सिलिगुडीमा ‘नेपथ्य’
पश्चिम बङ्गालको सिलिगुडीमा ‘नेपथ्य’ का गायक अमृत गुरुङले १७ वटा गीत गाउनुभएको छ । गायक अमृतले दर्शकलाई नेपालका फरक फरक स्थानको यात्रा गराउनुभएको थियो । उहाँ घरी टप्पामा आधारित ‘कर्णालीका छाइला’ सुनाउनुहुन्थ्यो भने लगत्तै पश्चिम कुनाबाट पूर्वी कुनाको हाक्पारेमा आधारित ‘कोशीको पानी यो जिन्दगानी’ गाउन थाल्नुहुन्थ्यो ।
‘आबाट आमा’ को कमाइ १२ करोडमाथि
प्रदर्शनरत फिल्म ‘आबाट आमा’ ले १२ करोडभन्दा धेरै कमाइ गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस कलेक्सन अनुसार चलचित्रले १२ करोडभन्दा धेरै कमाइ गरेको हो ।
चैते धान लगाउन सुरु
झापामा फागुनको दोस्रो सातादेखि चैते धान लगाउन सुरु भएको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार पछिल्लो समयमा किसानले जिल्लाभर नै चैते धान लगाउने गरेका छन् ।
उड्ने ट्याक्सी बनाउँदै चीन
चीनमा विकास भइरहेको ठुलो विद्युतीय विमान ‘म्याट्रिक्स’ ले भविष्यमा उडान ट्याक्सी सेवा कस्तो देखिन सक्छ भन्ने सङ्केत दिएको छ । दक्षिणपूर्वी चिनियाँ सहर कुन्सानमा परीक्षण भइरहेको यो १० यात्रु क्षमताको विद्युतीय विमानलाई चीनमा हालसम्म निर्माण गरिएको सबैभन्दा ठुलो सिधै माथि उड्न र सिधै अवतरण गर्न सक्ने (इभिटिओएल) विद्युतीय विमान मानिन्छ ।
रेमिट्यान्समा निर्भरता चिन्ताजनक : राष्ट्र बैङ्क
नेपालको अर्थतन्त्रमा हाल बाह्य क्षेत्र मजबुत देखिए पनि त्यसको आधार मुख्यतः रेमिट्यान्स आप्रवाहको दिगोपनामा चुनौती रहेको नेपाल राष्ट्र बैङ्कले औँल्याएको छ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको पहिलो अर्धवार्षिक समष्टिगत आर्थिक प्रतिवेदन ‘समष्टिगत आर्थिक प्रतिवेदन, २०२६’ ले रेमिट्यान्समा निर्भरता घटाउँदै उत्पादन र निर्यात विविधीकरण, पुँजीगत खर्चको प्रभावकारिता वृद्धि तथा वित्तीय क्षेत्र सुदृढीकरणमार्फत मात्र हालको सुधारलाई दिगो बनाउन सकिने निष्कर्ष निकालेको छ ।
विदेशी जहाज नेपालमै
पश्चिम एसियाका देशमा देखिएको तनावपछि कतार एयरवेजका दुई बोइङ ७८७–९ ड्रिम लाइनर जहाज एक सातादेखि नेपालमै रोकिएका छन् । कतारको दोहाबाट यात्रु बोकेर गत शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका यी जहाज कतारको हवाई आकाशमा उडान प्रतिबन्ध लागेपछि नेपालमै रोकिएका हुन् ।
झापा ५ मा रास्वपा वरिष्ठ नेता शाहको अग्रता उच्च
झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाहले २८ हजार १५२ मत प्राप्त गर्दै अग्रता कायम राख्नु भएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार ४४ हजार ३५० मतको गणना सम्पन्न हुँदा रास्वपाका वरिष्ठ नेता समेत रहनुभएका शाहले उक्त मत प्राप्त गर्नु भएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो क्षेत्रका नेकपा (एमाले)का उम्मेदवार केपी शर्मा ओलीले सात हजार ३९३ मत प्राप्त गर्नुभएको छ । उहाँ एमालेका अध्यक्ष समेत हुनुहुन्छ ।
रास्वपाको फराकिलो अग्रता
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो अग्रता लिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार शुक्रबार साँझ ११ बजेसम्म रास्वपाले पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ चार, नेपाली कांग्रेसले तीन र नेपाली कम्युनिस्ट पार्टीले एक क्षेत्रमा विजय प्राप्त गरेका छन् ।
बन्दै छ सुशासनको मार्गचित्र
सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित भएर आउने नयाँ सरकारलाई काम गर्न अलमल नहुने गरी सुशासनको मार्गचित्र निर्माण कार्य अन्तिम चरणमा पु¥याएको छ । विगतमा निर्वाचनपछि बन्ने नयाँ सरकारका लागि स्पष्ट कार्ययोजनाको अभावमा नयाँ मन्त्री अलमलमा पर्दै आएका थिए । तर वर्तमान सरकारले बनाउँदै गरेको मार्गचित्रले नयाँ आउने मन्त्रीलाई काम सुरु गर्न कुनै अलमल नहुने, सरकारको नीति, योजना, कार्यक्रम बजेट तोकिएकै स
नयाँ प्रतिनिधि सभा बैठक नयाँ भवनमा
प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई मत परिणाम धमाधम आउन थालेको छ । निर्वाचन परिणामसँगै निर्वाचित जनप्रतिनिधिहरूको बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा नै बस्ने गरी तीव्र तयारी भइरहेको छ ।
