सशस्त्र प्रहरी विधेयक समितिमा
सशस्त्र प्रहरी बल नेपालको विधेयक दफावार छलफलका लागि समितिमा पठाइएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकले विधेयक दफावार छलफलका लागि समितिमा पठाएको हो ।
‘मोडालिटी’ नफेरे स्वास्थ्य बिमा असफल हुने दाबी
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमको ‘मोडालिटी’ परिवर्तन नगरे असफल हुने बताउनुभएको छ । प्रतिनिधि सभामा सांसद सुनीलकुमार शर्माको सार्वजनिक महत्वको प्रस्तावमा जवाफ दिँदै मन्त्री पौडेलले नागरिकलाई पनि स्रोतसँग जोड्ने गरी कार्यक्रम अघि बढाइनुपर्ने बताउनुभयो ।
एसइईमा पाँच लाख विद्यार्थी
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सञ्चालन हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
ग्वार्को ओभरपास : निर्णय एउटा, निर्माण अर्को
चक्रपथ सडक अन्तर्गत ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन ‘ओभरपास’ मा ठेक्कादेखि निर्माण कार्यसम्म गम्भीर प्राविधिक त्रुटि भेटिएको छ ।
अन्तरिक्षमा नौ महिना बास
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट अन्तरिक्षको स्पेस एक्समार्फत नौ महिनाअघि अन्तरिक्ष पुग्नुभएका ५९ वर्षीया सुनिता विलियम्स ‘सनी’ र ६४ वर्षीय ब्यारी ई विल्मोर ‘बुच’ ले बुधबार पृथ्वीमा पाइला टेक्नुभयो ।
स्ववियुमा निर्वाचित पदाधिकारीलाई बधाई
ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) समितिमा निर्वाचितलाई पदाधिकारीलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको छ ।
लुम्बिनीमा ९४ हजार ९ सय ८ परीक्षार्थी एसइई दिँदै
लुम्बिनी प्रदेशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को तयारी पूरा भएको छ । बिहीवार विहान ८ बजेदेखि हुुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशले जनाएको छ ।
प्राध्यापक केसीको निधन
बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजङ्ग केसीको निधन भएको छ । केसीको आज उपचारका क्रममा काठमाडौँको टिचिङ अस्पतालमा निधन भएका हो ।
राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रमा पूर्वाधार निर्माणका लागि कानुन संशोधन गरिने
सरकारले राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलालाई समयानुकूल कानुन संशोधन गरी अगाडि बढ्ने जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको सरोकारवालाको बैठकले वातावरण र विकासलाई सँगसँगै बढाउन बाधक कानुनलाई समयानुकूल संशोधन गर्दै अगाडि बढ्ने निर्णय गरेको हो।
मन्त्री पाण्डेलाई जर्मनीमा उत्कृष्ट पर्यटनमन्त्री अवार्ड
जर्मनीको बर्लिनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हिमालयन क्षेत्रका मुलुकबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम् मिनिस्टर अफ दी एयर) अवार्ड प्रदान गरिएको छ।
भान्साबाट सल्केको आगोले घर जलायो
खाना पकाउने क्रममा धनकुटाको चौबिसे गाउँपालिका –१ भान्साबाट सल्केको आगोले एक घर जलेर नष्ट भएको छ । छ नम्बर बुधबारे मुक्तरास्थित का भिमबहादुर सुर्जे मगरको भान्साघरमा लागेको आगोले घर र भान्साघरसहित नगद १० हजार सहित पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
ऐरावती आदर्श बहुमुखी क्याम्पसको अध्यक्षमा सोनी
दाङको ऐरावती आदर्श बहुमुखी क्याम्पसको अध्यक्षमा विनोदकुमार सोनी निर्वाचित हुनुभएको छ । गएराति सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सोनीको प्यानल विजय भएको हो ।
