• १६ असार २०८२, सोमबार

मध्य असारसम्म ४० प्रतिशत रोपाइँ सकियो

blog

धानको बिउ उखेल्दै किसान । तस्बिरः बोमलाल गिरी

बोमलाल गिरी

नवलपुर, असार १६ गते । नवलपुरमा असार १५ सम्म ४० प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार नवलपुरमा १८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ । 

तीमध्ये असार १५ सम्म ४० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष पानी राम्रो परेका कारण धान खेती गर्नमा सहज भएको छ ।

सिँचाइ सुविधा पुगेको २७ हजार हेक्टर क्षेत्रफलमध्ये २० हजार हेक्टर क्षेत्रफल जमिनमा १२ महिना सिँचाइ सुविधा उपलब्ध रहेको छ भने ७ हजार हेक्टर क्षेत्रफलमा मौसमी सिँचाइको सुविधा छ ।

सिँचाइ सुविधा नपुगेको क्षेत्रमा नवलपुरमा आकाशे पानीकै भरमा खेती गर्नुपर्ने बाध्यता छ । यहाँ साँवा मन्सुली, सावित्री, हर्दिनाथ ६, रामधान, अनदी लगायतको धान खेती हुने गर्दछ ।