धनुषा–३ मा रास्वपाका झा विजयी
धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले ४३ हजार ९८८ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।
कास्की २ मा रास्वपाका पौडेल निर्वाचित
प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार ९११ मतसहित विजयी हुनुभएको छ ।
काठमाडौँ ५ मा रास्वपाका पोखरेल विजयी
काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सस्मित पोखरेल निर्वाचित हुनु भएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले ३० हजार सात सय ३७ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
पाल्पा १ मा एमालेका उम्मेदवार आचार्यको अग्रता
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ पाल्पामा8 नेकपा (एमाले) का उम्मेदवार नारायणप्रसाद आचार्यले अग्रता कायम गर्नुभएको छ । क्षेत्र नं १ को निस्दी गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ ५ र तानसेन ८ को मतगणना सकिदासम्ममा आचार्यले ९८४ मतान्तरसहित अग्रता कायम गर्नुभएको हो ।
कास्की ३ मा रास्वपाकी विना गुरुङ विजयी
कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विना गुरुङ निर्वाचित हुनुभएको छ ।
कालीकोटमा महेन्द्रबहादुर शाही चौथो पटक निर्वाचित
कालीकोट जिल्लामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार महेन्द्रबहादुर शाही बिजयी हुनु भएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा नेकपाका शाहीले ११ हजार ३ सय ३८ मत ल्याएर विजयी हुनु भएको हो ।
काठमाडौँ-७ मा रास्वपाका गणेश पराजुली निर्वाचित
काठमाडौँ क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगका अनुसार पराजुलीले २७ हजार आठ सय पाँच मत प्राप्त गर्नुभएको छ ।
काठमाडौँ-१० मा रास्वपाका विष्ट विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रदीप विष्ट विजयी हुनुभएको छ ।
मनाङको थप पर्यटन र पूर्वाधार विकासमा मेरो प्राथमिकता रहन्छ : नवनिर्वाचित सांसद गुरुङ
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङ मनाङको समग्र उन्नयनमा आफूले पहिलो प्राथमिकता दिने बताउनुभएको छ ।
भक्तपुरका दुवै क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा
भक्तपुरको दुई वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले फराकिलो मतान्तरले अग्रता कायमै राखेको छ।
अझ जिम्मेवार भएर देशको सेवा गर्ने उनेपाका अध्यक्ष घिसिङको प्रतिबद्धता
उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले आगामी दिनमा अझ जिम्मेवार र सक्रिय भएर देश र जनताको सेवामा लाग्न प्रेरणा दिएको बताउनुभएको छ ।
इलाम-२ मा श्रम संस्कृतिका राईको अग्रता
इलाम–२ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार श्रम संस्कृति पार्टीका सुदिप राईले अग्रता लिनुभएको छ । चुलाचुली गाउँपालिकाको गणना सम्पन्न हुँदा राईले अग्रता लिनुभएको हो ।
नयाँ र पुराना दलको संरक्षक भएर काम गर्छु : नेकपाका संयोजक दाहाल
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूले नयाँ र पुराना दलहरूको संरक्षक भएर काम गर्ने बताउनुभएको छ ।
पाँच प्रतिशत बढी मत बदर
सल्यानमा प्रतिनिधिसभा सदस्य पदका लागि जारी मतगणनामा हालसम्म गणना भएको मतमध्ये ५.३९ प्रतिशत मत बदर भएको छ ।
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवा निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार इन्जिनियर मोहन आचार्य तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
पाल्पा–१ मा कांग्रेसको अग्रता
पाल्पा–१ मा रास्वपाका उम्मेदवार विमल पन्तलाई नेपाली कांग्रेसका उम्मेदवार सन्दीप रानाले उछिन्नुभएको छ ।
सर्लाही-४ मा अमरेश सिंह दुई हजार मतले अगाडि
सर्लाही क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहको अग्रता कायमै रहेको छ ।
दार्चुलाको व्यास-१ र २ को मतगणना सकियो, कांग्रेस ५३ मतले अगाडि
क मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा व्यास गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सम्पन्न भएको छ । प्रारम्भिक नतिजाअनुसार नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशी (रुख) अग्रस्थानमा रहेका छन् ।
दार्चुलामा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु
दार्चुलामा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना सुरु भएको छ ।
स्वतन्त्र उम्मेदवार पुन पाँच हजार बढी मतान्तरका साथ अग्रता
म्याग्दीमा स्वतन्त्र उम्मेदवार निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा. महावीर पुनले पछिल्लो मतगणनाको परिणाम अनुसार पाँचहजार ४३ मतान्तरका साथ अग्रता कायम राख्नुभएको छ ।
स्याङ्जा-२ मा नेकपा(एमाले) को प्रारम्भिक अग्रता
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत स्याङ्जा क्षेत्र नं. २ मा मतगणना भइरहेको छ ।
काभ्रेपलाञ्चोक क्षेत्र नम्बर-१ मा नेकपाको अग्रता
काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कम्युनिष्ट पार्टीले अग्रता लिएको छ ।
दाङ-२ मा रास्वपाका आचार्य तेब्बर मतले अगाडि
प्रतिनिधिसभा सदस्यतर्फ दाङ निर्वाचन क्षेत्र नं २ को पछिल्लो मतगणना परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विपिन कुमार आचार्य तेब्बर मतले अग्रस्थानमा रहनुभएको छ।
तनहुँ-२ मा रास्वपाका न्यौपानेको अग्रता
तनहुँको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले सुरुवाती अग्रता लिनुभएको छ ।