‘कार्की साइँला’ मा जितु र मुन्नी
फागुनको दोस्रो साताबाट चलचित्र ‘कार्की साइँला’ को छायाङ्कन भइरहेको छ । उक्त छायाङ्कन धनकुटामा भइरहेको छ । राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण भइरहेको चलचित्रको सेटबाट मुख्य दुई कलाकारको तस्बिर बाहिरिएको छ । चलचित्रका मुख्य कलाकार जितु नेपाल र प्रियना आचार्य (मुन्नी) को तस्बिर बाहिरिएको हो । चलचित्रमा जितु र प्रियनासँगै सुशील पोखरेल, वीरेन्द्रसिंह
मतदाताप्रति कलाकार अधिकारीको आभार
काठमाडौँ–५ मा सम्पन्न निर्वाचनको परिणामपछि गतिशील लोकतान्त्रिक पार्टीकी सङ्घीय समिति सदस्य तथा महिला विभाग प्रमुख तथा अभिनेतृ निशा अधिकारीले मतदाताप्रति आभार व्यक्त गर्नुभएको छ ।
मारुनी नाच संरक्षणमा मगर समुदाय
लोकसंस्कृतिको जगेर्ना हुन नसक्दा मौलिक परम्पराका रूपमा मगर समुदायको सबैभन्दा महत्वपूर्ण मानिने मारुनी नाच विस्तारै लोप हुन थालेपछि जिल्लाका बुढापाका मगर यसको जगेर्ना गर्न अहिले कम्मर कसेर लागेका छन् ।
स्याउ खेतीमा आकर्षण
बाजुराको दुर्गमका किसानको स्याउ खेतीमा आकर्षण बढ्दै गएको छ । जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ र बुढीनन्दाका अधिकांश किसानले पछिल्लो समय स्याउ खेती गर्न थालेका छन् । यहाँका स्थानीय सरकारले पछिल्लो समय अधिकांश गाउँबस्ती सडक सञ्जालमा जोडिदिएसँगै किसानको पनि स्याउ खेतीमा आकर्षण बढ्दै गएको हो ।
लगानीसमेत उठेन तोरीको
तोरी खेती गर्ने मोरङका किसानले यस वर्ष लगानी खर्चसमेत उठाउन सकेनन् । कात्तिकको दोस्रो साता बेमौसमी पानी परेपछि किसानले ढिलो गरी तोरी बाली लगाएका थिए । मोरङका रतुवामाई, सुनवर्षी, रङ्गेली नगरपालिका र कानेपोखरी, धनपालथान गाउँपालिकामा तोरीको सघन खेती हुने गरेको छ । कोशी प्रदेश कृषि निर्देशनालयका अनुसार मोरङमा पछिल्ला तीन वर्ष तोरी खेतीमा किसानको आकर्षण बढेको थियो ।
लगानीको वातावरण नहुँदा कर्जा प्रवाह सुस्त
बैङ्क तथा वित्तीय संस्थामा निक्षेप बढ्दै गए पनि कर्जा प्रवाह भने अपेक्षा अनुसार विस्तार हुन नसकेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको अर्धवार्षिक समष्टिगत आर्थिक प्रतिवेदन ‘समष्टिगत आर्थिक प्रतिवेदन–२०२६’ अनुसार बैङ्किङ प्रणालीमा तरलता प्रशस्त भए पनि लगानीको वातावरण कमजोर हुँदा निजी क्षेत्रतर्फ कर्जा प्रवाह सुस्त देखिएको छ ।
अन्तर्राष्ट्रिय उडान आधा घट्यो
पश्चिम एसियाका देशमा चुलिएको तनावका कारण नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा असर देखिन थालेको छ । कतार, कुवेत र दुबई जस्ता ओहोरदोहोर हुँदै आएको र मुख्य ट्रान्जिट गन्तव्यको उडान एक सातादेखि रोकिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको उडान र यात्रुको सङ्ख्या घटेको छ । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण र त्यसको प्रतिउत्तरमा इरानले गरेको प्रत्याक्रमणपछि पश्चिम एसियाका अधिकांश देशले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि नेपालमा अन्तर्राष्ट्रिय आवागमन आधा घटेको छ ।
निर्वाचनको नतिजाले निजी क्षेत्र आशावादी
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निवार्चनलगत्तै आइरहेको मतपरिणामले मुलुकमा एउटै दलको स्थिर सरकार बन्ने अवस्था बनेपछि निजी क्षेत्र आशावादी देखिएको छ । गत भदौको जेनजी आन्दोलनका क्रममा आर्थिक, भौतिक र मनोबलमै क्षति भोगेको निजी क्षेत्र अब नीतिगत स्थिरता, लगानीको सहज वातावरण र उच्च मनोबल प्राप्त गर्नेमा आशावादी बनेको हो ।
कहिल्यै आत्मसमर्पण गरिन्न : इरान
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई तत्काल बिनासर्त आत्मसमर्पण गर्न चेतावनी दिनुभएको छ । विगत आठ दिनदेखि जारी युद्ध लम्बिँदै गएसँगै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।
नेपाली नागरिकको सुरक्षाका लागि अपिल
प्रधानमन्त्री सुशीला कार्कीले शनिबार संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति सेख मोहमद बिन जायद अल नाह्यानलाई नेपाली नागरिकको सुरक्षाका लागि अपिल गर्नुभएको छ ।
स्थापित पार्टीका अधिकांश नेता पराजित
