मूल्य नपाउँदा सुपारी किसान चिन्तित
उत्पादन घटिरहेको बेला मूल्य समेत घटेपछि मोरङका सुपारी किसान चिन्तित भएका छन् । गत वर्ष प्रतिकिलो ७० रुपियाँका दरले सुपारी बिक्री गरेका किसानले यो वर्ष प्रतिकिलो ५० रुपियाँ मात्र मूल्य पाएका छन् ।
नेपाल–भारत सिमाबाट २०३ जनाको उद्धार
बर्दिया जिल्लाको विभिन्न सिमानाकाबाट आर्थिक वर्ष २०८१/०८२ को फागुन अन्तिमसम्ममा दुई सय तीन जनाको उद्धार गरिएको छ । नेपाल–भारत सिमा क्षेत्रबाट जोखिमपूर्ण यात्रामा रहेका समयमा उनिहरुको उद्धार गरएको हो ।
अनेमसंघ अछाममा नयाँ नेतृत्व
नेकपा (एमाले) को महिला भातृ सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) अछाममा नयाँ नेतृत्व चयन गरिएको छ । सदरमुकाम मंगलसेनमा सम्पन्न नवौं अधिवेशनले भावना केसीको अध्यक्षतामा १५ सदस्यीय सर्वसम्मत नयाँ समिति चयन गरिएको हो ।
‘आर्थिक परिसूचकहरू सकारात्मक’
अर्थतन्त्र चलायमान हुन नसकेको सरोकारवालाको गुनासो कायमै रहेको समयमा अर्थ मन्त्रालयले भने अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेको उल्लेख गरेको छ ।
विवाहको उमेर बहस : मन्त्रीबाट दुई विकल्प प्रस्ताव
विवाहको उमेरबारे पछिल्लो समयमा सरकार र संसदीय समिति दुवैले बहस चलाइरहेका छन् । विवाहका लागि २० वर्ष हुनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको ६ वर्षपछि नै उमेर पुनरवलोकनको बहस चलिरहेको छ ।
पूर्वाधारमा लगानी, पर्यटक न्यून
धनकुटाको धनकुटा नगरपालिका–१ स्थित ओक्मालुङमा एक गुफा छ । नजिकै एक सानो छाँगो छ ।
गोरखापत्रकर्मी राई पुरस्कृत
चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट गोरखापत्रकर्मी गार्डेन राई पुरस्कृत हुनुभएको छ । प्रेस चौतारी नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको अवसरमा गोरखापत्रकर्मी राई आइतबार पुरस्कृत हुनुभएको हो ।
संविधानमार्फत नै जनताका समस्या सम्बोधन हुने नेपाली कांग्रेसकाे विश्वास
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधानमार्फत नै जनताको समस्या, आवश्यकता र महत्वाकांक्षालाई सम्बोधन गर्न सकिने विश्वास व्यक्त गरेको छ ।
बागलुङका ९९ पत्रकारको दुर्घटना बीमा
कार्यस्थलमा खटिने पत्रकार र सञ्चार माध्यमका कर्मचारीको दुर्घटना बीमा गरिएको छ । नेपाल पत्रकार महासंघ बागलुङले क्रियाशील पत्रकार, सञ्चार माध्यममा काम गर्ने सञ्चारकर्मी र कर्मचारी समेतको दुर्घटना बीमा गराएको हो ।
परराष्ट्रमन्त्रीको आग्रहपछि एमसिसी परियोजनाले पायो निरन्तरता
नेपालमा सञ्चालित अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) एसीसी परियोजनालाई अमेरिकाले निरन्तरता दिने भएको छ । त्यससम्बन्धी शनिबार सूचना जारी भएको जानकारी परराष्ट्रमन्त्रीको सचिवालयले दिएको छ ।
संकटमा गणतन्त्र पक्षधर शक्ति एक हुनुपर्छ : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकतन्त्र र गणतन्त्र खतरामा परेको बेला गणतन्त्र पक्षधर शक्ति एक हुनुपर्ने बताउनुभएको छ।
कोशी प्रदेशमा हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन कोशी प्रदेशको हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ ।
सुशासन र सामाजिक न्यायमा राष्ट्रपतिको जोड
