बस्नेत र सापकोटालाई उत्कृष्ट कर्मचारी पुरस्कार
गोरखापत्र संस्थान कर्मचारी सङ्घ ४७ द्वारा स्थापित ‘गोरखापत्र संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार’ कार्यालय सहयोगी पदमबहादुर बस्नेत र प्रेसम्यान केशवप्रसाद सापकोटालाई प्रदान गरिने भएको छ ।
आवेदकमध्ये दस प्रतिशतलाई रोजगारी
सरकारको न्यूनतम रोजगारी दिने प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएकामध्ये १० प्रतिशतले मात्रै रोजगारी पाउने गरी बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा उक्त कार्यक्रममा बेरोजगारी भनेर आवेदन दिनेको सङ्ख्या आठ लाख ४१ हजार ३७९ जना रहेकामा चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि छुट्याइएको बजेटले ८६ हजारलाई न्यूनतम एक सय दिनको रोजगारी दिन सकिने भएको हो ।
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा दिन पाइने
कक्षा १२ को परीक्षामा ‘नन ग्रेडेड’ प्राप्त गरेका विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाइने व्यवस्था गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको प्रस्तावमा बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीस्तरीयबाट लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गर्ने निर्णय भएको हो । बोर्डका सदस्य सचिव दुर्गा अर्यालले दुई विषयभन्दा बढी जतिसुकै विषयमा ‘नन ग्रेडेड’ प्राप्त गरेकाले जे जति विषयमा त्यस्तो ग्रेड प्राप्त गरेका छन्, ती सबै विषयमा ग्रेड वृद्धिको परीक्षामा सम्मिलित हुन पाउने जानकारी दिनुभयो । ३५ प्रतिशतभन्दा कम प्राप्त गर्नेले ‘नन ग्रेडेड’मा वर्गीकृत हुने व्यवस्था छ ।
अर्थ र कानुनमा अड्कियो निजामती विधेयक
सङ्घीय निजामती सेवा विधेयकको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पुगेर अड्किएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत चैत १० गते रायका लागि कानुन र अर्थ मन्त्रालयमा विधेयकको मस्यौदा पठाए पनि अहिलेसम्म फिर्ता आएको छैन ।
पूर्वमन्त्री रायमाझी फरार
नक्कली भुटानी शरणार्थी बनाई नेपाली युवालाई अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन हुनुभएको छ। प्रनिनिधि सभाका सभामुख देवराज घिमिरेसँगै बुधबार अर्घाखाँचीमा आयोजना गरिएको एक कार्यक्रममा अतिथिका रूपमा उपस्थित हुनुभएका रायमाझी काठमाडौँ आउने क्रममा बुटवलबाट सम्पर्कविहीन हुनुभएको हो।
रातो मच्छिन्द्रनाथलाई क्रेनको टेको
सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई ढल्न नदिन क्रेनले अड्याउनुपरेको छ। निर्माण समयदेखि नै रथ बाङ्गो भएकाले जात्रा खर्च पनि बढेको छ। निर्माण कार्यमा प्रत्यक्ष संलग्न हुनेहरू रथ बाङ्गो निर्माण हुनुमा आफूहरूको दोष नरहेको तर्क गर्छन्। यता व्यवस्थापन हेर्ने निकायका पदाधिकारी भने आफूहरू अन्योलमा रहेको बताउँछन्।
पक्राउ पुर्जी जारीले निलम्बनमा पर्दैनन् सांसद
नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा अदालतले बहालवाला सांसदलाई नै अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएसँगै उहाँको पदीय अवस्थाबारे पुनः बहस सुरु भएको छ। पक्राउ परेमा सांसद पद निलम्बन हुन्छ वा हुन्न ? निलम्बन भएमा पद रिक्त हुने कि नहुने र पुनः निर्वाचन हुने वा नहुनेबारे विभिन्न बहस भइरहेका छन्।
पृथ्वी राजमार्गका पुल जोखिममा
पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केस्थित गणेशखोला पुलको मुख (सडक र पुल जोडिएको ठाउँ)मा सोमबार जमिन भासियो। भासिएको ठाउँमा ग्याबिन जाली लगाएर १८ घण्टापछि मङ्गलबार दिउँसोदेखि एकतर्फी रूपमा यातायात सञ्चालन गरियो। बुधबार फेरि सो पुलको बीच (स्ल्याब)मा नै भ्वाङ परेर यातायात अवरुद्ध भयो।