प्रतिनिधि सभा निर्वाचन २०८२ मा पुराना पार्टीका अधिकांश नेता पराजित हुनुभएको छ । पूर्वप्रधानमन्त्रीदेखि पटक पटक मन्त्री र सांसद भएर समाजमा स्थापित भएका नेतासमेत निर्वाचनमा पराजित हुनुभएको हो । यस निर्वाचनमा अधिकांश युवा र पहिलो पटक प्रतिस्पर्धामा रहेका नयाँले जित हासिल गरेका छन् ।
प्रतिनिधि सभा मतपरिणाम : रास्वपा दुई तिहाइनजिक
प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ८१ क्षेत्रको मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने अर्थात् प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ रहेका १६५ क्षेत्रमध्ये १६३ क्षेत्रको मतगणना हुँदा ९२ क्षेत्रको मतपरिणाम सार्वजनिक गरेको हो ।
प्रस्तावित प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री पराजित
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको साढे पाँच दशक लामो राजनीतिक विरासतलाई चुनौती दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन) विजयी हुनुभएको छ । रास्वपाबाट प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार बालेन ऐतिहासिक नतिजा निकाल्दै संसदीय राजनीतिमा झापाबाट उदाउनुभएको छ ।
उपत्यकाका पन्ध्र वटै क्षेत्रमा रास्वपा निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ उपत्यका अन्तर्गत काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका १५ क्षेत्रमै निर्वाचन जितेको छ । काठमाडौँका १० ललितपुरका तीन र भक्तपुरका दुई निर्वाचन क्षेत्र रास्वपाले जितेको हो ।
उदयपुर–२ मा रास्वपा विजयी
उदयपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्यबहादुर लामा विजयी हुनुभएको छ । केहीबेर अघि सम्पन्न मत परिणामअनुसार रास्वापाका लामा १४ हजार ८०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का अम्बरबहादुर रायमाझीले ७ हजार ६४८ मत ल्याउनुभयो । यसैगरी नेपाली कांग्रेसका रामकुमार राईले ७ हजार २१०, नेपाली कम्युनिष्ट पार्टीका सुरेशकुमार राईले ५हजार १९७ तथा श्रम संस्कृति पार्टीका बलराज राईले ४ हजार १३९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतले जानकारी दिनुभयो ।
धनुषा–४ मा रास्वपाका महतो विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजकिशोर महतो विजयी हुनुभएको छ । निर्वाचन अधिकृत पुरूषोत्तम खतिवडाका अनुसार रास्वपा उम्मेदवार महतो ४८ हजार २७० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले १५ हजार ८०९ मत प्राप्त गर्नुभयो ।
दार्चुलामा एमालेका गणेशसिंह ठगुन्नालाई तेस्रो जित
प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह ठगुन्ना विजयी हुनुभएको छ । ठगुन्नाले १८ हजार ८९१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिनुभयो ।
धनकुटामा एमालेका राजेन्द्रकुमार राईलाई जितको ह्याट्रिक
धनकुटामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का राजेन्द्रकुमार राई विजयी हुनुभएको छ । राईले १८ हजार १३२ मत प्राप्त गरी विजयी हुनुभएको हो।
सिरहा २ बाट रास्वपाका शिव शङकर यादव विजयी
सिरहा निर्वाचन क्षेत्र नम्बर २ को अन्तिम मत परिणाम सार्वजानिक भएको छ । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिव शङकर यादव निर्वाचित हुनु भएको छ ।
कैलाली ३ मा रास्वपाका जोशी बिजयी
प्रतिनिधिसभा कैलाली क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी विजयी हुनुभएको छ । जोशीले २० हजार ३५९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
दैलेख–२ मा एमालेको पोखरेल विजयी
दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ ।
इलामको दुवै क्षेत्रमा एमालेको बढ्दै अग्रता
इलाम –२ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राख्नुुभएको छ । नेम्वाङले अहिलेसम्म १५ हजार ६२८ मत प्राप्त गर्नुभएको छ ।
पूर्वमन्त्री आलेलाई फापेन कैलाली
पूर्वमन्त्री प्रेम आले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पराजित हुनु भएको छ । कैलाली क्षेत्र ५ मा उहाँ पराजित हुँदै तेस्रो स्थानमा खुम्चिनु भएको हो ।
तमोर नदीले बगाएको महिलाको जीबितै उद्धार
धनकुटाको मुलघाटस्थित तमोर नदीमा चिप्लिएर खसेकी एक महिलाको जीवितै उद्धार गरिएको छ । किनारमा फोटो खिच्ने क्रममा चिप्लिएर मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका –१ बस्ने गोविन्द बरालकी श्रीमती करिब २४ वर्षीया सुस्मा पौडेल नदीमा खस्नु भएको थियो ।