• ११ पुस २०८२, शुक्रबार

शितलहर र दुर्व्यसनसम्बन्धी कक्षा सञ्चालन

blog

सशस्त्र प्रहरीद्वारा विद्यालयमा शितलहर र लागुऔषध दुव्र्यसनसम्बन्धी सचेतना कक्षा ।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस ११ गते । ताप्लेजुङमा सशस्त्र प्रहरीले एक विद्यालयमा शितलहर, हुस्सु र लागुऔषध दुव्र्यसनसम्बन्धी सचेतनामुलक कक्षा सञ्चालन गरेको छ । 

जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल, नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाले सचेतनामुलक कक्षा सञ्चालन गरेको हो । गुल्मले फुङ्लिङ नगरपालिका –३ मेदिबुङको बालसुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा पुगेर सचेतनासम्बन्धी कक्षा सञ्चालन गरेको हो । 

उक्त विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई सहभागी गराई शुक्रबार सचेतनासम्बन्धी कक्षा सञ्चालन गरेको गुल्मले जनाएको छ । सचेतनासम्बन्धी सशस्त्र प्रहरी बल नेपाल, नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका गुल्मपति एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठकले कक्षा सञ्चालन गर्नुभएको थियो । 

करिव ८० जना विद्यार्थीलाई सहभागी गराएर सप्रनाउ पाठकले अहिलेको जाडो याममा असर गर्ने शितलहर र हुस्सु तथा लागुऔषध दुव्र्यसनसम्बन्धी कक्षा चलाउनुभएको थियो । 

सचेतनामुलक कक्षा सञ्चालन गर्दै सप्रनाउ पाठकले शितलहर र हुस्सुबाट जोगिने उपाय साथै लागुऔषधको कुलतले गर्ने हानी नोक्सानी र बेफाइदाबारे विद्यार्थीलाई अनुशिक्षण दिनुभएको थियो ।