महिलालाई उद्यमी बनाउन चप्पल बनाउने तालिम
वालिङका महिलाहरुलाई उद्यमी बनाउन एक हप्ते चप्पल बनाउने तालिम सुरु गरिएको छ । वालिङ उद्योग वाणिज्य संघको आयोजना तथा वालिङ नगरपालिकाको आर्थिक सहयोगमा २८ जना महिलालाई सीपमुलक तालिम प्रदान गरिएको हो ।
भिरबाट लडेर एकको मृत्यु
ओखलढुङ्गाको कुइभिरमा भिरबाट लडेर एकजना वृद्धको मृत्यु भएको छ । घाँस काट्न जङ्गल जानुभएको चिशंखुगढी गाउँपालिका–१ कुईभिरका ६९ बर्षिय बडिहर्क राईको भिरबाट लडेर ज्यान गएको हो ।
एसइई दिनुहुँदै गाउँपालिका उपाध्यक्ष चौधरी
दाङको राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहनुभएको छ । दाङको राप्ती गाउँपालिका वडा –६ निवासी ५१ वर्षीया चौधरीले रुकुमपश्चिमको चौरजहारीमा रहेको शीतल माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट एसइई दिइरहनुभएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यद्वारा सर्वोच्चमा रिट, शुक्रबार पेसी
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । रिट निवेदनमा आफ्नो सेवाको सर्तअन्तर्गत मन्त्रिपरिषद्ले निर्धारण गरेको चार वर्षको पदावधिलाई सम्झौताको दफा ३.१ म २०७७ माघ २९ गतेदेखि २०८१ माघ २८ सम्म कायम गरेको भन्दै त्यसको न्याय निरुपण नगरी थप प्रक्रिया अघि नबढाउन माग गरिएको छ ।
पूर्व राष्ट्रपति भण्डारी रूपन्देहीमा
रूपन्देहीको मुकाम सिद्धार्थनगर नगरपालिकामा आयोजना हुने महिला नेतृहरूबिचको अन्तर्संवाद कार्यक्रममा सहभागी हुनपूर्व राष्ट्रपति विद्यादेवी भण्डारी भैरहवा आइपुग्नुभएको छ ।
सुख्खा पहिरोपछि विद्युत सेवा अवरुद्ध
रुकुमपश्चिममा निर्माणाधीन नुवाकोटडाँडा–बैरागीठाँटी सडक विस्तारको क्रममा सुख्खा पहिरो खसेपछि विद्युत सेवा अवरुद्ध भएको छ ।
कागजमा मात्रै सञ्चालित श्री राष्ट्रिय प्राथमिक विद्यालय
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर १ स्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयको अवस्था कहाली लाग्दो छ । विद्यालय को कक्षा कोठामा ढोका छैन भने खानेपानी र शौचालय लगायतका पूर्वाधार केही पनि छैन ।
नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताउनुभएको छ ।
माटोका भाँडा तथा क्युरियोका सामान बनाउँदै
भक्तपुरको पोटरी स्क्वायरमा परम्परागत तरिकाबाट माटोका भाँडा तथा क्युरियोका सामान बनाउँदै स्थानीयबासी ।
भेरी ज्ञानोदय बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन सहमतिमा
जाजरकोटको सबैभन्दा पुरानो मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक भेरी ज्ञानोदय बहुमुखी क्याम्पसमा सहमतिमै नयाँ पदाधिकारी निर्वाचित भएका छन् ।
फरार प्रतिवादी पक्राउ गर्ने अभियानमा बर्दिया प्रहरी
बर्दिया प्रहरीले पछिल्लो समयमा फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई तीव्रता दिएको छ । कर्तव्य ज्यान मुद्दाको दोषीदेखि सामान्य लेनदेन मुद्दाका प्रतिवादीहरू बर्दिया प्रहरीले धामधम पक्राउ गर्न थालेको छ ।
सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढेको छः सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको बताउनुभएको छ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आफ्ना नै वैरी
मानिसले आफूलाई घरमा सबैभन्दा सुरक्षित ठान्छ ।
वस्तु बिक्रीमा ‘एमआरपी’ अनिवार्य, उल्लेख नभए विक्रेतालाई कारबाही
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अधिकतम खुद्रा मूल्य (एमआरपी), परिणाम, तौल र गुणस्तरको उल्लेख नभएका वस्तु बजारमा नल्याउन सचेत गराएको छ ।
सेजबाट तीन अर्बको निर्यात
विशेष आर्थिक क्षेत्र (सेज) मा स्थापना भएका उद्योगबाट तीन अर्ब रुपियाँ बराबरको सामान निर्यात भएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणका अनुसार भैरहवा सेजबाट साढे पाँच वर्षको अवधिमा तीन अर्ब रुपियाँ बराबरको सामान निर्यात भएको हो ।
महासङ्घले सत्तरीऔँ स्थापना दिवस मनाउँदै
नेपाली पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घ यही चैत १६ गते ७० औँ वर्षमा प्रवेश गर्दै छ । आफ्नो स्थापना दिवसका अवसरमा महासङ्घले केन्द्र, प्रदेश र शाखा समितिमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।
भूमि विधेयक संसदमा पेस गरिने
सत्ता साझेदार सात राजनीतिक दलको बैठकले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशलाई नियमित विधेयककै रूपमा अघि बढाउने निर्णय गरेको छ ।
शिक्षा विधेयक पास गर्न सुझाव
नेपाली कांग्रेसको शिक्षा विभागद्वारा आयोजित ‘विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार’ विषयक विमर्श कार्यक्रमका सहभागीले विधेयक यही हिउँदे अधिवेशनबाट पारित गर्नुपर्नेमा जोड दिएका छन् ।
विपन्न बालबालिकाको मुटु उपचार निःशुल्क
बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा १५ वर्षमुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क हुने भएको छ ।
चाडपर्वले चलेको विद्यालय
ऋतु अनुसारका चाडपर्वले गाउँघरमा रमाइलो मात्रै ल्याउँदैनन्, शैक्षिक उन्नयनका लागि वरदानसमेत बन्न थालेका छन् ।
गुल्मीमा ७९ जनाको आँखाको शल्यक्रिया
शल्यक्रियापछि आँखा देख्नु भएकी छत्रदेव गाउँपालिका –८ अर्घाखाँचीकी ५० बर्षीया जालपा नेपाली गाउँमै सेवा पाएकोका खुसी देखिनुभयो ।
अर्घाखाँची बस दुर्घटना अपडेट : मृतकको संख्या चार पुग्यो
अर्घाखाँचीको शितगंगामा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुको संख्या चार पुगेको छ । मृतक सबैको पहिचान भएको प्रहरीले जनाएको छ । शितगंगा नगरपालिका –२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । २७ जना घाइते भएका छन् ।
गाउँपालिका अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
बझाङ्गको खप्तडछान्ना गाउँपालिका तत्कालीन अध्यक्ष र वडा नम्बर ४ का वडाध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।