• २६ चैत २०८१, मङ्गलबार

काठको मुढा लागेर बृद्धको मृत्यु

blog

गुणबहादुर रोका

सुलीकोट, चैत ६ गते । गोरखामा काठको मुढा लागेर एक बृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारपाक सुलीकोट गाउँपालिका –४ टुकराङका ६९ बर्षिया बिमायाँ बराम भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो । 

उहाँका अनुसार मंगलबार दिउँसो १ बजेको समयमा बोराखर्क जंगलमा घाँस काट्न गएका बेला माथिबाट काठको मुढा खसी बृद्धा बरामको टाउकोमा लागी गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । 

टाउको र छात्तीमा गम्भीर चोट लागी अचेत अबस्थामा फेला पारी थप उपचारका क्रममा मृत्यु भएकाले त्यस घट्नाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।