सञ्चार माध्यमलाई सेवामूलक उद्योगको मान्यता दिइने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र संवर्धन गर्ने नीति सरकारले लिएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सञ्चार उद्योगको संस्थागत विकासलाई ध्यानमा राखेर एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पहल भइरहेको बताउनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमकाे पुनर्संरचना गरिँदै
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई आउँदो आर्थिक वर्षदेखि पुनर्संरचना गरी कार्यान्वयनमा ल्याउने तयारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त कार्यक्रमको निर्देशिका संशोधन गरेर आउँदो आर्थिक वर्षदेखि पुनर्संरचना गर्ने तयारी गरेको हो । श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले विगत पाँच वर्षदेखि सञ्चालित कार्यक्रमको कार्यान्वयन प्रभावकारी नभएको भनेर चौतर्फी आलोचना भएपछि आगामी वर्षदेखि यसको ढाँचा परिवर्तन गरेर सञ्चालन गर्ने गरी निर्देशिका संशोधन गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने निर्देशिकाको मस्यौदा अर्थ मन्त्रालयबाट स्वीकृति भएर आउने चरणमा रहेकाले छिट्टै कार्यान्वयनमा आउने उहाँको भनाइ छ ।
आजदेखि सुरु हुँदै तार व्यवस्थापन
आजदेखि राजधानीका विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गरिने भएको छ । काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आइतबार भएको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको हो । सोमबारदेखि राजधानीको न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति भएको प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रले जानकारी दिनुभयो ।
गोरखापत्र प्रकाशन शैली लागु
गोरखापत्र संस्थानले संस्थानका नेपाली प्रकाशनहरूमा लागु हुने गरी गोरखापत्र प्रकाशन शैली प्रयोगमा ल्याएको छ । संस्थानका प्रकाशनहरूका समाचार सामग्री भाषिक तथा अन्य विविध पक्षमा एकरूपता कायम गर्दै अझ स्तरीय बनाउन गोरखापत्रका यसअघिका शैली पुस्तिका, नेपाल प्रज्ञा–प्रतिष्ठानको पछिल्लो शब्दकोश तथा अन्य समाचार संस्थाका शैली पुस्तिकाहरूलाई आधार बनाएर गोरखापत्र प्रकाशन शैली प्रकाशनमा आएको हो । गोरखापत्र दैनिकको १२३ औँ तथा गोरखापत्र संस्थानको ६१ औँ वर्ष प्रवेशका अवसरमा आइतबार आयोजित विशेष समारोहमा प्रकाशन शैलीको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विमोचन गर्नुभयो ।
बजेटका सिद्धान्त र प्राथमिकता पेस
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता संसद्मा पेस गर्नुभएको छ । बजेट अधिवेशन प्रारम्भ भएकै दिन सरकारका तर्फबाट मन्त्री महतले कर प्रस्तावबाहेकको सिद्धान्त र प्राथमिकता पेस गर्नुभएको हो । प्रस्तावमा सोमबारदेखि तीन दिनको छलफलको समय तोकिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाण जुटाउँदै प्रहरी
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट थप सात दिनको अनुमति दिएको छ ।
जहाँ मलामीमा शङ्ख बजाइँदैन
बनेपा नगरपालिका–३, नालामा मानिसको मृत्यु भएपछि शङ्ख बजाउँदै घाट लिएर जाने चलन हटेको पाँच सय वर्ष भइसकेको छ । शङ्ख नबजाउने मात्रै होइन, मलामीले अघि अघि छर्दै हिँड्ने लाजा र पैसा (टिलो)समेत बाटोमा छरिँदैन । स्थानीय हुमनाथ बजगाईंले विसं १५८५ मा तत्कालीन राजा त्रैलोक्य मल्लले कुश बिर्ता दिएको सो गाउँमा मानिसको मृत्यु भएपछि शङ्ख बजाउन नहुने विश्वासकै कारण स्थानीयको मृत्युपछि शङ्ख नबजाउने गरेको जानकारी दिनुभयो ।
