राजस्व सङ्कलन ठेक्कामा लगाउने कार्य तत्कालै बन्द गर्नुहोस् : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहलाई होर्डिङ बोर्डबाट हुने राजस्व सङ्कलन आफैँले गर्न आग्रह गर्नुभएको छ।
१७ ग्राम खैरो हेरोइनसहित पक्राउ
कैलालीमा १७ ग्राम ९२० मिलिग्राम खैरो हेरोइन (लागुऔषध) सहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
परामर्श भनेर प्रलोभन नदेखाउन निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्शको नाममा सेवाग्राहीलाई अनावश्यक प्रलोभन नदेखाउन निर्देशन दिएको छ ।
स्ववियु चुनावको रन्को
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिकिएसँगै क्याम्पसमा यसको सरगर्मी पनि बढ्न थालेको छ । निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न यतिबेला विद्यार्थी सङ्गठन अन्तिम तयारीमा जुटेका छन् । देख्दा विद्यार्थी सङ्गठनको चुनाव भए पनि यसको रन्को मातृपार्टीसम्म पुगेको छ ।
सुरु भयो उपभोक्ता अदालत
उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनमा आएको छ वर्षपछि उपभोक्ता अदालत गठन भएको छ ।
जीवनस्तर सुधार उच्च प्राथमिकतामा
सरकार निर्माण, गठबन्धन फेरबदलको अस्थिर राजनीतिकको चक्रबाट देश मुक्त भएको १० महिनाको अन्तरालमा अर्थतन्त्र क्रमिक रूपमा सुधार हुँदै छ ।
निसेलढोरमा अझै दियालो
बागलुङको पश्चिमीक्षेत्र निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोर प्राकृतिक रूपमा जति मनमोहक छ, त्यहाँको जनजीवन उति नै कष्टकर छ ।
सोलुखुम्बु शिक्षक सङ्गठनको अध्यक्षमा कार्की
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सोलुखुम्बुको अध्यक्षमा खिलकबहादुर कार्की निर्वाचित हुनुभएको छ । शनिबार सल्लेरीमा सम्पन्न १३ औं जिल्ला अधिवेशनले कार्कीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको शनिबार को बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपियाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर चार रुपियाँले घटाउने निर्णय गरेको हो ।
परराष्ट्रमन्त्री डा. राणाले ‘राइसिना डायलग’ कार्यक्रमलाई सम्बोधन गर्ने
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) द्वारा राजधानी नयाँ दिल्लीमा यही मार्च १७ देखि १९ सम्म आयोजना हुने ‘राइसिना डायलग’ कार्यक्रमलाई सम्बोधन गर्नुहुने भएको छ ।
ट्याक्टरको ठक्करले बालिकाको मृत्यु
तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका –२ सल्यान घर भई तुलसीपुर उपमहानगरपालिका–९ गौरीशंकर टोलमा अन्टीको कोठामा बस्ने ९ वर्षीया दीपशिखा वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘जलवायु परिवर्तनका असर घटाउन बाह्य सहयोग अपरिहार्य’
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरबाट मुलुक नराम्ररी प्रभावित भएको वास्तविकता प्रस्तुत गर्दै त्यसलाई घटाउन बाह्य सहयोग अपरिहार्य भएको बताउनुभएको छ ।
नेकपा एसको ‘समाजवादी अभियान’ सुरु
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सुशासन, रोजगारीलगायत विषय केन्द्रित देशव्यापी समाजवादी अभियान सुरु गरेको छ ।
नयाँ वर्षमा बढ्ने भयो बिपिसीको महसुल
