चोभार गल्छीमाथि गेग्य्रान : सफाइमा विस्फोटक प्रयोग नहुने
काठमाडौँ कीर्तिपुर वडा नं. ६ र ललितपुर महानगरपालिका वडा नं. १८ स्थित बागमती नदीको बहाव क्षेत्रमा थुप्रिएको गेग्य्रान व्यवस्थापनका सन्दर्भमा सरोकारवाला निकायले अध्ययन सुरु गरेका छन्
अमेरिकामा जन्मेकै आधारमा नागरिकता नपाइने
अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपतिको कार्यकारी अधिकार सीमित नगर्न आदेश जारी गरेको छ । यो आदेश जारी भएसँगै त्यहाँका तल्ला अदालतले राष्ट्रपतिको कार्यकारी आदेशमाथि अङ्कुश लगाउन नपाउने भएका छन् ।
पाँचखाल खानेपानी सेवा सुरु
पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाले सेवा सुरु गरेको छ ।
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित
आमाको नामबाट नागरिकता दिने व्यवस्थासहित प्रतिनिधि सभाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित गरेको छ । विधायिकी प्रक्रियामा प्रवेश गरेको पाँच महिनामा सङ्घीय संसद्को तल्लो सदनले विधेयक पारित गरेको हो ।
यो वर्ष उत्पादन बढ्ने विश्वास
असार १५ अर्थात् धान दिवस । मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा नेपालमा मनाइँदै आएको छ । जस अनुसार देशभर उत्सवका रूपमा धान रोपाइँ हुँदै छ ।
त्रिवि अघोषित ‘लकडाउन’ मा
प्राध्यापक तथा विद्यार्थी आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालयको मुख्य आर्थिक, शैक्षिक तथा प्रशासनिक गतिविधि दुई सातादेखि ठप्प छ ।
कैलालीमा मदन भण्डारी जयन्ती
तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा कैलालीमा बिचार गोष्ठिको आयोजना गरी मनाइएको छ ।
सिक्टा सिँचाइ आयोजना
बाँके , असार १४ गते । बाँके जिल्लास्थित राप्ती नदीमा रहेको सिक्टा सिँचाइ आयोजनाको ड्रोनबाट खिचिएको दृश्य । यो आयोजना नेपालको राष्ट्रिय गौरव परियोजना मध्ये एक हो । तस्बिरः रासस
नीतिगत सुधार र प्रविधिमैत्री कानुन निर्माण हुनुपर्नेमा मन्त्री भण्डारीको जोड
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कानुनी जटिलताका कारण देशमा ठूला उद्योग स्थापना हुन नसकेको बताउनुभएको छ ।
पाकिस्तानमा भारी वर्षापछि आएको बाढीका कारण २४ जनाको मृत्यु
पाकिस्तानमा यो साता मनसुन सुरु भएपछि भएको भारी वर्षा र बाढीका कारण १२ बालबालिकासहित २४ जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरूले बताएका छन् ।
एसइई प्रदेशमा, जिल्लामा शिक्षा समन्वय इकाई राख्ने सहमति
अब माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रदेशस्तरबाटै सञ्चालन हुने भएको छ । शनिवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विद्यालय शिक्षा विधेयकमा एसइई यथावत राख्दै प्रदेश स्तरबाट सञ्चालन गर्ने सहमति जुटाएको हो ।
साँवाका वडाध्यक्ष साँवाको मृत्यु
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाका वडाध्यक्ष सदनकुमार साँवा लिम्बूको मृत्यु भएको छ । प्रहरीका अनुसार वडाध्यक्ष साँवाको शनिवार साँझ मृत्यु भएको हो ।
विद्यार्थीले मुलुक बदल्ने सपना देख्नुपर्छ : शिक्षामन्त्री पन्त
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यार्थी युवाले मुलुक बदल्ने सपना देख्नुपर्ने बताउनुभएको छ । मदन भण्डारी मेमोरियल कलेजमा शनिबार आयोजित २४ औं वार्षिकोत्सव समारोहमा उहाँले सो कुरा बताउनुभयो ।
अनेसास विश्व च्याप्टर सम्मेलन सम्पन्न
