यादवराज पुरी
रौतहट, चैत ६ गते । रौतहटको जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा मङ्गलबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ ।
चार विद्यार्थी संगठनले प्रतिस्पर्धा गरेको सो निर्वाचनमा नेविसंघका सभापति उम्मेदवार मोहम्मद नौदास आलमले एक हजार १७४ मत प्राप्तगरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका सभापति उम्मेदवार दामोदर उप्रेतीले २०३ मत प्राप्त गर्नुभयो ।
यसैगरी नेविसंघका सचिव शाहिल पुरीले १ हजार १२८ र कोषाध्यक्ष सम्झनाकुमारी चौधरीले १ हजार १४८ मत प्राप्तगरी विजयी हुनुभयो । सदस्यहरुमा विकासकुमार दास, रोहन श्रेष्ठ, रेजिनाकुमारी काफ्ले, पुष्पा कार्की, अर्जुन भट्टराइ, शुशीलकुमार पहरी र रितिक सिंह विजयी हुनुभएको निर्वाचन अधिकृत विनोद तिमल्सिनाले बताउनुभयो ।
उहाँकाअनुसार चुनावी प्रतिस्पर्धामा अखिल क्रान्तिकारी र संयुक्त समाजवादी विद्यार्थी युनियनको पनि सहभागिता थियो ।