• ४ असार २०८२, बुधबार

मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

blog

उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’।

काठमाडौँ, असार ४ गते । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । 

उपचाररत वैद्यको स्वास्थ्यमा सुधार आएपछि अस्पतालले सोमबार डिस्चार्ज गरिदिएको उहाँका भान्जा प्रशान्त ओलीले जानकारी दिनुभयो। 

अस्पतालका प्रवक्ता एवम् सह–प्राडा.गोपाल सेडाईले महासचिव वैद्यलाई दम तथा छाती रोगको सङ्क्रमण भएकाले जेठ १५ गते अस्पतालको सघन (आइसियूमा) अस्पतालमा भर्ना गरिएको थियो । 

१० दिन आइसियूमा राखेर उपचार पश्चात उहाँलाई जेनेरल वार्डमा सारिएको थियो । अस्पतालका अनुसार १० दिन आइसियूमा राखेर उपचार गरिसकेपछि स्वास्थ्यमा सुधार आउँदै गएकाले उहाँलाई अस्पतालको क्याबिनमा राखेर छातीरोग विशेषज्ञको निगरानीमा छातीको अक्सिजन थेरापी दिइएको थियो ।  

 गत वर्षको पुस महिनामा उहाँलाई कडाँ खालको निमोनिया देखिएकाले एक महिना आइसियूमा राखेर उपचार गरिएको थियो । 

 के भएको थियो वैद्यलाई 

७९ वर्षीय वैद्य लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी समस्याबाट पिडित हुनुहुन्छ ।  महासचिव मोहन वैद्यका भाइका छोरा डा. नवीन वैद्यका अनुसार महासचिव वैद्य १५ वर्षदेखि दम लगायत श्वासप्रश्वास सम्बन्धी स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्छ ।  

उहाँले बेलाबेलामा चिकित्सकको परामर्श गरेर श्वासप्रश्वास सम्बन्धी औषधी सेवन गर्दै आउनुभएको थियो । विसं. २०८१ पुस महिनामा उहाँलाई कडाखालले निमोनिया देखिएकाले त्रिवि शिक्षण अस्पतालको आइसियूमा एक महिना उपचार गराएर चिकित्सकले डिस्चार्ज गरिदिएको उहाँका भाइका छोरा डा.वैद्यले जानकारी दिनुभयो । 

त्यो बेला महासचिव वैद्यलाई दमले गाह्रो बनाउँदा घरमा नै अक्सिजन लगाउने गरी अस्पतालले डिस्चार्ज गरिदिएको भाइका छोरा डा.वैद्येले जानकारी दिनुभयो । 

 उहाँ भन्नुन्छ,“२०८२ वैशाख २४ गते हजुर आमाको मृत्यु हुनुभन्दा अगाडि ठुलो बुवा दाङमा भेटघाटका लागि आउनुभएको थियो । त्यो बेलामा ठुलो बुवाको स्वास्थ्यमा समस्या देखिन थालेपछि उहाँ तुरुन्त काठमाडौँ फर्कनुभयो । दाङबाट फर्किएको चार पाँच दिनपछि रोगले च्याप्दै गएपछि डा.निरज बमको निगरानीमा उहाँको उपचार सुरु भएको थियो ।” 

 ११ दिन उपचार पछि उहाँको रगतको रिपोर्टमा अक्सिजन र कार्बनडाइअक्साइड, रगतमा सेतो रगतको मात्र कमी देखिएकाले सहासचिव वैद्यलाई जेठ १५ गते शिक्षण अस्पतालको आइसियूमा भर्ना गरिएको थियो ।