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका वाड ४ रातामाटामा बारी जोत्ने क्रममा ट्याक्टर पल्टदा सोही स्थानका चालक मानबहादुर नेपाली (राजु) को मृत्यु भएको हो ।
सर्लाहीमा आगलागीबाट तीन घर जलेर नष्ट
सर्लाहीको बरहथवा र धनकौलमा आइतबार दिउँसो भएको आगलागीबाट तीन घर र एउटा गोठ जलेर नष्ट भएको छ । आगलागीबाट बरहथवा नगरपालिका –११, हीरापुरमा धर्मेन्द्र पासवान र होरिल हजारीको फूसले छाएका दुईवटा घर पूर्णरुपमा जलेको वडाध्यक्ष नवराज राईले जानकारी दिनुभयो ।
सूर्तीजन्य प्रदार्थको सेवन नगर्न अभिभावकलाई सरकारको आग्रह
सरकारले अभिभावकलाई सुर्तीजन्य प्रदार्थको सेवन त्याग्न आग्रह गरेको छ ।
सबैभन्दा विश्वसनीय पत्रिका गोरखापत्र नै हो : प्रधानमन्त्री प्रचण्ड
गोरखापत्र प्रवेशको १२३ औं वर्ष तथा गोरखापत्र संस्थानको ६१ औं वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । वि.सं. १९५८ वैशाख २४ गते पहिलो प्रकाशन गरेको गोरखापत्रले आज वार्षिकोत्सवको अवसरमा सो कार्यक्रम आयोजना गरेको हो ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (आइतबार) दोहोरो अङ्कले घटेको छ । साताको पहिलो दिनको कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूचक १९ दशमलव १२ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५० दशमलव ६१ मा सीमित भएको छ ।
ज्येष्ठ र अपाङ्गता भएका पत्रकारका लागि जीवन निर्वाह भत्ताको व्यवस्था हुँदैछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
जनतालाई आशावादी बनाउने समाचारलाई प्राथमिकता दिन सञ्चारमन्त्री शर्माको आग्रह (भिडियो)
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नकारात्मक भावनाबाट गुज्रिरहेको समाजलाई सकारात्मकतातर्फ लैजान सञ्चारमाध्यमहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ ।
गोरखापत्र नेपाल र नेपालीको गौरव : प्रधानमन्त्री प्रचण्ड (भिडियो)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखापत्रलाई आफ्नो प्रकाशनका सामग्रीको गुणस्तरीयता र विविधतामा ध्यान दिन जोड दिनुभएको छ ।
तस्बिर छाप्नै सात घण्टा !
गोरखापत्र संस्थानमा प्रेस फोटोग्राफरका रूपमा २०३० सालदेखि मैले सेवा सुरु गरेको थिएँ । त्यतिबेला गोविन्द प्रधान महाप्रबन्धक, गोपालप्रसाद भट्टराई गोरखापत्र दैनिकका प्रधान सम्पादक र वरुणशमशेर राणा राइजिङ नेपालको प्रधान सम्पादक हुनुहुन्थ्यो । गोरखापत्र संस्थानका प्रकाशनहरूमा तस्बिर छापिने कार्य त्यति
जनताको युगीन आवाज
प्रसिद्ध सञ्चार उद्यमी एवं प्रकाशक क्याथरिन ग्राहमको भनाइ छ, “समाचार त्यो हो, जुन कुरा कोही कसैले दबाउन चाहन्छ। अरू सबै विज्ञापन हो। लक्ष्य निर्धारण गर्नु निकै चुनौतीपूर्ण कुरा हो तर हामी के छाप्छौँ र के छाप्दैनौँ भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ।” झन्डै चार दशक लामो पत्रकारिताको अनुभवलाई अहिले ९५औँ वर्षको जीवनयात्रामा मिहिन ढङ्गले समीक्षा गर्दै नवीन आयाम थप्न अबको पुस्तालाई प्रेरणा मिलोस् भन्ने कामना गरिरहेको छु। ग्राहमको भनाइजस्तै पत्रकारितालाई कुन रूपमा प्रस्तुत गर्ने भन्ने विषय अहिलेको मुख्य चुनौती हो। सँगसँगै यसले महान् अवसर पनि सिर्जना गर्न सक्छ।
समाचारको बदला टाउकोमा गोली
डडेलधुरामा जन्मेको भए पनि मेरो परिवार २०२१ सालमा कञ्चनपुर बसाइँ स¥यो। मैले त्यही साल एसएलसी (अहिले एसईई) परीक्षा पनि डडेलधुराबाट नै उत्तीर्ण गरेँ। डडेलधुरामा एसएलसीको परीक्षा केन्द्र स्थापना भएको पनि त्यो पहिलो वर्ष थियो। म नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाभन्दा दुई वर्ष तल्लो कक्षा
भर्चुअल दुनियाँमा गोरखापत्र
