• ६ चैत २०८१, बुधबार

लहानमा नेविसंघको प्यानल विजयी

blog

लहान स्थित जेएस मुरारका क्याम्पसका निर्वाचित सभापति रोहित राउतका साथमा पदाधिकारी र सदस्यहरु । त्स्बिरः जीवछ यादव

जीवछ यादव

लहान, चैत ६ गते । सम्पन्न स्वतन्त्र विधार्थी युनिययनको निर्वाचनमा लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पस लहानमा नेपाल विधार्थी संघले तेस्रो पटक प्यानल नै विजयी भएर वर्चश्व कायम गरेको छ । 

आज  बुधबार विहान घोषित परिणामअनुसार नेविसंघको तर्फबबट सभापतिमा रोहितकुमार राउत ५७५ मल ल्याएर विजयी हुनुभएको छ । अनेरास्ववियुका मनिषकुमार चौधरीले ४३१ मत ल्याएर पछ्याएको थियो । 

यसैगरी सचिवमा नेविसंघका सुजितकुमार यादव ५६०, कोषाध्यक्षमा अमलेश सिंह ५६८ मत ल्याएर विजयी भएको निर्वाचन समितिका संयोजक तथा क्याम्पस प्रमुख सञ्जय चौधरीले जानकारी दिनुभयो । उहाँको अनुसार सदस्यमा क्रमशः शर्मिलाकुमारी चौधरी, अभिनव महासेठ, उज्जवलकुमार झा, रिकेश सदा, अनिश शेख, अशका रुचाल, सुनमकुमारी चौधरी विजयी भएका छन् । संयुक्त प्यानलका सभापतिका उम्मेदबार ललितकुमार यादवले १३४ मत प्राप्त गरेको छ । 

यसैगरी सिरहास्थित सत्य नारायाण् सूर्य नारायण बहुमुखी क्याम्पसमा नेपाल विधार्थी संघका पृथ्वी यादवको प्यानलले नै विजयी प्राप्त गरेको छ । सचिवमा रमेशकुमार यादव, कोषध्यक्षमा राज यादव विजयी भएका छन् । यसभन्दा अघि जनमत विधार्थी संघले सिरहा क्याम्पस जितेको थियो । 

जेएस मुरारका बहुमुखी क्याम्पस लहान र सत्यनारायण सूर्यनारायण मरबैता क्याम्पस सिरहाका निर्वाचित स्ववियु सभापतिहरु क्रमशः रोहित राउत र पृथ्वी यादवले विधार्थीको हकहितमा केन्द्रित भइ शैक्षिक वातावरण अनुकूल बनाउन प्रभावकारी भूमिका खेल्ने प्रतिक्रिया दिनुभयो ।