उपनिर्वाचन : रुपन्देही–३ मा कात्तिक १७ गते
सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआउँदा गण्डकी प्रदेशमा रिक्त हुन गएको प्रदेश सभा सदस्य पदको उपनिर्वाचन प्रभावित भएको छ ।
अनलाइन माध्यमबाट ठगी सचेत रहन प्रहरीको आग्रह
सोमबार दिउँसो धेरै पत्रकारको फेसबुक म्यासेन्जरमा एकै प्रकारको सन्देश प्रवाह भइरह्यो । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पठाएको सन्देशमा अनेक समस्या देखाएर रकमका साथै वान टाइम पासवर्ड (ओटिपी) माग गरिएको थियो ।
प्रतिस्पर्धाको चुनौतीबिच नेवानिको यात्रा
नेपाल वायुसेवा निगम मङ्गलबार स्थापनाको ६८ औँ वर्षमा प्रवेश गरेको छ । २८ सिट क्षमतायुक्त डोग्लस डिसी तीन डाकोटाबाट सेवा आरम्भ गरेको निगमले विभिन्न आरोह अवरोहका बिच हाल वाइडबडी ए ३३०–२०० सिरिजका विमानमार्फत हवाई सेवा दिँदै आएको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोलमा प्रतिलिटर पाँच रुपियाँ बढ्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज मध्यराति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपियाँले वृद्धि गरेको हो ।
जनता जागरुक र सचेत हुनुपर्छः मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनता जागरुक र सचेत भएपछि मात्र मुलुकको समुन्नति सम्भव हुने बताउनुभएको छ । विकासको मूल आधार जनचेतना भएको उल्लेख गर्दै उहाँले जनताको सक्रिय सहभागिताबिना कुनै पनि योजना सफल नहुने बताउनुभयो ।
प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता
संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र स्तोनियाका राष्ट्रपति अलार कारिसबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
बाँकेका अकुव अहमदको परिवारलाई पाँच लाख रुपियाँ क्षतिपूर्ति दिने सरकारको निर्णय
सरकारले बाँके जिल्ला डुडुवा गाउँपालिका बस्ने अकुव अहमदको परिवारलाई पाँच लाख रुपियाँ क्षतिपूर्ति बापत आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
१५ औँ महाधिवेशन बारे भ्रम चिर्न मिति तोक्नुपर्छ: नैनसिंह महर
नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५ औँ महाधिवेशनको मिति तत्काल तोकेर तल्लो तहसम्मका कार्यकर्तामा रहेको भ्रम चिर्न नेतृत्वसँग माग गर्नुभएको छ।
कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ
प्रहरीले आज एक थान कटुवा पिस्तोल र सोको दुई थान म्याग्जिनसहित दुई जनालाई पक्राउ गरेको छ ।
कुकुरको टोकाइबाट बालकको मृत्यु
बैतडीमा कुकुरको टोकाइबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका–६ कुयलीगाउँका १२ वर्षीय अनिल साउँदको कुकुरको टोकाइबाट आइतबार मृत्यु भएको हो ।
पुनः देखिन थाल्यो लम्पी स्किन रोगको जोखिम
दुई वर्षअघि गाईभैँसीमा महामारीको रूपमा देखिएको लम्पी स्किनको सङ्क्रमण पुनः देखिन थालेको छ । यो वर्ष सुरु भएदेखि मोरङ, रुकुम र रुकुमपश्चिम गरी तीन वटा जिल्लामा यो रोग पुष्टि भएको पशुसेवा विभागले उल्लेख गरेको छ ।
राजमार्गको वैकल्पिक फास्ट ट्रयाकमा बेलीबृज
मेची राजमार्गको बिग्रिएको स्थानको वैकल्पिक मार्ग सञ्चालन गर्न केचना–कञ्चनजङ्घा (फास्ट ट्रयाक) अन्तर्गत पुवा खोलामा थालिएको बेलीबृजको काम सम्पन्न भएको छ ।
नक्कली प्रहरी बनेर अपहरण र डकैती गर्ने दुई युवा पक्राउ