लहानमा नेविसंघको प्यानल विजयी
सम्पन्न स्वतन्त्र विधार्थी युनिययनको निर्वाचनमा लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पस लहानमा नेपाल विधार्थी संघले तेस्रो पटक प्यानल नै विजयी भएर वर्चश्व कायम गरेको छ ।
कृषि पेशामा जीवन लगाउनुभएका कृषक मोतिलाल
बागलुङ नगरपालिका –३ बोक्सेको गैराका ७६ बर्षीय मोतीलाल सापकोटाको दैनिकी कृषि कर्ममा बित्दछ । बिहान ४ बजे उठ्यो, नित्य कर्म, तरकारीको डोको बोक्यो बागलुङ बजार ल्यायो र बेच्यो । उहाँको यो दैनिकी झैण्डै ४० बर्षदेखि अनवरत छ।
गौतम परिवारद्वारा गाउँमा निःशुल्क स्वास्थ्य शिबिर आयोजना
संयुक्त राष्ट्रसंघका भुतपूर्व सहायक महासचिव कुलचन्द्र गौतमको परिवारले चैत २८ र २९ गते इस्मा गाउँपालिका –६ अमरपुरमा बिशेषज्ञ डाक्टरसहित बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा नेबिसंघको प्यानल विजयी
रौतहटको जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा मङ्गलबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ ।
अमर क्याम्पसमा गठबन्धनविरुद्ध अनेरास्ववियुको जित
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा प्युठानमा एक्लै चुनाव लडेको अनेरास्ववियुले एउटा क्याम्पसमा जित हासिल गरेको छ । स्वर्गद्वारी नगरपालिकास्थित अमर क्याम्पसमा गठबन्धनलाई पराजित गर्दै अनेरास्ववियुले जित हासिल गरेको हो ।
ऐश्वर्य बहुमुखी क्याम्पस सभापतिमा नेविसंघका भट्ट बिजयी
कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले डेढ दशकपछि स्ववियु निर्वाचनमा विजय प्राप्त गरेको छ ।
चतुर्भुजेश्वर सभापतिमा अनेरास्ववियुका घिमिरे बिजयी
सर्लाहीको हरिवनस्थित चतुर्भूजेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका हिमाल घिमिरे निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) निकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेविसङ्घको संयुक्त प्यानलबाट सभापतिका उम्मेदवार घिमिरे प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।
काठको मुढा लागेर बृद्धको मृत्यु
गोरखामा काठको मुढा लागेर एक बृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारपाक सुलीकोट गाउँपालिका –४ टुकराङका ६९ बर्षिया बिमायाँ बराम भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
धवलागिरि क्याम्पस सभापतिमा अनेरास्ववियुकी शेख
स्वतन्त्र विद्यार्थी यूनियनको नयाँ नेतृत्वका लागि बागलुङस्थित धवलागिरि बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा अनेरास्ववियुकी आश्मिन शेख विजयी हुनुभएको छ ।
जनज्योतिको सभापतिमा अनेरास्ववियुको सिंह निर्वाचित
सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुका समिरसिंह निर्वाचित हुनुभएको छ ।
स्याङजाको चार क्याम्पसमा नेविसंघ, एकमा अनेरास्ववियु
स्याङजामा स्ववियुको चुनावी प्रक्रिया सुरु भएकामध्ये पाँच वटा क्याम्पसको नतिजा सार्वजनिक भएको छ । मंगलबार सम्पन्न भएको वालिङ बहुमुखी क्याम्पस र त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले सभापति जितेको छ ।
पैदलयात्रीबाट असुली रोक्न चन्द्रागिरि हिल्सलाई निर्देशन
चन्द्रागिरि हिल्स प्रालिले थाहा नगरपालिका–९, चित्लाङ भन्ज्याङ हुँदै भालेश्वर मन्दिरसम्म जाने पैदलमार्गमा चेकपोइन्ट राखेर सर्वसाधारणसँग अनधिकृत रूपमा रकम लिएको पाइएपछि थाहा नगरपालिका–९ को कार्यालयले उक्त कार्य तत्काल रोक्न चन्द्रागिरि हिल्सलाई निर्देशन दिएको छ ।