बेल्जियमको डाइमण्ड शहर आन्थ्रोपेनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैटौँ च्याप्टरमने सम्मेलन सम्पन्न गरेको छ । नेपाली राजदुत सेवा लम्सालको प्रमुख आतिथ्यता र अनेसासका केन्द्रिय सल्लाहकार जीवा लामिछानेको आतिथ्यतामा सम्पन्न सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गरेको छ ।
दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ
परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय प्रसौनी र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ आउँदै गरेको प्र.३–०१–०२४ च ४६३० नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा धानको भुस भरेको बोरामा लुकाई ल्याएको उक्त परिमाणको गाँजासहित उनीहरूलाई आज पक्राउ गरिएको हो ।
फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध
फ्रान्सले आगामी आइतबारदेखि समुद्री किनार, पार्क, सार्वजनिक बगैँचा तथा बस प्रतीक्षालय (बस स्टप) जस्ता सार्वजनिक स्थानहरूमा धूम्रपान पूर्ण रूपमा प्रतिबन्धित गर्ने घोषणा गरेको छ । शनिबार सरकारी गजेठमा प्रकाशित नयाँ आदेशअनुसार यो प्रतिबन्ध पुस्तकालय, पोहोर पोखरी ९स्विमिङ पूल० तथा विद्यालयबाहिरको क्षेत्रमा पनि लागू हुनेछ ।
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरका ३० वर्षिय रामरतन महतो रहेको प्रहरीले जनाएको छ ।
एकल सन्तानलाई आमाको नामबाटै नागरिकता दिने प्रावधान ऐतिहासिक कदम
एकल आमाका सन्तानलाई आमाको नामबाटै नागरिकता दिने प्रावधानसहित प्रस्तुत भएको नागरिकता विधेयक सामाजिक न्याय र लैङ्गिक समानताको हिसाबले ऐतिहासिक कदम भएको सांसदहरूले बताएका छन् ।
७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती
जिल्लामा पहिलो पटक ७० रोपनी क्षेत्रफलमा गरिएको व्यावसायिक अङ्गुरखेती अवलोकन गर्न आन्तरिक पर्यटकको आकर्षण बढेको छ । घिरिङ गाउँपालिका–४ बाह्रबीसेमा व्यावसायिक रूपमा थालिएको अङ्गुरखेती हेर्न जिल्लाका विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटक पुग्न थालेका हुन् ।
डडेल्धुरामा ६० प्रतिशत रोपाइँ सम्पन्न
डडेल्धुरामा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । छ हजार १२० हेक्टर क्षेत्रफलमा धान खेती हुने यहाँ असार दोस्रोत सातासम्ममा करिब ६० प्रतिशत रोपाइँ सम्पन्न भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
एक युवकको शव फेला
सिराहाको अर्नमा गाउँपालिका –१, बुढियाचापमा शनिबार दलित समुदायको एक युवकको शव फेला परेको छ । स्थानीय ३४ वर्षीय अजय महराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी गराउनुभयो । उहाँको अनुसार प्रादेशिक अस्पताल सिरहामा पोष्टमार्टम भइरहेकोछ ।
मुढा बुन्नमा व्यस्त मैवाखोलाका स्थानीय
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले मुढा बुन्ने तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले १५ दिने तालिम सञ्चालन गरेको हो ।
मदन जयन्तीमा पँचसय बिरुवा रोपिए
जननेता स्वर्गीय मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा शनिबार बाँकेमा नेकपा (एमाले) ले बृक्षारोपण गरेको छ । मदन भण्डारी फाउन्डेसन र नेपाल उद्योग तथा ब्यवसायी महासंघले नेपालगन्जको दुई स्थानमा ५०० बढी बिरुवा रोपेको हो ।
धारिलो हतियार प्रहार गरी हत्या
पूर्वी मकवानपुरको बागमतीमा धारिलो हतियार प्रयोग गरी वाइवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।