दूरसञ्चार सेवा विस्तारले इन्टरनेट र स्मार्टफोनको पहुँच बढ्दा अनलाइनमा आधारित सामग्रीको प्रयोग व्यापक बनेको छ । सूचना, मनोरञ्जन, शिक्षा र कार्यालयको काममा समेत मोबाइल सेवाको प्रयोग अहिले सामान्य लाग्छ । खासगरी सूचना ग्रहणको परम्परागत शैलीलाई मोबाइलले अकल्पनीय परिवर्तन गराइदिएको छ ।
पण्डित अर्थात् सम्पादक
पण्डित नरदेव पाँडेले श्री ३ महाराजा देवशमशेरबाट विसं १९५८ मा गोर्खापत्र प्रकाशनको जिम्मेवारी पाउनुभयो । उहाँको व्यवस्थापनमा पशुपत छापाखानाबाट प्रकाशन भएको गोर्खापत्रको पहिलो अङ्कमा नै ‘एडिटर्को राय’ छापियो तर राय लेख्ने ‘एडिटर’ को थियो भन्ने खुल्दैन । गोर्खापत्रका पहिलो सम्पादकको खोजी गर्ने जो कोहीले यतिसम्म लेख्छ, भन्छ तर सम्पादक र ‘एडिटर’ को सम्बन्ध खोजेर त्यसको लेखाजोखा भएको देखिँदैन । त्यो ‘एडिटर्को राय’ अहिलेको जस्तो पत्रकारितामा प्रयोग हुने सम्पादकीय
त्यो बेलाको समाचार सङ्कलन
धेरैलाई पत्यार नलाग्न सक्छ, मुलुकको जेठो अखबारमा आजभन्दा ३५ वर्षअघिसम्म आफ्नै समाचारदाताबाट समाचार सङ्कलन गर्ने चलन नै थिएन तर यो यथार्थ हो । त्यतिबेला गोरखापत्रका सम्पादकहरूले कहिलेकाहीँ समाचार बनाउँथे तर कार्यालयमै आएका विभिन्न मन्त्रालय, विभाग, संस्थानलगायत विभिन्न सङ्घसंस्थाबाट प्राप्त भएका विज्ञप्तिमा आधारित रहेर । त्यसैले होला, त्यस्ता समाचारमा कार्यालय प्रतिनिधि भनेर लेखिएको हुन्थ्यो । कहिलेकाहीँ राजाको सवारीमा, मन्त्री तथा प्रधानमन्त्रीको टोलीमा समावेश भएर स्वदेश वा विदेश भ्रमणमा जाने अवसर मिलेका बेला भने सँगै गएका सम्पादकहरूले हाम्रा प्रतिनिधि, विशेष प्रतिनिधि भनेर केहीमा समाचार लेख्नेको नाम (बाइलाइनमा)समेत भएका समाचार छापिन्थे ।
अँध्यारोमा एउटा दियो
प्रस्तुत कविता आजभन्दा १२२ वर्ष पहिले अर्थात् वि.सं. १९५८ वैशाख २४ गते प्रकाशित साप्ताहिक ‘गोर्खापत्र’ (गोप) को पहिलो अङ्कमा रहेको कविता हो । देशकै पहिलो समाचारपत्रका रूपमा गोप प्रकाशित गर्नुको उद्देश्य र औचित्य यस आठ पङ्क्तिको कवितात्मक रचनामा स्पष्ट गरिएको छ तर यसका रचनाकारको नाम उल्लेख छैन । यद्यपि गोरखापत्र (गोर्खापत्र) प्रकाशन गर्ने ऐतिहासिक जिम्मेवारी पाउनु भएका, त्यसअघि नै (वि.सं. १९५५ मा) स्वदेशबाट पहिलो पत्रिका ‘सुधासागर’ प्रकाशित गरी साहित्यिक पत्रकारिताको अनुभव प्राप्त गरिसक्नुभएका र ‘युवक कवि’ मोतीराम भट्टको निकट सङ्गतमा रहनुभएका नरदेव पाँडेले नै यसरी कवितात्मक शैलीमा गोरखापत्रको परिचय दिएको हुनुपर्छ भनी सहजै अनुमान गर्न सकिन्छ । पत्रकारिताका विद्वान् रामराज पौड्यालले आफ्नो पुस्तक ‘पत्रकारिता’ मा गोरखापत्रबारे
मेरो प्रथम सरस्वती
सानैछँदाको कुरो हो, पश्चिमपट्टि बागमती र पूर्वतर्फ मनमती (मनोहरा) तर्न पुल थिएन । पुल नभएपछि वर्षायाममा वारपार गर्न कठिनाइ हुन्थ्यो । त्यो बेलाको कोटेश्वर (हाल : काठमाडौँ महानगरपालिका वडा नम्बर ३२) राजधानीभित्रको अत्यन्त दुर्गम इलाका थियो । जन्म कोटेश्वरमा भए पनि कान्छी छोरी होमकुमारी (मिश्री नानी) को एक मात्र सन्तान भएका कारण मायाममता देखाइ बिहान दहीभात र बेलुका दूधढिंडो वा मोहीढिंडो राम्ररी खुवाउने वाचासहित मेरी हजुरआमा भुवनकुमारी अर्यालले मलाई कौशलटारस्थित
गोरखापत्र प्रकाशन सनदसम्बन्धी मिथ्या कथन
देशको जेठो र जीवित अखबार ‘गोर्खापत्र’ (गोरखापत्र) सँग गाँसिएका यी तीन यस्ता कथन हुन्, जुन पत्रकारितासँग सम्बन्धित पुस्तक तथा लेखहरूमा बेलाबखत प्रयोग हुने गरेको पाइन्छ । यीमध्ये गोरखापत्र प्रकाशनको प्रारम्भसम्बन्धी मिथ्या कथनको निप्टारा भइसकेको छ । प्रयोगमा भने यदाकदा गल्ती पनि हुने गरेकै पाइन्छ । ‘गोर्खापत्र’ को पहिलो अङ्कको ‘मास्ट