• २३ फागुन २०८२, शनिबार

नवलपरासीका दुवै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता बढाउँदै, विनोद चौधरी १८ सय मतले पछाडि

blog

विकास अधिकारी

पश्चिम नवलपरासी, फागुन २२ गते । पश्चिम नवलपरासीमा आज बिहानदेखि जारी मतगणनामा दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायम गरेको छ । मतगणना सुरु भएदेखिनै दुवै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि छ । 

दुवै निर्वाचन क्षेत्रमा काग्रेस दोस्रो स्थानमा छ । पछिल्लो विवरण अनुसार निर्वाचन क्षेत्र नम्बर एकमा रास्वपाका विक्रम खनालले ३ हजार २८० मत प्राप्त गर्दा नेपाली कांग्रेसका विनोद चौधरीले १ हजार ४ सय ७६ मतले प्राप्त गर्नुभएको छ । १ हजार ८०४ मतले अहिले रास्वपाका उम्मेदवार अगाडि रहेका छन् । क्षेत्र नम्बर एकमा एमालेका रामप्रसाद पाण्डेले १ हजार १०९ मत प्राप्त गर्दा जसपा नेपालका उम्मेदवार हृदयस त्रिपाठीले ७३१ मत पाउनुभएको छ ।

क्षेत्र नम्बर दुईमा रास्वपाका नरेन्द्रकुमार गुप्ताले ५ हजार २३२ मत प्राप्त गर्दा काग्रेसमा भीमबहादुर थापाले २ हजार ५२ मतले उहाँलाई पछ्याइरहनुभएको छ । ३ हजार १८० मतको अन्तरले रास्वपा यो क्षेत्रमा अगाडि छ । यसैगरी जसपा नेपालका देवेन्द्र यादवले ९४९ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका लेखनाथ खरेलले ५४३ मत पाउनुभएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका धुव्रबहादुर प्रधानले ४६३ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका देवेन्द्र पौडेलले ३०९ मत प्राप्त गर्नुभएको छ ।  

नवलपरासीको निर्वाचन क्षेत्र नम्बर एकमा १ लाख २३ हजार ८० मतदाता रहेकोमा कुल ८२ हजार ७५४ मत (६७.२४ प्रतिशत) मतदान भएको थियो । त्यसैगरी क्षेत्र नम्बर दुईमा १ लाख ३१ हजार ७७ मतदाता रहेकोमा  ८९ हजार ५६० (६८.३३ प्रतिशत) मतदान भएको थियो ।