• १९ चैत २०८१, मङ्गलबार

प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा सुरु

blog

प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरू । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, चैत ११ गते । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुभएको छ । 

यसैगरी, बैठकमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका नेता शक्ति बस्नेतलगायतका नेता सहभागी हुनुहुन्छ ।