सिमेन्ट उद्योगले ढुङ्गा ओसार्दा स्थानीयलाई समस्या
दन्तकाली क्वेरिजले धनकुटाको सहिदभूमि गाउँपालिका ७ साल्बोटे र पाखाटोलमा २५ हेक्टर क्षेत्रफलमा सिमेन्ट बनाउने ढुङ्गा निकाल्छ । क्वेरिजको मुख्य कार्यालयमार्फत शिवम्, सौर्य र रिद्धि सिमेन्ट उद्योगले यतिवेला दैनिक ४० वटासम्म टिप्परले उक्त क्षेत्रबाट ढुङ्गा लैजाने गरेको छ ।
बेलिब्रिज निर्माणले आवतजावतमा सहज
हिमाली जिल्ला हुम्लामा भित्रिने यातायातका साधनहरुलाई अब खोला तर्नु नपर्ने भएको छ । यसअघि बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको पिलु खोलामा पुल नहुँदा खोला तर्नु पर्ने अवस्था रहेको भए पनि हाल बेलिब्रिज सञ्चालनमा आएपछि उक्त समस्या हटेको हो ।
गाउँकै शीतभण्डारमा आलु राख्न पाएपछि कृषक हर्षित
स्याङ्जाको वालिङ नगरपालिका–६ का कृषक शोभाकान्त पाण्डे निक्कै उत्साहित हुुनुहुन्छ । आफूले उत्पादन गरेको आलु वालिङमा सञ्चालनमा आएकोे शीतभण्डारमा राख्न पाएपछि पाण्डे खुसी हुनुभएको । उमेरले ७० काटिसक्नु भएका कृषक पाण्डे निरन्तर कृषि कर्ममा हुनुहुन्छ ।
डेढ दर्जन कानुनमा संशोधन आवश्यक
अतिकम विकसित राष्ट्र (एलडिसी) बाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन करिब २० वटा कानुनका व्यवस्था संशोधन र खारेजी आवश्यक रहेको संसदीय अध्ययनले देखाएको छ ।
लेखा समितिको बैठक विषयान्तर
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयको विषयले प्राथमिकता पाएपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकै विषयान्तर भएको छ ।
उच्चस्तरीय प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट जडान गरिँदै
मधेश प्रदेशमा सवारीसाधनमा उच्चस्तरीय प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट जडान गरिने भएको छ । यातायात व्यवस्था विभागले बर्दीबास र लहानबाट वितरण तयारी गरेको छ ।
तीन दल खारेज प्रक्रियामा पाँच दललाई अन्तिम अवसर
लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने र आयोगले तोकेको जरिबानासमेत नबुझाएका तीन राजनीतिक दल खारेजी प्रक्रियामा जाने भएका छन् । यसरी खारेज प्रक्रियामा जानेमा आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक) हुन् ।
सङ्कटमा पुतलीको जीवन
यतिबेलाको मौसममा पुतलीको फुलबाट धमाधम लार्भा निकिँस्दै छन् ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटरसाइकल अनियन्त्रित भएर सडकबाट तल खस्दा मंगलसेनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मंगलसेन नगरपालिका १ कुन्तीका २० वर्षीय जीवन थापा रहनुभएको छ ।
‘अधिकार पाए तीन वर्षभित्रै भूमि सम्बन्धी समस्या समाधान गर्छौ’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशले अधिकार पाए भूमि सम्बन्धी समस्या तीन वर्षभित्रै समाधान गर्ने बताउनु भएको छ ।
मन्त्रिपरिषद् बैठकका २७ निर्णय (सूचीसहित)
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत् २७ निर्णय सार्वजनिक गर्नुभएको हो ।
देश र जनताको हितका लागि काम गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्माले देश र जनताको हितका लागि इमान्दारिताका साथ काम गरिरहेको बताउनु भएको छ । उहाँले साना तिना कुरालाई उचाल्ने कार्य भइरहेको छ भन्दै सबै मिलेर देश र जनताको हितको लागि काम गर्नुपर्छ भन्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
बालुवाटारमा सत्तापक्षीय दलको बैठक
बालुवाटारमा सत्तापक्षीय दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा बैठकमा सत्ता पक्षका शीर्ष नेता सहभागी हुनुहुन्छ।
पहिलोपटक मनाङ पुग्यो बस
गायक मिलन लामा र देवी घर्तीमगरको स्वर रहेको यो गीतले मनाङमा बस पुग्दा सार्थकता पाएको आभाष भएको छ। यही गीतको झल्को दिने गरी शनिबार बेँसीशहर–पोखरा चल्ने ना ६ ख ९५७९ नं.को बस पहिलोपटक मनाङ पुगेको छ। यद्यपि यो बस व्यावसायिक नभई रिजर्भमा मनाङ पुगेको हो। अब यही गीतले भने झैँ मनाङ पुगेर सहजै मायालुलाई भेट्न पाइने आशमा मनाङी रहेका छन्।
मालपोत कार्यालयलाई कम्प्युटर सहयोग
लहान नगरपालिका भित्र रहेका गाउँब्लक जग्गा अध्यावधि गर्नका लागि लहानस्थित मालपोत कार्यालयलयलाई लहान नगरपालिकाले कम्प्युटर सहयोग गरेको छ ।
नेपालगन्जका मुख्यसडकमा फुलेका आकर्षक फूल (फोटो फिचर)
नेपालगन्ज सुर्खेत रोडमा फुलेका फूलहरु हेर्न आउने सङ्ख्या अहिले ह्वात्तै बढेको छ । राँझा एयरपोर्टदेखि गणेशमानसम्म फुलेका आकर्षक फूलहरु हेर्न युवाहरुको भीड लाग्ने गरेको छ ।
प्लाई उद्योगमा आगलागी : ३२ घण्टा बित्दा पनि आएन नियन्त्रणमा
दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको गणपति भेनियर तथा साङ्ग्रीला प्लाई उद्योगमा लागेको आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन ।
रामारोशन पर्यटन समितिको कार्यकारी अधिकृतमा पूर्णबहादुर विक नियुक्त
झण्डै दुई वर्षदेखि रिक्त रहेको रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी अधिकृतमा पूर्णबहादुर विक नियुक्त हुनुभएको छ ।
नमुना बसपार्क निर्माण सुरु
स्याङ्जाको वालिङमा नमुना बसपार्क निर्माण सुरु भएको छ । वालिङ नगरपालिका–८ स्थित शितलनगरमा आधुनिक बसपार्कको निर्माण सुरु भएको नगरपालिकाले जनाएको छ ।
‘नेपालको आर्थिक वृद्धि निकै पछाडि’
नेपालको आर्थिक वृद्धि दक्षिण एसियाली मुलुकमध्येमै पनि निकै पछाडि रहेको पाइएको छ ।
नाउपा र जनमत पार्टीबिच एकता गर्ने निर्णय
नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीले एकता गर्ने निर्णय गरेका छन् ।
त्रिचालिस आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न
त्रिभुवन विश्वविद्यालयका ४३ वटा आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सम्पन्न भएको छ ।
विद्युत् प्राधिकरणकाे कार्यकारी निर्देशकमा शाक्य नियुक्त
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।