• १६ असार २०८२, सोमबार

रङ्गमञ्चमा फर्कंदै लुइटेल

blog

कास्की समाचारदाता

कास्की, असार १६ गते ।  कान्तिपुर फिल्म एकेडेमीले बनाउन लागेको दोस्रो नाटक ‘शिरीषको फूल’ मा अभिनेता जीवन लुइटेलले अभिनय गर्ने पक्का भएको छ । थिएटरले केही दिनअघि ‘शिरीषको फूल’ को पोस्टर सार्वजनिक गर्दै आगामी शृङ्खलाका बारेमा जानकारी दिएको थियो । लुइटेल रङ्गमञ्चमा १० वर्षपछि फर्कंदै हुनुहुन्छ । साहित्यकार पारिजातको चर्चित उपन्यासमाथि आधारित रहेर तयार हुन लागेको नाटकको मञ्चन साउन १ गतेदेखि सुरु हुँदै छ । नाटकको प्रमुख पात्र सुयोगवीरको भूमिकामा लुइटेलले अभिनय गर्नुहुने छ भने अर्को पात्र ‘सकम्बरी’ को पात्रका बारे एकेडेमीले केही खुलाएको छैन । 

नाटकको लेखन तथा निर्देशन थिएटरकै विद्यार्थी पत्रिका घिमिरेले गर्नुहुने छ । एकेडेमीका अनुसार आगामी साता नाटक खेल्न लुइटेल नेपाल आउनुहुने छ । कान्तिपुर थिएटरको पहिलो प्रस्तुति नाटक ‘मीरा’ ले निकै चर्चा पाएको थियो । अभिनेतृ रेखा थापालाई शीर्ष भूमिकामा लिएर नाटक मञ्चन भएको थियो ।