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माणमा सरकार तदारूकताका साथ लाग्नु आवश्यक भएको बताउनुभएको छ।
विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले समय परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताउनुभएको छ।
कञ्चनपुर–कमला पश्चिमी खण्डसडक निर्माणकार्य धमाधम
कञ्चनपुर–कमला ८६.८३ किलोमिटर चारलेन सडक निर्माणकार्यअन्तर्गत सप्तरीको कुशहादेखि कमलासम्मको पश्चमी खण्डसडक निर्माणकार्य धमाधम भइरहेको छ ।
‘चुरे संरक्षणमा गम्भीर नबने मधेश सङ्कटमा पर्ने’
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले चुरे जैविक विविधताको भण्डार रहेकाले यसको संरक्षणमा गम्भीर नबने मधेश सङ्कटमा पर्ने बताउनुभएको छ । जनकपुरमा चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले चुरे मधेशको जीवन पद्धतिसँग जोडिएकाले यसको संरक्षणका लागि थप प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो ।
गुल्मीको होल्बाङ होमस्टे : गाउँकै कृषि उपजबाट ६२ परिकार
मदाने गाउँपालिका–२ बाँझकटेरी होल्बाङकी ५१ वर्षीय हुमकला थापा होमस्टे सञ्चालक हो । थापाकोमा सिस्नोको लिटो, मकै र कोदोको ढिडोको परिकार लगभग दैनिक पाक्छ । फर्सी र मुला भैसीले खान्छन् । रुखमा टिमुर पाकेर टिप्ने फुर्सद छैन् । धेरैले गाउँमा एउटै परिकार खान्छन् ।
निगालपानी जिनावाङ कृषि सडक कालोपत्रे हुने
रोल्पाको निगालपानी जिनावाङ कृषि सडक कालोपत्रे हुने भएको छ । संघ र प्रदेश सरकारको सहलगानीमा उक्त सडक कालोपत्रे गर्न लागिएको हो । सडक कालोपत्रेका लागि त्रिवेणी ब्राह्ममायाणी कन्स्ट्रक्सन प्रालि काठमाडौंले भ्याटसहित ४२ करोड ८१ लाख ४१ हजार तीन सय १९ रुपियाँमा निर्माणको जिम्मा लिएको छ ।
कृषि कर्ममा रमाउँदै पदम खत्री
बागलुङ नगरपालिका –९ तित्याङ थापाथरका पदम खत्री कृषि कर्ममा निकै व्यस्त हुनुहुन्छ । खत्रीको दैनिकी बिहान सबेरै उठेर साँझ अबेरसम्म कृषि कर्ममा नै बित्ने गर्छ । समयअनुसार कहिले फलेका तरकारी बिक्रि गर्ने, कहिले तरकारी खेतीमा पलाएका झार गोड्ने त कहिले बजारसम्म पुग्ने गर्नुहुन्छ । उहाँको यही कर्मले नै गाउँमा पौरख पदमको नामले परिचित छन् ।
चौतारीको महाधिवेशन विराटनगरमा हुँदै
प्रेस चौतारी नेपालको १० औँ महाधिवेशन आइतबार (आज) बाट विराटनगरमा सुरु हुँदै छ ।
प्रभावकारी भएन जिससको काम
जिल्ला समन्वय समिति (जिसस) का प्रमुखहरूले जिसस सञ्चालनका लागि कानुन निर्माणको माग गर्दैमा आठ वर्ष बितेको छ । २०७४ मा पहिलो पटक भएको स्थानीय तहको निर्वाचनपछि जिससको संरचना निर्माण भएदेखि नै जिससका पदाधिकारीले जिसस सञ्चालनका लागि छुट्टै कानुन निर्माणको माग गर्दै आएका छन् ।
घर अभिलेखीकरणमा देखिएन उत्साह
ललितपुर महानगरपालिकाले मापदण्डविपरीत बनेका तथा नक्सापास नभएका घर तथा भवनलाई नियमित र अभिलेखीकरण गर्ने अभियान थालेको एक महिनामा जम्मा ६० घरधनीले सो प्रक्रियाका लागि दर्ता गराएका छन् ।
एमसिसी अगाडि बढाउन अनुमति
अमेरिकी सरकार अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ ।
मध्यसहरमा अर्घेलो र भद्दा संरचना
चक्रपथ सडक अन्तर्गत ललितपुरको ग्वार्को चोकमा सवारीसाधन आवतजावत गर्नका लागि सडकबाट ५.५ मिटर अग्लो संरचना निर्माण भइरहेको छ ।