोर्न साइट बन्द
अस्ट्रेलियाले बालबालिकालाई अनलाइन अश्लील सामग्रीबाट जोगाउन कडा कदम चाल्दै १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई पोर्न वेबसाइट पहुँच बन्द गर्न बाध्य पार्ने नयाँ नियम सोमबारदेखि लागु गर्ने जनाएको छ ।
इथियोपियाको ओरोमियामा विद्रोहीमाथि सामूहिक बलात्कारको आरोप
इथियोपियाको ओरोमिया क्षेत्रमा सक्रिय विद्रोही समूहका लडाकूमाथि सन् २०२० देखि २०२४ बीच महिला र बालिकाविरुद्ध सामूहिक बलात्कार, यौन दासत्व र संक्षिप्त हत्या जस्ता गम्भीर अत्याचार गरेको आरोप अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले लगाएको छ ।
शङ्कर खरेलको आग्रह नरिसाउनुस् है
पुस्तकका पाना पल्टाउँदै गएँ । मनभित्रबाट उर्लेर आएका भाव छताछुल्ल पोखिन खोजिरहेका छन् । पर्ख आज होइन अझैं बाँकी छ । बान्की परेका कुरालाई कोट्याउन पर्ख । मनलाई थुम्थुम्याएर राखेँ । सबै पढेँ । आनन्द कहाँ मागेर पाइन्छ । पाइन्छ भने खोजी खोजी पढ्नुस् ।
प्रशिक्षण उडानमा सुखोई जेट दुर्घटना, दुई पाइलटको मृत्यु
भारतको उत्तरपूर्वी क्षेत्रमा प्रशिक्षण उडानका क्रममा भारतीय वायु सेनाको एक लडाकू जेट दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार दुई पाइलटको मृत्यु भएको भारतीय वायु सेनाले शुक्रबार जनाएको छ ।