बुटवल पावर कम्पनी (बिपिसी), आँधीखोला जलविद्युत केन्द्रबाट उत्पादन भएको विद्युतको महसुलमा वृद्धि भएको छ ।
उपभोक्ताको अधिकार सुनिश्चित गर्न माग
उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न प्रविधिमैत्री अनुगमनमा जोड दिनुपर्ने सरोकारवाला निकायले बताएका छन । विश्वउपभोक्ता अधिकार दिवस २०२५ को अवसरमा आयोजित विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्न अधिकांश बक्ताले प्रविधिमैत्री अनुगमन गर्न आवश्यक रहेको बताएका हुन् ।
बैतडीमा बेवारिसे शव फेला
बैतडीमा एक बेवारिसे शव फेला परेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका –५ दोली भन्ने ठाउँमा अन्दाजी ४२ वर्षीय पुरुषको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो ।
कृषकलाई ट्याक्टर सहयोग
यहाँको हरिनास गाउँपालिकले ५० प्रतिशतमा अनुदानमा हाते ट्याक्टर सहयोग गरेको छ । पछिल्लो समय कृषि कर्मप्रति आकर्षणमा कमी हुँदै जान थालेपछि कृषिलाई आधुनिकीकरण बनाउने उद्देश्यसाथ पालिकाले १०२ वटा हाते ट्याक्टर वितरण गरेको हो ।
बैतडीमा १७ हजार राष्ट्रिय परिचयपत्र थन्कियो
बैतडीमा झन्डै १७ हजार राष्ट्रिय परिचयपत्र कार्यालयमा थन्किएको छ । सेवाग्राहीले लिन नआउँदा छपाइ भएर आएका १६ हजार ९०८ थान राष्ट्रिय परिचयपत्र कार्यालयमै रहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी पवनकुमार शाहीले जानकारी दिनुभयो ।
मौरिस हर्जोग र अन्नपूर्ण धौलागिरि ट्रेकको नक्सा सार्वजनिक
पर्यटन प्रवर्धनमा टेवा गर्ने उद्देश्यले अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्ने मार्ग र म्याग्दी र पर्वतका केही गाउँहरू समावेश गरेर बनाइएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको नक्सा सार्वजनिक गरिएको छ ।
फोनिज बागमती अध्यक्षमा पुनः युवराज श्रेष्ठ
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेशको अध्यक्षमा पुनः युवराज श्रेष्ठ निर्वाचित हुनुभएको छ । रामेछाप सदरमुकाम मन्थलीमा आज शनिवार बिहानसम्म चलेको तेस्रो महाधिवेशनले पुनः रामेछापका श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
गलकोट उद्योग बाणिज्य संघको अध्यक्षमा गौतम
गलकोट उद्योग बाणिज्य संघको प्रथम अधिवेसनबाट अध्यक्षमा ढालेन्द्रप्रसाद गौतम निर्वाचित हुनुभएको छ । शुक्रबार भएको निर्वाचनमा खसेको कुल ३ सय १ मतमध्ये गौतमले १ सय ४८ मत प्राप्त गर्नुभयो ।
ब्याजदर लगभग पुरानै
चैतका लागि वाणिज्य बैङ्कहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
कार्यबोझ घटाउन क्षेत्राधिकार पुनरवलोकनको सुझाव
अदालतहरूको कार्यबोझ व्यवस्थापन गर्न विद्यमान क्षेत्राधिकारमा पुनरवलोकन गर्नुपर्ने सर्वोच्च अदालतले सुझाव दिएको छ ।
प्रदेश सभामा प्रधानमन्त्री, प्रदेशलाई सङ्घको भरोसा
सङ्घात्मक ढाँचा र तीन तहका सरकारमार्फत नागरिकलाई सहज सेवा प्रदान गर्ने अभ्यास आरम्भ भएको एक दशक भएको छ तर प्रशासनिक पुनर्संरचनाको काम अझै पूरा नहुँदा सङ्घीयता कार्यान्वयनबारे सङ्घीय सरकारप्रति प्रश्न उठिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रदेश सभाहरूमै पुगेर गर्नुभएको सम्बोधनले प्रदेशलाई उत्साही बनाएको छ ।