बिमामा बढ्न सकेन आकर्षण
सामाजिक स्वास्थ्य बिमाका आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिए पनि सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमाप्रति आकर्षण बढ्न सकेको छैन ।
जनमत पार्टी किसानको साथमा: डा. राउत
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवं सप्तरी क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य डा. सिके राउतले किसानको हक अधिकार स्थापित गराउनकै लागि जनमत पार्टीको उदय भएको बताउनुभएको छ ।
सुदूरपश्चिममा रक्तअल्पता उच्च
सुदूरपश्चिम प्रदेशमा रक्तअल्पताको समस्या उच्च रहेको पाइएको छ ।
सामाजिक सञ्जालबाट टाढा बस्दा अध्ययनमा सफलता
नारायणी नमुना माध्यमिक विद्यालय भरतपुरमा अध्ययनरत आकृतिकुमारी झाले भन्नुभयो, “पढेको कुरा बुझेर एकाग्र भएर पढ्दा सफल हुन सकिने रहेछ ।” यस वर्षको एसइई प
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
भत्किएको पुल बन्ने सुनिश्चित
उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीमा नयाँ पुल निर्माण हुने भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । सरकारले आर्थिक वर्ष २०८२
पाखाबारीमा लोभलाग्दो केराखेतीः १५ लाखसम्म आम्दानी
बेनी नगरपालिका–९ घतान काउलेगौँडाका ४० वर्षीय युवा प्रकाश खत्री केराखेतीबाट स्वरोजगार र आत्मनिर्भर बन्नुभएको छ । वैदेशिक रोजागरका सिलसिलामा दुबईमा तीन वर्ष काम गरेर फर्कनुभएका खत्री गाउँमै रहेको खेतबारी र पाखापखेरामा केराखेती गरेर आकर्षक आम्दानी गर्न सफल हुनुभएको हो । सुरुमा तीन रोपनीमा केराखेती गर्नुभएका खत्रीले लगाएका बोटले आम्दानी दिन थालेपछि केराको व्यावसायिक खेतीमा लाग्नुभएको थियो ।
एसइईको सुखद सन्देश
पछिल्ला वर्षमा चित्तबुझ्दो नदेखिए पनि माध्यमिक शिक्षा परीक्षा (एसइई) को यस पटकको नतिजाले विद्यालय शिक्षासँग सरोकार राख्ने धेरैलाई उत्साह जगाइदिएको छ । नतिजामा देखिएको उत्साहजनक सफलताले विद्यार्थी, शिक्षक, अभिभावकलाई हर्षित र गौरवान्वित तुल्याएको छ ।
समृद्धितर्फको यात्रा
देशमा केही भएन, केही गरिएन भन्ने नकारात्मक सोच भएका नागरिकको अभाव छैन ।
संस्थानको वित्तीय अनुशासन
मुलुकमा हाल विभिन्न औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनउपयोगी र वित्तीय क्षेत्रमा गरी ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा छन् । जसमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका र २५ वटा सरकारको अधिकांश स्वामित्वमा रहेका छन् ।
मधेश विकासमा राजनीतिको प्रभाव
नेपालको उर्वरभूमि भनेकै मधेश हो । यसलाई अन्नको भण्डार पनि भनिन्छ ।
आज संसदबाट निजामती विधेयक पारित गरिँदै
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
आत्मसमीक्षाको अवसर
विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलनले नेपालमा ठुलो राजनीतिक रूपान्तरण ल्यायो ।
आजको मौसमः भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
चलचित्र ‘ताराहरू’ को टिजर सार्वजनिक
चलचित्र ‘ताराहरू’ को टिजर सार्वजनिक गरिएको छ । आशान्त शर्मा निर्देशित चलचित्रमा निम्नमध्यम वर्गीय परिवारमा जन्मेका व्यक्तिले आफ्नो सपना पूरा गर्न के कस्ता अवरोधको सामना गर्नु पर्छ भन्ने देखाउन खोजिएको छ ।
थापाका दुई कृति सार्वजनिक
बलदेव थापाद्वारा लिखित ‘बा’ को वाम’ (ऐतिहासिक परिचय) र ‘कुराको सास्ती’ (व्यङ्ग्य कवितासङ्ग्रह) सार्वजनिक भएका छन् ।
बिरानो बन्दै सारङ्गीको धुन
सारङ्गी रेटेर निकालिएको सुमधुर धुनले धेरैलाई लट्ठ बनाउँछ । सारङ्गीको धुनसँगै गन्धर्व जातिले मनोरञ्जन र सुसूचित गर्ने चलन थियो तर त्यो सुमधुर सारङ्गीका धुन आजभोलि गाउँ तथा सहरी क्षेत्रमा विस्तारै सुनिन छाडेको छ ।
कर्णालीमा उनन्चालिस प्रतिशत रोपाइँ
मनसुन छिट्टै सक्रिय हुँदा आकासे पानीको भरमा धान रोप्नुपर्ने कर्णालीका अधिकांश ठाउँमा रोपाइँ भएको छ ।
छैन रासायनिक मल
मानो रोपेर मुरी फलाउने यो समयमा पश्चिमको अन्नभण्डार मानिने बर्दियाका किसान अहिले खेतबारीमा व्यस्त छन् । धान रोप्न खेत पसेका किसानको हातमा रासायनिक मल भने छैन । बर्दियाका किसानलाई यस वर्ष मनसुनले साथ दिए पनि मल नपाउँदा सरकारले साथ नदिएको अनुभूत गरिरहेका छन् ।
मेघौलीमा खुल्यो सिद्धार्थ वाइल्डलाइफ रिट्रिट
पर्यावरणीय पर्यटनमा पुनर्जागृत हुँदै गरेको चितवनको मेघौलीमा पछिल्लो समय ‘खर्चालु’ पर्यटक आकर्षित गर्न उच्चस्तरीय पर्यटकीय पूवाधार विकास हुँदै आएको छ । यसै क्रममा मेघौलीमा नेपाली हस्पिटालिटी चेन सिद्धार्थ हस्पिटालिटीले लग्जरी वाइल्डलाइफ रिसोर्ट सञ्चालनमा ल्याएको छ ।
इलाममा फरक अनुभूति खोज्दै पर्यटक
बिहीबार इलाम सदरमुकाम आइपुगेका भारत डुअर्सका दुई पर्यटक चिसो मौसममा रमाउन इलामकै जसबिरेतिर हुइँकिनुभयो । उनीहरूको यात्रा जसबिरे मात्र होइन माइपोखरी, सन्दकपुर, जौबारी हुँदै पशुपतिनगर निस्किएर डुअर्स फर्किनु थियो ।
गैँडाको आक्रमणबाट श्रेष्ठ गम्भीर घाइते
पूर्वी चितवनको पदमपुरमा गैँडाको आक्रमणबाट एक युवक घाइते भएका छन् । रत्ननगर नगर पालिका वडा नम्बर १ सगरमाथा टोल निवासी वर्ष २७ को रोहित श्रेष्ठ लाई गैँडाले आक्रमण गरी घाइते बनाएको हो ।
‘बर्खे बालीलाई पर्याप्त मल’
मुलुकका विभिन्न स्थानमा रासायनिक मल अभाव भइरहेको समाचार आइरहँदा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने धानबालीका लागि पर्याप्त मौज्दात रहेको जनाएको छ । धान बालीलाई उपयोग गर्ने गरी ६० हजार टनभन्दा बढी रासायनिक मल मौज्दातमै रहेको मन्त्रालयको भनाइ छ ।