जङ्गी अड्डामा बृहत् सैन्य प्रदर्शनी
नेपाली सेना दिवसको अवसरमा सैनिक मुङ्ख्यालय जङ्गी अड्डा भद्रकालीमा बृहत् सैन्य प्रदर्शनी सुरु भएको छ ।
देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लान सरकार अग्रसर : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आमरुपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र सरकार देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लाने प्रयासमा अग्रसर रहेको बताउनुभएको छ ।
संसदबाट ‘फास्ट ट्रयाक’ मा अध्यादेश पारित गर्ने सरकारको निर्णय
सरकारले संसदबाट ‘फास्ट ट्रयाक’ मा अध्यादेश पारित गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
‘पाल्पा घुम्न आउनेलाई पानीको अभाव हुने छैन’
सङ्घीय सांसद ठाकुर प्रसाद गैरेले पाल्पामा खानेपानीका कारण पर्यटक फर्कन पर्ने दिन अब हराएको बताउनुभएको छ ।
भुक्तानी नपाउदा दूध सङ्कलन प्रभावित
झापामा दुग्ध सङ्कलक सहकारी संस्थाहरूले दूधको भुक्तानी नपाएका कारण समस्या भएको बताएका छन् । जिल्लाको कमल गाउँपालिका र गौरादह नगरपालिकाका किसानको दुधको करिब तीन करोड भुक्तानी हुन नसकेको बताइएको छ ।
दस हजार किरिया खर्च दिने फिदिम नगरपालिकाको निर्णय
फिदिम नगरपालिकाले नगरका सबै नागरिकलाई किरिया खर्च बापत दस हजार रुपियाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको माघ १० गतेको बैठकले यस्तो निर्णय गरेको हो ।
ल्होसार पर्व तामाङ संस्कृतिकै अभिन्न अङ्ग : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबिच दीप प्रज्ज्वलन गरी सोनाम ल्होसारको शुभारम्भ गर्नुभएको छ । सो क्रममा लामा गुरुहरूले विषेश पूजा र मन्त्रोचरण गरेका थिए ।
सहमति भए छिट्टै संविधान संशोधन : प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा केन्द्रित हुने प्रवृत्तिबाट मुलुकलाई मुक्त बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
समाजवादीको बैठक माघ २८ देखि
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, प्रतिवेदन लेख्न निर्देशन
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को प्रतिवेदन तयार गर्न सचिवालयलाई निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विवादित विषय मिलाउने प्रतिबद्धता जनाएपछि समिति प्रतिवेदन लेख्ने प्रक्रियामा गएको हो ।
अमेरिकी अनुदान स्थगित
अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत नेपाललाई प्राप्त अनुदान ९० दिनका लागि स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ ।
वनभोज जङ्गलमा, हात्ती गाउँमा
झापाको बिर्तामोड नगरपालिका वडा नं. ८, गरामनीका पारसप्रकाश पौडेल रातभरि जागै बसेर केराको बगैँचा रुँघ्नुहुन्छ ।
प्रेस चौतारी तेह्रथुमको अध्यक्षमा नेपाली
प्रेस चौतारी नेपाल तेह्रथुमको जिल्ला अध्यक्षमा उमेश नेपालीको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । उपाध्यक्षमा विकास गुरुङ र महिला उपाध्यक्षमा बालिका लिम्बु निर्वाचित हुनुभएको छ ।
'प्रधानमन्त्री ओलीमाथि अनेक घेराबन्दी छन्'
प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अहिले अनेक खालका घेराबन्दी गरिएको बताउनुभएको छ । सोमबार प्रेस चौतारी नेपाल बर्दियाको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले प्रधानमन्त्री र सरकारविरुद्ध अनेक खालका भ्रम फिँजाउने काम भएको बताउनुभयो ।
चौथो रामपुर महोत्सवको तयारी
चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको तयारी पूरा भएको छ । मंगलबारदेखि माघ २७ गतेसम्म रामपुर नगरपालिका –५ बेझाँडमा हुन गइरहेको मेलाको तयारी पूरा भएको आयोजक रामपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
थारू साँस्कृतिक कृषि, पर्यटन तथा माघ महोत्सवको तयारी पूरा
थारु कल्याणकारिणी सभा (थाकस) बढैयाताल बर्दियाले आयोजना गर्ने थारु साँस्कृतिक कृषि, पर्यटन तथा माघ महोत्सव २०८१ को तयारी पूरा भएको छ ।
हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने सत्तारुढ दलको निर्णय
सत्तारुढ दलहरुको बैठकले संसदको हिउँदे अधिवेशनलाई बढीभन्दा बढी कानून निर्माण गर्ने अधिवेशनका रुपमा अघि बढाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री ओलीको आह्वानमा सत्तापक्षीय दलको बैठक जारी
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सङ्घीय संसद्को आसन्न हिउँदे अधिवेशनमा सत्ता पक्षको तयारी र सरकारका कामको प्रभावकारितालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा अहिले सत्तापक्षीय राजनीतिक दलको बैठक बसिरहेको छ ।
राष्ट्रिय सोनाम ल्होछार महोत्सव मङ्गलबारदेखि
सोनाम ल्होछार पर्वका अवसरमा मङ्गलबारदेखि तीन दिने सांस्कृतिक महोत्सव हुने भएको छ । नेपाल तामाङ घेदुङका अध्यक्ष एवम् राष्ट्रिय सोनाम ल्होछार समारोह मूल आयोजक समितिका संयोजक मोहन गोलेले आज यहाँ पत्रकार सम्मेलनमार्फत उक्त महोत्सवबारे जानकारी दिनुभएको हो ।
मिटरब्याज पीडितद्वारा जनजागरण अभियान सुरु
मिटरब्याजविरूद्ध किसान मजदुर आन्दोलन नेपालले सोमबारदेखि सडक अवरुद्ध गर्दै जनजागरण अभियान सुरु गरेको हो ।
उपराष्ट्रपति यादव र म्यानमारका राजदूत म्योम्यिन्टमाउङबिच शिष्टाचार भेट
उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि म्यानमारका राजदूत यु म्योम्यिन्टमाउङले शिष्टाचार भेट गर्नुभएको छ ।
ओझेलमा भक्तपुरका चारधाम
ख्वप लाय्कू (भक्तपुर दरबार स्क्वायर) परिसरमा अवस्थित पवित्र तीर्थस्थल चारधाम देवस्थल ओझेलमा परेको छ । ख्वप लाय्कूको दक्षिण पश्चिममा अवस्थित चारधामका पाँचै देवस्थल मल्लकालीन राजाहरुको पालामा निर्माण गरिएको भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।
कांग्रेसबाट सरकारलाई पूराका पूरा साथ छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठुला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु
नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरमा सुरु भएको छ । संसदीय दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सुरु भएको बैठकमा दलका सांसदहरु सहभागी हुनुहुन्छ ।