गोकर्ण पौडेल
तुलसीपुर, चैत २ गते । तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका –२ सल्यान घर भई तुलसीपुर उपमहानगरपालिका–९ गौरीशंकर टोलमा अन्टीको कोठामा बस्ने ९ वर्षीया दीपशिखा वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्टी सङ्गिता खड्काको कोठामा बस्ने दीपशिखालाई ठक्कर दिँदा टाउको र मुखमा चोट लागेको थियो । तुलसीपुरका प्रहरी प्रवक्ता सूर्य रानाका अनुसार घाइते बालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।
तुलसीपुर उपमहानगरपालिका –९ गौरीशंकरण् टोलदेखि अटो भिलेजतर्फ जाँदैगरेको रा १ त ३२३९ नम्बरको ट्याक्टरले पैदलयात्री दिपशिखालाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा छ । चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रवक्ता रानाले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।