बैतडीमा समानुपातिकतर्फ मतगणना सुरु
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा समानुपातिकतर्फको मतगणना सुरु गरिएको छ ।
धनकुटामा समानुपातिकतर्फ एमालेको अग्रता
धनकुटामा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता लिएको छ । हालसम्मको परिणामअनुसार ९ हजार ८ सय २८ मतसहित एमालेले अग्र स्थानमा रहेको हो ।
भ्रष्टाचारविरुद्ध लड्ने प्रतिबद्धता
धादिङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बोधनारायण श्रेष्ठले भ्रष्टाचारविरुद्ध कडा रूपमा लड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । देशमा व्याप्त भ्रष्टाचार अन्त्यका लागि नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै उहाँले त्यसका लागि सबैले मिलेर संघर्ष गर्नुपर्ने धारणा राख्नुभयो ।
जेनजी आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
रौतहट प्रहरीले लागु औषध गाँजा तथा हातहतियार खरखजाना मुद्दाका फरार कैदीलाई पक्राउ गरेको छ ।
मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै
मध्यपूर्वमा जारी युद्ध दोस्रो सातामा प्रवेश गर्दा आक्रमण, विस्फोट र प्रतिकारात्मक कारबाही तीव्र हुँदै गएका छन् । इरान, इजरायल र खाडी क्षेत्रका विभिन्न देशमा भएका पछिल्ला घटनाक्रमले क्षेत्रीय तनाव थप बढाएको छ भने ऊर्जा आपूर्ति, समुद्री मार्ग र सुरक्षा अवस्थामाथि गम्भीर प्रभाव परेको छ ।
धनकुटामा १३ उम्मेदवारको जमानत जफत
प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनकुटाबाट प्रतिस्पर्धा गरेका १७ उम्मेदवारमध्ये १३ जनाको जमानत जफत भएको छ । एक मात्र निर्वाचन क्षेत्रमा रहेको धनकुटामा कुल सदर मतमध्ये १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।
मदिरा पसलमा आगजनी, लाखौंको क्षति
महोत्तरीको गौशाला-१०, इमली बजारस्थित एक मदिरा पसलमा आगजनी भएको छ । बजारको मध्यभागमा रहेको दीपेन्द्र मदिरा पसलमा आगजनी हुँदा ९ लाख मूल्य बराबरको धनमालको क्षति भएको जनाइएको छ ।
इरान आफ्नो भू-भाग र जनतालाई सुरक्षित राख्ने छ : इरानी राष्ट्रपति
इरानी राष्ट्रपति मसउद पेजेस्कियनले आइतबार स्पष्ट रूपमा इरानीले आफ्नो देशको एक इन्च भू-भाग पनि शत्रुलाई कब्जा गर्न नदिने बताउनुभएको छ । उहाँले यो कुरा तेहरानमा स्वास्थ्यमन्त्री मोहम्मद-रेजा जाफरघन्दीसँगको बैठकमा साझा गर्नुभयो ।
बैतडीमा सात प्रतिशत मत बदर
मतदाता शिक्षाको कमीले गर्दा बैतडीमा प्रत्यक्ष निर्वाचनमा ७.०१ प्रतिश मत बदर भएको छ । एउटै मत पत्रमा दुई वटा राजनीतिक दलको चुनाव चिन्हमा छाप लगाउँदा पाँच हजार ११३ मत बदर भएका हुन् ।
खामेनीका उत्तराधिकारीबारे बहुमत सहमति
इरानका दिवङ्गत सर्वोच्च नेता आयातुल्ला अली खामेनीको उत्तराधिकारी चयन प्रक्रियामा महत्त्वपूर्ण प्रगति भएको बताइएको छ ।
पाकिस्तानको उत्तर पश्चिममा विस्फोट, २ प्रहरीको मृत्यु, ३२ जना घाइते
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको साउथ वाजिरिस्तान जिल्लामा शनिबार साँझ भएको विस्फोटमा दुई जना प्रहरीको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जना प्रहरी र २७ जना सर्वसाधारण नागरिक छन् ।
तेहरान र अल्बोर्जमा अमेरिका-इजरायलको आक्रमण, ४ जनाको मृत्यु
अमेरिका र इजरायलले तेहरान र वरिपरिका क्षेत्रका ५ वटा तेल भण्डारण स्थलमा हवाई आक्रमण गरेका छन् । यस घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ भने केही संरचनामा क्षति पुगेको छ ।
