शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कोकिला ढकाल
इलाम, फागुन २३ गते । इलाम–१ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार काजीमान कागतेले अग्रता लिनुुभएको छ । कागतेले अहिलेसम्ममा दुुई हजार ३९७ मत प्राप्त गर्नुभएको छ ।
श्रम संस्कृति पार्टीका विनोद नेम्वाङले दुुई हजार ३२६ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेपाली कांग्रेसका निश्कल राईले दुुई हजार २९५, रास्वपाका विमल गदालले एक हजार १८१ मत प्राप्त गर्नुभयो ।
नेपाली कम्युुनिस्ट पार्टीका रणबहादुुर राईले ८२५ मत प्राप्त गर्नुभएको छ । इलाम–१ मा हालसम्म १० हजार ५६७ मत गणना भएको छ । इलाम–१ मा ६३ हजार ६९५ मत खसेको छ ।