नमुना बसपार्क निर्माण सुरु
स्याङ्जाको वालिङमा नमुना बसपार्क निर्माण सुरु भएको छ । वालिङ नगरपालिका–८ स्थित शितलनगरमा आधुनिक बसपार्कको निर्माण सुरु भएको नगरपालिकाले जनाएको छ ।
‘नेपालको आर्थिक वृद्धि निकै पछाडि’
नेपालको आर्थिक वृद्धि दक्षिण एसियाली मुलुकमध्येमै पनि निकै पछाडि रहेको पाइएको छ ।
नाउपा र जनमत पार्टीबिच एकता गर्ने निर्णय
नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीले एकता गर्ने निर्णय गरेका छन् ।
त्रिचालिस आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न
त्रिभुवन विश्वविद्यालयका ४३ वटा आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सम्पन्न भएको छ ।
विद्युत् प्राधिकरणकाे कार्यकारी निर्देशकमा शाक्य नियुक्त
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
‘निर्णय नगर्ने कर्मचारीलाई छ महिना कैद’
तोकिएको अवधिमा कुनै निर्णय नगरेको कारणबाट कसैलाई हानिनोक्सानी पुगेमा जिम्मेवार राष्ट्रसेवक कर्मचारीलाई कारबाही हुने भएको छ ।
अपाङ्गता भएकालाई आत्मनिर्भर बनाइँदै
सामान्य दिनचर्याका लागि थुप्रै अप्ठ्यारा भए पनि ४६ वर्षीय रामबहादुर लिम्बू जीवनोपयोगी सिप सिकेर आत्मर्निभर बन्नुभएको छ । कम्मरमुनिको भाग राम्रोसँग नचल्ने उहाँले मुढा बनाउने सिप सिकेर आत्मनिर्भर बन्दै आउनुभएको हो ।
सङ्क्रमणकालीन न्याय : मिश्र नेतृत्वको समितिलाई नै निरन्तरता
सरकारले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्न यसअघि बनाएको समितिलाई नै निरन्तरता दिएको छ ।
कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।
स्रोत नभएका र परिणाम नदिने योजना कटौती गरौँ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको बजेटमा यथार्थमा आधारित नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ ।
प्रमुख तीन दलको बैठक : सर्च कमिटी गठन गर्ने सहमति
प्रमुख तीन दलका शीर्ष नेताबिच सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यहरु नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने विषयमा सहमति भएको छ ।
‘अदालतले विवादरहित न्याय सम्पादन गर्नुपर्छ’
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले अदालतले विवादरहित न्याय सम्पादन गर्नुपर्ने बताउनुभएको छ ।
बिजुली बल्दा चेपाङ वस्तीमा खुसी
टुकी र दियालोको उज्यालोमा जीवन व्यतीत गर्दै आएका चेपाङ समुदाय गाउँमा बिजुली बत्ती बल्दा दङ्ग परेका छन् ।
राष्ट्रिय फोटो पत्रकारिता अवार्ड वैशाखमा
‘राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८२’ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ आयोजना गर्ने भएको छ ।
अनधिकृत टहरा हटाउँदा डोजर चालकमाथि ढुङ्गा प्रहार
काठमाडौँ महानगरपालिका वडा नं.–७ स्थित कालोपुल क्षेत्रमा टहरा हटाउने क्रममा डोजर चालकमाथि ढुङ्गा प्रहार भएको छ ।
‘आइटी इन्फास्टक्चर’ निर्माण केन्द्रित बजेट बनाउन मन्त्री गुरुङको जोड
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बजेट बनाउदा ‘आइटी इन्फास्टक्चर’ निर्माणमा जोड दिनुपर्ने बताउनुभएको छ ।
निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक : कांग्रेस सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा सुरु
प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको छ ।
‘कुनै पनि निरङ्कुशता र अराजकता स्वीकार्य हुँदैन’
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले रगतसँग साटेको उपलब्धि भएको भन्दै शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई यही व्यवस्थाले दिएको बताउनु भएको छ ।
पशु स्वास्थ्य शिविर : १३ सयको उपचार र औषधी वितरण
नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका वडा नम्बर ४ को विकट गाउँ मानिने महलपोखरीमा एक दिने पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
प्लाई उद्योग आगलागी : ३० घर जोखिममा
घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगगाली हुँदा करोडौँ रुपियाँको क्षति भएको छ । उक्त उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।
कृषिबाट मासिक तीन लाख कमाउँदै अधिकारी
पढेलेखेकाले जागिर नै खानुपर्छ भन्ने सोचलाई चुनौती दिँदै तनहुँका एक युवक कृषि पेशामा रमाएका छन् । भानु नगरपालिका–१२ घलेछापका कुशलचन्द्र अधिकारी पढाई पूरा गरेर गाउँमै व्यवसायिक कृषि पेशा गरेर नाम र दाम दुबै कमाउन सफल हुनुहुन्छ ।
‘क्षयरोगले शरीरका सबै अङ्गमा असर गर्छ’
नेपालमा क्षयरोग प्रमुख जनस्वास्थ्य समस्याका रुपमा रहेको छ । राष्ट्रिय क्षेयरोग केन्द्रका निर्देशक डा. श्रीराम तिवारीका अनुसार नेपालमा मृत्युको कारणमध्ये क्षयरोग १० औँ नम्बरमा पर्छ ।
मूल्य नपाउँदा सुपारी किसान चिन्तित
उत्पादन घटिरहेको बेला मूल्य समेत घटेपछि मोरङका सुपारी किसान चिन्तित भएका छन् । गत वर्ष प्रतिकिलो ७० रुपियाँका दरले सुपारी बिक्री गरेका किसानले यो वर्ष प्रतिकिलो ५० रुपियाँ मात्र मूल्य पाएका छन् ।