राष्ट्रिय सभा सदस्यको शपथ सोमबार
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ फागुन २५ गते सोमबार हुने भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार निर्वाचित सदस्यले सभाका अध्यक्षसमक्ष शपथ गर्ने छन् ।
अन्तर्राष्ट्रिय ‘मिडिया’मा छाउँदै बालेन
जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिपछि नेपालको भावी आकाङ्क्षाका बारेमा झन्डै पचास मिनेट लामो डकुमेन्ट्री बनाएको बिबिसीले बालेनको युवामतलाई थप बलियो बनाएको विश्लेषण गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र (बालेन) शाहको चर्चा यतिखेर विश्वभर चुलिएको छ । काठमाडौँ महानगरको प्रमुख हुँदै पदबाट राजीनामा दिएर शाह प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को उम्मेदवार बनेपछि चर्चा बढेको हो ।
काठमाडौँ उपत्यकामा रास्वपाकै वर्चस्व
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ उपत्यकाका सबै क्षेत्रमा विजयोन्मुख भएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका १५ मध्ये ४ निर्वाचन क्षेत्रमा रास्वपाले जित हासिल गरिसकेको छ भने ११ क्षेत्रमा अग्रता लिएको छ ।
बाँके २ मा एमालेका मोहम्मद इस्तियाक राई निर्वाचित
बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्त्यिाक राई प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।
काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल निर्वाचित
काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डिपि अर्याल ) प्रतिनिधिसभा सदस्यमा विजयी हुनु भएको छ । रास्वपाका उपसभापति एवम् सङ्घीय निर्वाचन सम्पादन समिति संयोजक समेत रहनुभएका अर्यालले ३५ हजार ९३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले पाँच हजार चार सय ६० मत प्राप्त गर्नुभएको छ ।
दैलेख १ मा कांग्रेसकी थापा निर्वाचित
दैलेख क्षेत्र नं १ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणामअनुसार थापा १२ हजार ३७२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रबीन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
धनुषा–३ मा रास्वपाका झा विजयी
धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले ४३ हजार ९८८ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।
कास्की २ मा रास्वपाका पौडेल निर्वाचित
प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार ९११ मतसहित विजयी हुनुभएको छ ।
काठमाडौँ ५ मा रास्वपाका पोखरेल विजयी
काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सस्मित पोखरेल निर्वाचित हुनु भएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले ३० हजार सात सय ३७ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
पाल्पा १ मा एमालेका उम्मेदवार आचार्यको अग्रता
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ पाल्पामा8 नेकपा (एमाले) का उम्मेदवार नारायणप्रसाद आचार्यले अग्रता कायम गर्नुभएको छ । क्षेत्र नं १ को निस्दी गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ ५ र तानसेन ८ को मतगणना सकिदासम्ममा आचार्यले ९८४ मतान्तरसहित अग्रता कायम गर्नुभएको हो ।
कास्की ३ मा रास्वपाकी विना गुरुङ विजयी
कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विना गुरुङ निर्वाचित हुनुभएको छ ।
कालीकोटमा महेन्द्रबहादुर शाही चौथो पटक निर्वाचित
कालीकोट जिल्लामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार महेन्द्रबहादुर शाही बिजयी हुनु भएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा नेकपाका शाहीले ११ हजार ३ सय ३८ मत ल्याएर विजयी हुनु भएको हो ।
काठमाडौँ-७ मा रास्वपाका गणेश पराजुली निर्वाचित
काठमाडौँ क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगका अनुसार पराजुलीले २७ हजार आठ सय पाँच मत प्राप्त गर्नुभएको छ ।
काठमाडौँ-१० मा रास्वपाका विष्ट विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रदीप विष्ट विजयी हुनुभएको छ ।