रामकृष्ण बोहरा
बागलुङ, चैत २ गते । गलकोट उद्योग बाणिज्य संघको प्रथम अधिवेसनबाट अध्यक्षमा ढालेन्द्रप्रसाद गौतम निर्वाचित हुनुभएको छ । शुक्रबार भएको निर्वाचनमा खसेको कुल ३ सय १ मतमध्ये गौतमले १ सय ४८ मत प्राप्त गर्नुभयो ।
अध्यक्षका अर्का उम्मेदवार दिलीप श्रेष्ठले १ सय ४४ मत ल्याएको निर्वाचन अधिकृत देबेन्द्रबहादुर खत्रीले बताउनुभयो । यसअघि गलकोटमा बागलुङ उद्योग बाणिज्य संघको इकाइ मात्र थियो । संस्थापक अध्यक्षको रुपमा बीरेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो ।
महिला सदस्यमा कौशीला घर्तीले २ सय २८ र बालकुमारी श्रीषले १ सय ६० मत ल्याएर विजयी हुनुभयो । महिला सदस्यमै नितु प्रधानको १ सय ११ र गंगा रेग्मीले ४६ मत प्राप्त गर्नुभएको छ ।
खुला सदस्यमा उद्योगतर्फ तुलाराम गौतमले १ सय ५६ मत प्राप्त गर्दा अर्का उम्मेदवार बिरबल श्रेष्ठले १ सय २७ मत मात्र पाउनुभएको छ । अन्य खुला सदस्यमा टीकाराम गौतमले १ सय ८०, भीमबहादुर केसीले २ सय ९, चित्रबहादुर सहानीले १ सय ६७, दलबहादुर घर्तीले १ सय ८३ र श्यामसुन्दर भण्डेलले १ सय ७८, भीमबहादुर केसीले १ सय ८२, सन्तबहादुर भण्डारीले १ सय ८१ प्राप्त गर्नुभएको छ ।
यस्तै, खुल्ला सदस्यमा गोबिन्दप्रसाद उपाध्यायले १ सय ८८ र धनबहादुर केसीले १ सय ८५, लिलबहादुर सार्कीले ४९, कृष्णप्रसाद खरेलले ८०, हर्कबहादुर पन्तले ९५, दानबहादुर श्रीषले १ सय २३, गुमानसिंह खत्रीले ९७, राजेन्द्र घिमिरेले ८४ र पदम श्रेष्ठले ९५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत खत्रीले जानकारी दिनुभयो ।