सुडानको बजारमा ड्रोन आक्रमण, ३३ जनाको मृत्यु
दक्षिणपश्चिम सुडानको अर्धसैनिक नियन्त्रणमा रहेको दुई बजारमा ड्रोन आक्रमण हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
एमाले उपमहासचिव भट्टको दोस्रो हार
नेकपा (एमाले) का उपमहासचिव एवम् पूर्वमन्त्री लेखराज भट्ट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा लगातार दोस्रो पटक पराजित हुनु भएको छ ।
भेनेजुएलामा ऐतिहासिक कानुन लागु, १७ राजनीतिक बन्दी मुक्त
भेनेजुएलामा नयाँ आममाफी कानुन लागु भएपछि राजधानी काराकासस्थित जेलबाट १७ जना राजनीतिक बन्दी रिहा भएका छन् । पत्रकारले शनिबार उक्त रिहाइको दृश्य प्रत्यक्ष देखेका थिए । गत महिना पारित गरिएको यो ऐतिहासिक कानूनलाई डेल्सी रोड्रिगेजले अघि बढाउनुभएको हो ।
अझै तीन दिन बादल लाग्ने, हल्का वर्षाको सम्भावना
देशको विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताउनुभयो।
सुदूरपश्चिमका नेता भट्ट घण्टीभन्दा पछाडि
राष्ट्रिय राजनीतिमा प्रभाव पार्दै आउनुभएका सुदूरपश्चिम प्रदेशको प्रभावशाली नेता लेखराज भट्ट यस पटकको निर्वाचनमा घण्टीभन्दा पछाडि पर्नुभएको छ ।
अन्तर्राष्ट्रिय कानून अनुसार इरानी नाविकको उपचार भइरहेको छ : श्रीलङ्का
श्रीलङ्का सरकारले उद्धार गरिएका २२ जना इरानी नाविकलाई अस्पतालबाट रिहा गरेको छ । उहाँहरूलाई अमेरिकी पनडुब्बीद्वारा डुबाइएका युद्धपोतबाट बचाइएका थिए । नाविकलाई गालेस्थित करापितिया अस्पतालमा बुधबारदेखि उपचार दिइएको थियो ।
छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
मध्यपूर्वमा चर्किदै गएको युद्धका बिच इरानले आफ्नो सेना अमेरिका र इजरायलविरुद्ध महिनौँसम्म तीव्र लडाइँ गर्न सक्षम रहेको दाबी गरेको छ । इरानको रिभोलुसनरी गाड्र्सले आइतबार वर्तमान गतिमा युद्ध जारी रहे पनि इस्लामिक गणतन्त्रको सैन्य क्षमता कम्तीमा छ महिनासम्म तीव्र सङ्घर्ष धान्न सक्ने बताएको हो ।
छानबिन आयोगले बुझायो प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न न्यायिक आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउनुभएको हो।
अमेरिकी सैन्य कारबाहीमा इरानी नौसेनालाई ठुलो क्षति, ४२ जहाज ध्वस्त
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला तीन दिनको अवधिमा अमेरिकी सेनाले इरानका ४२ वटा नौसैनिक जहाज नष्ट गरेको दाबी गर्नु भएको छ । फ्लोरिडा राज्यको डोराल शहरमा आयोजित ‘शील्ड अफ द अमेरिकाज समिट’ कार्यक्रममा पश्चिमी १२ देशका नेतालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको छ ।
मध्यपूर्व युद्धप्रति चीनको कडा आपत्ति, अमेरिकालाई सम्बन्ध सुधार्न आग्रह
चीनका विदेशमन्त्री वाङ यीले मध्यपूर्वमा फैलिएको युद्धप्रति कडा असन्तोष व्यक्त गर्दै अन्तर्राष्ट्रिय विवाद समाधानका लागि शक्ति प्रयोगभन्दा संवाद र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
मकवानपुर १ मा रास्वपाका प्रकाश गौतम विजयी
मकवानपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश गौतम प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ। प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार यस क्षेत्रमा खसेको कुल ९५ हजार ३१० मतमध्ये गौतमले ३६ हजार ३३ मत प्राप्त गरी विजयी हुनुभएको हो।
सिराहा ३ मा रास्वपाका शम्भुकुमार यादव विजयी
सिराहा निर्वाचन क्षेत्र ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शम्भुकुमार यादव भारी मतले विजयी हुनुभएको छ ।