काठमाडौं, चैत १२ गते। बालुवाटारमा सत्तापक्षीय दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा बैठकमा सत्ता पक्षका शीर्ष नेता सहभागी हुनुहुन्छ।
कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री रमेश लेखकसँगै सत्तामा सहभागी दलका शीर्ष नेता बैठकमा सहभागी हुनुभएको हो।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत नेता सहभागी हुनुहुन्छ।