सुडानमा रहेका १३ नेपाली आइपुगे
सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपाली नागरिकको सकुशल उद्धार तथा घर फिर्तीका लागि कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका १३ जना नेपाल आइपुगेका हुन्।
मोतीपूर औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापनाको पहल
रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापनाको पहल थालिएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र प्रहरी महानीरिक्षक वसन्तबहादुर कुँवरबीचमा भएको भेटवार्तामा यो बिषयले प्रवेश पाएको हो ।
नेपालगञ्जमा एकीकृत जाँच चौकीको निर्माण हुँदै
नेपालगञ्जको जमूनाह नाकामा निर्माणाधिन एकीकृत जाँच चौकीको काम तिव्ररुपमा अघि बढेको छ । सङ्घीय आयोजना कार्यान्वयन एकाई नेपालगञ्जका निमित्त प्रमुख विजयकेशर खनालले एकीकृत जाँचचौकीको करिब ८९ प्रतिशत निर्माण कार्य पूरा भएको जानकारी प्राप्त भएको जानकारी दिनुभयो ।
परिचयपत्रको आधारमा किसानलाई सेवा
झापाको दमक नगरपालिकाले नक्कली किसान बनेर अनुदान लिने र अनुदान लिएपछि बेखबर बन्ने कार्यलाई निरुत्साहित गर्ने जनाएको छ ।
अवैध सामानसहित भारतीय ट्रक प्रहरी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले लाखौँ रुपियाँ मूल्यको अवैध सामानसहित एक चालकलाई ट्रकसहित पक्राउ गरेको छ ।
समाजमा अपराधको मोडल फेरिँदै गएको छ : प्रहरी महानिरीक्षक कुँवर
नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले समाज विकाससँगै अपराधको मोडल पनि फेरिँदै गएको बताउनुभएको छ । उहाँले प्रविधिको प्रयोगबाट गरिने अपराध आजको मुख्य चुनौती रहेको बताउनुभयो ।
खेल क्षेत्रको अभावलाई समाधान गर्ने काम गर्छु : खेलकुद मन्त्री लिम्बु
नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलाडी र पदाधिकारीले खेल क्षेत्रमा महसुस गरेका अभावलाई समाधान गर्नेगरी काम गर्ने बताउनुभएको छ।
न्याय चुस्त बनाउने मेरो पहिलो प्राथमिकता : मन्त्री गुरुङ
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
नवनियुक्त मन्त्रीले लिनुभयो शपथ
बिहीबार दिउँसो राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।
सरकारले व्यवसायीको समस्या समाधान गर्न भूमिका निर्वाह गर्नुपर्छ : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकारले उद्योगी, व्यवसायीहरूको समस्या समाधान गर्न अभिभावकीय भूमिका निर्वाह गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।
महिलालाई विज्ञापनको साधन बनाइनु गलत हो : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाउन नहुने बताउनुभएको छ ।
यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने
यस वर्षको मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ ।
कावासोतीमा बन्न लागेको नमुना सदरमुकामको काम अलपत्र
नयाँ जिल्लाका रूपमा निर्माण हुन लागेको नवलपरासी पूर्वको कावासोतीमा बन्न लागेको नमुना सदरमुकामको शिलान्यास भएको चार वर्ष पुगे पनि काम सुरु हुन सकेको छैन ।
नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ ।
देवचुलीको कुमसोतले पर्यटक लोभ्याउँदै
कुनैबेला विकट मानिएको देवचुलीस्थित कुमसोत क्षेत्र अहिले धेरैको गन्तव्य बनेको छ । देवचुली नगरपालिकाको दुर्गम गाउँ भनेर चिनिने सो ठाउँ सडक, विद्युत विस्तारसँगै आन्तरिक तथा बाह्रय पर्यटकको घुम्ने स्थान भएको छ ।
संस्थानमा रक्तदान सुरु : रक्तदान, जीवन दान
नेपाली छापा पत्रकारिताको गौरवमय इतिहास बोकेको गोरखापत्र प्रकाशनको १२३ वर्ष प्रवेशको अवसरमा आज (बिहीबार) गोरखापत्र संस्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।