“हामी प्रहरी हौँ” भनेर आत्मीयता जगाउनेका साथै अपहरण र डकैतीमा संलग्न भएको खुलासा भएको छ । मोरङ प्रहरीले आइतबार समीर हुसेन र आशिव अन्सारीलाई अपहरण र डकैतीको आराेपमा पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो ।
युवाहरू उद्यम र सीप विकासमार्फत राष्ट्र निर्माणमा उभिनुपर्छ: उपराष्ट्रपति यादव
सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले युवाहरू उद्यमशीलता, रोजगारी र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्ने बताउनु भएको छ ।
अदालतबाट बिरामीको पक्षमा फैसला, चिकित्सक त्रसित
उपभोक्ता अदालतले उपचार लापरबाही भएको भन्दै अस्पताल र उपचारमा सङ्लग्न चिकित्सकलाई क्षतिपूर्ति तिराउने फैसलासँग चिकित्सक क्षेत्र त्रसित बनेको छ ।
वन प्रवर्धन सूचना प्रणाली तालिम
ताप्लेजुङमा वन तथा वातावरण संरक्षणमा संलग्नलाई वन प्रवर्धन सूचना प्रणालीसम्बन्धी तालिम प्रदान गरिएको छ । सामुदायिक वन समूह लगायतमा आबद्ध रहेर वन संरक्षणसम्बन्धी क्रियाकलापमा संलग्न रहँदै आएकालाई वन तथा ज्ञान प्रवर्धन सूचना प्रणाली तालिम प्रदान गरिएको हो ।
अमेरिका पठाइदिने भन्दै ७५ लाख ठगी गर्ने एक पक्राउ
रोजगारीका लागि अमेरिका पठाइ दिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तनहुँको व्यास नपा-१२ स्थायी घर भई हाल काठमाडौँ चन्द्रगिरी नपा ७ बस्ने ३० वर्षीय रञ्जन पाण्डेले अमेरिका पठाइ दिनेभन्दै पीडितबाट पचहत्तर लाख पचास हजार रुपियाँ ठगी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
पौडी खेल्ने क्रममा युवक बेपत्ता
ताप्लेजुङमा पौडी खेल्नेक्रममा एक युवक बेपत्ता भएका छन् । मिक्वाखोला गाउँपालिका –३, लिबाङका २५ वर्षीय लाक्पा शेर्पालाई पौडी खेल्ने क्रममा खोलाले बगाएको हो।
आगन्तुक धान भित्रिएसँगै रैथाने लोप भयो
लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ का उमाकान्त गौतमले पाँच वर्ष यता रैथाने जातको धान खेती गर्न छाड्नुभएको छ । उहाँले पहिले रोप्ने एक्ले, मन्सारा, सुनौलो सुगन्ध लगायतका हुन् । “पहिले–पहिले घर गाउँकै धान रोपिन्थ्यो ।
स्वास्थ्य बिमामा प्रथम सेवा विन्दु निजी अस्पतालबाट हटाइयो
स्वास्थ्य बिमा बोर्डले सामुदायिक तथा निजी स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय गरेको छ । स्वास्थ्य बिमा बोर्डले सामुदायिक तथा निजी स्वास्थ्य संस्थालाई परिपत्र गर्दै प्रथम सेवा बिन्दुबाट हटाउने निर्णय गरेको जानकारी दिएको छ ।
मध्य असारसम्म ४० प्रतिशत रोपाइँ सकियो
नवलपुरमा असार १५ सम्म ४० प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार नवलपुरमा १८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ ।
सर्पको टोकाइबाट एकको मृत्यु
लालीमा सर्पको टोकाइबाट एक व्यक्तिको आज मृत्यु भएको छ । गोदावरी नगरपालिका–१२ का ४३ वर्षीय रामबहादुर बुढाको ज्यान गएको हो । बुढालाई आज बिहान आफ्नै घर अगाडि नचिनेको सर्पले दाहिने खुट्टामा डसेको थियो ।
धनगढीमा दुई हजार घरमा बाढी पस्यो, आठ जनाको उद्धार
आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन् । डुबानमा फसेका आठ जनालाई प्रहरीले आज उद्धार गरेको छ । धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका चारजना र धनगढीको बेली गाउँका चारजना गरी आठ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोसीले जानकारी दिनुभयो ।
नेप्से परिसूचक बढ्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ६३१ दशमलव ४८ विन्दुमा कायम भएको हो ।