सन्तोष दहित
दाङ , चैत ७ गते । थारु आयोग नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी सुवोधसिंह थारुले पाउनुभएको छ । आयोगका अध्यक्ष विष्णुप्रसाद थारुको कार्यकाल सकिएपछि सुवोधलाई कार्यवाहकको जिम्मेवारी दिइएको आयोगले जनाएको छ ।
विष्णुप्रसाद थारु २०७५ चैत ७ गते आयोगको अध्यक्षमा नियुक्त हुनुभएको थियो । ६ बर्षको कार्यकाल सकिएपछि आयोगको वरिष्ठ सदस्यको हैसियतले सुवोधसिहं थारुलाई कार्यवाहक जिम्मेवारी दिइएको हो ।
कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनुभएका सुवोधसिंहले आज पदभार ग्रहण गर्नुभयो । उहाँ २०७७ साल माघ २१ गते आयोगको सदस्यमा नियुक्त हुनु भएकोथियो । आयोगको अर्को अध्यक्ष नियुक्त नहुँदासम्म आफूलाई कार्यवाहकको जिम्मेवारी दिइएको उहाँले बताउनुभयो । आयोगको कार्यवाहकको जिम्मेवारी पाउनुभएको सुवोधसिंह बाँके निवासी हुनुहन्छ ।