• १६ असार २०८२, सोमबार

सर्पको टोकाइबाट एकको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, असार १६ गते । कैलालीमा सर्पको टोकाइबाट एक व्यक्तिको आज मृत्यु भएको छ । गोदावरी नगरपालिका–१२ का ४३ वर्षीय रामबहादुर बुढाको ज्यान गएको हो । बुढालाई आज बिहान आफ्नै घर अगाडि नचिनेको सर्पले दाहिने खुट्टामा डसेको थियो ।

सर्पले टोकेपछि घाइते बुढालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा उहाँको ज्यान गएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । 

यसै गरी, चट्याङ लागेर धनगढी उपमहानगरपालिका–१९, लल्लीपुरका ६६ वर्षीया गुलियादेवी चौधरी घाइते हुनुभएको छ । उहाँको दाहिने खुट्टा, हात, ढाडमा चोट लागेको जनाइएको छ । घाइते चौधरीको धनगढीमा उपचार भइरहेको जोशीले जानकारी दिनुभयो ।