गार्डेन राई
सोलु, चैत २ गते । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सोलुखुम्बुको अध्यक्षमा खिलकबहादुर कार्की निर्वाचित हुनुभएको छ । शनिबार सल्लेरीमा सम्पन्न १३ औं जिल्ला अधिवेशनले कार्कीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
कार्कीको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरिएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सोलुखुम्बुका निवर्तमान सचिव नवराज राईले जानकारी दिनुभयो ।
उपाध्यक्षमा झनकबहादुर बस्नेत, महिला उपाध्यक्षमा अम्बिका बस्नेत, सचिवमा चित्रबहादुर कार्की, सहसचिवमा चुडाकुमारी कार्की, कोषाध्यक्षमा भेषराज पौडेल र सहकोषाध्यक्षमा गङ्गा राउतलाई चयन गरिएको छ ।
आज निर्वाचित समितिलाई नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय सदस्य मनकाजी राईले सपथ ग्रहण गराउनुभयो । कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सोलुखुम्बुको अध्यक्ष टङ्क कार्कीको अध्यक्षतामा भएको थियो ।