• १६ असार २०८२, सोमबार

करेन्ट लागेर एकको मृत्यु

blog

एकेन्द्र महता 

अछाम, असार १६ गते । अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १४ पातलकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।

वडा कार्यालय नजिक वडा स्तरिय दलित सञ्जालको भवन मर्तमका क्रममा विद्युतको मेन लाईनमा कर्कटपाता छुँदा पातलकोटका ४५ वर्षीया वीरे साउँदको सोमबार बिहान मृत्यु भएकाे वडाध्यक्ष संजु थापाले जानकारी दिनुभयो ।

पानी परिरहेका बेला पुरानो कर्कटपाता हटाएर नयाँ छाउने क्रममा करेन्ट लाग्दा ज्यान गएको मृतकका भतिजा शङ्कर साउँदले जानकारी दिनुभयो । साउँद मिस्त्री थिए ।