धनकुटामा एमालेका राजेन्द्रकुमार राईलाई जितको ह्याट्रिक
धनकुटामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का राजेन्द्रकुमार राई विजयी हुनुभएको छ । राईले १८ हजार १३२ मत प्राप्त गरी विजयी हुनुभएको हो।
सिरहा २ बाट रास्वपाका शिव शङकर यादव विजयी
सिरहा निर्वाचन क्षेत्र नम्बर २ को अन्तिम मत परिणाम सार्वजानिक भएको छ । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिव शङकर यादव निर्वाचित हुनु भएको छ ।
कैलाली ३ मा रास्वपाका जोशी बिजयी
प्रतिनिधिसभा कैलाली क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी विजयी हुनुभएको छ । जोशीले २० हजार ३५९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
दैलेख–२ मा एमालेको पोखरेल विजयी
दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ ।
इलामको दुवै क्षेत्रमा एमालेको बढ्दै अग्रता
इलाम –२ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राख्नुुभएको छ । नेम्वाङले अहिलेसम्म १५ हजार ६२८ मत प्राप्त गर्नुभएको छ ।
पूर्वमन्त्री आलेलाई फापेन कैलाली
पूर्वमन्त्री प्रेम आले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पराजित हुनु भएको छ । कैलाली क्षेत्र ५ मा उहाँ पराजित हुँदै तेस्रो स्थानमा खुम्चिनु भएको हो ।
तमोर नदीले बगाएको महिलाको जीबितै उद्धार
धनकुटाको मुलघाटस्थित तमोर नदीमा चिप्लिएर खसेकी एक महिलाको जीवितै उद्धार गरिएको छ । किनारमा फोटो खिच्ने क्रममा चिप्लिएर मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका –१ बस्ने गोविन्द बरालकी श्रीमती करिब २४ वर्षीया सुस्मा पौडेल नदीमा खस्नु भएको थियो ।
डडेल्धुरामा रास्वपाका डा. जोशी विजयी
डडेल्धुरा जिल्लाले ३४ वर्षपछि संसदमा नयाँ अनुहार पाएको छ । २०४८ साल यता भएका सात वटै निर्वाचनमा नेपाली कांग्रेसबाट पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार भइ निर्वाचित हुँदै आउनुभएको थियो ।
मतदाता भेटघाट अभियानमा पूर्व सञ्चारमन्त्री गुरुङ
प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणना जारी रहेकै बेला नेकपा (एमाले) दोलखाका उम्मेदवार एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मतदातालाई धन्यवाद दिने अभियान सुरु गर्नुभएको छ ।
दलहरू रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष गुरुङ
नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले विगतमा पार्टीको तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्दै जनअपेक्षाअनुसार रूपान्तरण भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
पिचाईलाई ६९ करोड डलरसम्म पारिश्रमिक
गुगल र यसको मातृ कम्पनी अल्फाबेटका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले नयाँ क्षतिपूर्ति योजना अन्तर्गत आगामी तीन वर्षमा अधिकतम ६९ करोड २० लाख डलरसम्म पारिश्रमिक प्राप्त गर्न सक्ने हुनुभएको छ ।
इरानले आत्मसमर्पण नगर्ने अडान
मध्यपूर्वमा जारी युद्ध दोस्रो हप्तामा प्रवेश गरिरहेका बेला इरानले इजरायल र संयुक्त राज्य अमेरिकासामु कहिल्यै आत्मसमर्पण नगर्ने स्पष्ट अडान दोहोर्याएको छ ।
साउदीको इरानलाई चेतावनी
इरानबाट मिसाइल र ड्रोन आक्रमणको प्रयास भएपछि साउदी अरेबियाले तेहरानलाई ‘गलत गणना’ नगर्न चेतावनी दिएको छ । साउदी रक्षामन्त्री प्रिन्स खालिद बिन सलमानले क्षेत्रीय सुरक्षा र स्थिरतामा जोखिम बढ्ने भन्दै इरानलाई संयमता अपनाउन आग्रह गर्नुभयो ।
नैरोबीमा वर्षा र बाढीः ८ जनाको मृत्यु
केन्याको राजधानी नैरोबीमा रातभर परेको भारी वर्षापछि आएको बाढीले व्यापक अव्यवस्था सिर्जना गरेको छ ।
कैलाली निर्वाचन क्षेत्र ५ मा रास्वपाका चन्द विजयी
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द ३१ हजार ९५३ मतसहित विजयी हुनुभएको छ ।
अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी
अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिप्रसाद भुसाल विजयी हुनुभएको छ । बिहीबार भएको प्रतिनिधि सभा निर्वाचनको मतपरिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार पीताम्वर भुसाललार्इ पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीले जित निकालेको हो ।
सप्तरी ४ बाट रास्वपाका सीताराम साह विजयी
सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सीताराम साह विजयी हुनुभएको छ ।
रुसी तेल किनिरहने भारतको अडान
मध्यपूर्वमा चर्किएको युद्धका कारण विश्व ऊर्जा बजारमा अनिश्चितता बढिरहेका बेला भारतले रुसी कच्चा तेल आयात जारी राख्ने स्पष्ट सङ्केत दिएको छ । भारतीय सरकारले शनिबार जारी गरेको जानकारीअनुसार नयाँदिल्लीले रुसी तेल किन्ने विषयमा कुनै पनि देशको अनुमति आवश्यक नपर्ने अडान राखेको छ ।
चितवन ३ मा रास्वपाकी सोविताको फराकिलो जित
चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणाम अनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो ।
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु
रुसले रातभर ड्रोन र क्षेप्यास्त्र प्रयोग गरी युक्रेनका विभिन्न क्षेत्रमा आक्रमण गर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने धेरै व्यक्ति घाइते भएका छन् । आक्रमणपछि देशभरि हवाई चेतावनी जारी गरिएको अधिकारीहरूले शनिबार बताएका छन् ।
कञ्चनपुरका ‘हेभीवेट’ नेता दोब्बर मतान्तरले पछि
कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट हेभीवेट नेताहरूलाई दोब्बर मतान्तर पछाडि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिनुभएको छ ।
जुम्लामा ज्ञानबहादुर शाहीको अग्रता कायमै
जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीको अग्रता कायमै छ । जुम्लामा खसेको ४० हजार ८ सय ९७ मतमध्ये हालसम्म गणना भएको ३२ हजार ६८० मतमध्ये शाहीले १२ हजार ५४९ मत प्राप्त गर्नुभएको छ ।
जनभावना अनुसार काम गर्ने सभापति लामिछानेको प्रतिबद्धता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनभावना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
गोरखा –१ मा मतगणना सुरु
गोरखा –१ मा मतगणना सुरु भएको छ । केहीबेरअघि बसेको सर्बदलीय बैठकको निर्णयअनुसार गोरखा –१ को मतगणना सुरु भएको हो ।