सकियो प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित तीनमध्ये दुई न्यायाधीशको सुनुवाइ सम्पन्न गरेको छ ।
चिकित्सक पलायन हुने जोखिम
बिरामीको उपचारमा लापरबाही गरेको ठहर गर्दै पछिल्ला केही दिनयता उपभोक्ता अदालतले चिकित्सक तथा अस्पतालहरूलाई क्षतिपूर्ति भराउन दिएको आदेशले चिकित्सा क्षेत्र त्रसित बन्न पुगेको छ । चिकित्सकहरूले चिकित्सक भगवान् नभई चिकित्सा विज्ञान अध्ययन गरेका बिरामीको परीक्षण गर्ने पेसाकर्मी मात्र भएकाले क्षतिपूर्ति माग गर्ने हो भने आफ्नोमा उपचार गराउन नआउन सामाजिक सञ्जालमार्फत सन्देश दिएका छन् ।
शिक्षा विधेयकमा साँघुरिँदै विवादित विषय
विद्यालय शिक्षा विधेयकमा सांसदबिच मतभिन्नता रहेका विषय क्रमशः साँघुरिँदै गएका छन् ।
साताभर निरन्तर वर्षा हुने
यो वर्षको मनसुनले आइतबारदेखि वर्षाको गति बढाएको छ । आउँदो सातासम्म देशव्यापी निरन्तर वर्षा हुने भएको छ । साताको पहिलो तीन दिन आइतबार, सोमबार र मङ्गलबारसम्म गण्डकीदेखि पारिका चार वटा प्रदेशमा अधिक वर्षाको खतरा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जीवनभर मौरीपालन, घरमै आउँछ पैसा
बाजुराको हिमाली गाउँपालिका–६, पाडीका अधिकांश स्थानीय बासिन्दा रोजगारीका लागि भारतका विभिन्न ठाउँ जाने गरेका छन् तर ८१ वर्षीय नरजित रावल पैसा कमाउनका लागि कहिल्यै पनि गाउँभन्दा बाहिर जानुपरेको छैन ।
कैलारीको एसइई नतिजा लज्जास्पद्
कैलालीको कैलारी गाउँपालिकास्थित सामुदायिक विद्यालयको २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा लज्जास्पद् आएको छ ।
ट्याक्टर दुर्घटनामा विद्यार्थी घाइते
दाङमा भएको ट्याक्टर दुर्घटनामा तीन जना विद्यार्थी घाइते भएका छन् । बंगलाचुली गाउँपालिका –६ रिभानमा भएको ट्याक्टर दुर्घटनामा सुधा मावि झेल्नेटामा अध्ययनरत तीन जना विद्यार्थी घाइते भएका हुन् ।
हाँस्य कलाकार, पत्रकार र समाजसेवी सम्मानित
लेखक, निर्देशक तथा हास्यव्यङ्ग्य कलाकार कमलकान्त मैनालीसहित कलाकार, पत्रकार र समाजसेवी सम्मानित हुनुभएको छ ।
'कृषि पेसालाई प्रविधिमैत्री बनाउनुपर्छ'
कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले कृषि पेसालाई प्रविधिमैत्री बनाउन जरुरी रहेको बताउनुभएको छ।
‘कृषिलाई प्राथमिकतामा राखी आवश्यक लगानी गर्न सरकार प्रतिबद्ध छ’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषिलाई प्राथमिकतामा राखी आवश्यक लगानी गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सडक निर्माणमा ढिलाइ गरेपछि स्थानीय आन्दोलित
सर्लाही सदरमुकाम मलङ्गवामा सुस्त गतिमा निर्माण भइरहेको हुलाकी सडकको धुलोले आजित भएका स्थानीयले आइतबार चक्काजाम गरेका छन् ।
रुपन्देहीमा ४५ प्रतिशत रोपाइँ सम्पन्न
‘धानबालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ बुटवलमा धान दिवस तथा रोपाई महोत्सव आयोजना गरिएको छ ।
विद्यार्थीलाई दुना टपरी बनाउने तालिम
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –९ झुलामा रहेको जनकल्याण माध्यमिक विद्यालय पुराना गाउँका अध्ययनरत विद्यार्थीलाई दुना टपरी बनाउने तालिम दिइएको छ ।
पूर्व सांसद कंडेलको निधन
प्रतिनिधि सभाका पूर्व सदस्य गोविन्दप्रसाद शर्मा कंडेलको आइतबार बिहान निधन भएको छ । चितवनस्थित छोरीको घरबाट स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जाने तयारी गर्दैगर्दा उहाँको निधन भएको परिवारका सदस्यले बताउनुभयो ।
जैमिनीमा आमा समूहको सम्मेलन
जिल्लाको जैमिनी नगरपालिकाका कुश्मिशेरा बजारमा न्यायिक समितिको आयोजनामा नगर भित्रका आमा समूहहरूको सम्मेलन सम्पन्न भएको छ ।
कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ अभियान सञ्चालन गर्ने
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले ‘किसान पहिलो’भन्ने अभियानका साथ किसानलाई प्रोत्साहन गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको छ ।
भत्किन थाल्यो शमशेरगञ्ज दरबार
चुरे गाउँपालिकाको सानको रुपमा रहेको राणाकालीन शमशेरगञ्ज दरबार भत्किन थालेको छ । संरक्षण नहुँदा कैलालीको चुरे गाउँपालिका –४ मा रहेको शमशेरगञ्ज दरबार भत्किन थालेको हो ।
श्रमदानबाट काठे पुल निर्माण
पानीको बहाव बढेर वारपार गर्न समस्या भएपछि लोचा खोलामा श्रमदानबाट काठे पुल निर्माण गरिएको छ । खोटाङको रावाबेसी गाउँपालिका –६ हौँचुर र वडा नं. १ कुभिण्डे जोड्ने लोचा खोलामा श्रमदानबाट अस्थायी काठे पुल निर्माण गरिएको हो ।
अलपत्र बसपार्कमा रोपाइँ !
पाटन बजारस्थित बसपार्कको निर्माण एक दशकसम्म पनि सम्पन्न नभएपछि असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसर पारेर स्थानीयले हलगोरु प्रयोग गरी रोपाइँ गरेका छन् ।
आर्थिक समृद्धिको आधार कृषि हो :मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको आर्थिक समृद्धिको बलियो आधार कृषि भएको बताउनुभएको छ ।
पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित
बागलुङको बडिगाड गाउँपालिका–४ स्थित नैतुल आधारभूत विद्यालयको भवन भत्किँदा पठनपाठन प्रभावित भएको हो ।
लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ
लुम्बिनी प्रदेशमा यस वर्ष ७२ हजार हेक्टरभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकिएको छ ।
'बालविकास सहजकर्तालाई योग्यताको आधारमा साधारण शिक्षक बनाउने व्यवस्था गर्नुपर्छ'
नेकपा (एमाले)की सांसद विद्या भट्टराईले बालविकास सहजकर्ताहरूलाई योग्यताको आधारमा साधारण शिक्षक बनाउन सकिने व्यवस्था गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ ।
पाँच जना कृषक पुरस्कृत
बागलुङमा धान दिवसको अवसरमा पाँच जना कृषक पुरस्कृत भएका छन् । कृषि ज्ञान केन्द्र बागलुङले २२ औँ राष्ट्रिय धान दिवसको अवसरमा आइतबार जिल्लाका उत्कृष्ट पाँच कृषकलाई पुरस्कृत गरेको हो ।