• २३ फागुन २०८२, शनिबार

दार्चुलाको व्यास-१ र २ को मतगणना सकियो, कांग्रेस ५३ मतले अगाडि

blog

खलङ्गा (दार्चुला), फागुन २२ गते । एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा व्यास गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सम्पन्न भएको छ । प्रारम्भिक नतिजाअनुसार नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशी (रुख) अग्रस्थानमा रहेका छन् ।

जोशीले कुल ३९२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका गणेश सिंह ठगुन्ना ९सूर्य० ले ३३९ मत प्राप्त गरेका छन् । जोशी ठगुन्नाभन्दा ५३ मतले अगाडि रहेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश सामन्त ९घण्टी० ले ६६ मत ल्याएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका लक्ष्मण दत्त जोशी ९तारा० ले ९ मत प्राप्त गरेका छन् । अन्य वडाको मतगणना भने जारी रहेको निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिनुभयो । रासस