संरचना निर्माणमा रोक
भक्तपुर दरबार स्मारक संरक्षण तथा हेरचाह कार्यालयले भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलस्थित झौखेल धारा क्षेत्रमा रहेको पुरातात्त्विक सम्पदा परिसरमा निर्माण गरिएको भौतिक संरचना रोक्न चाँगुनारायण नगरपालिकालाई पत्राचार गरेको छ । बुधबार कार्यालयले चाँगुनारायण नगरपालिकालाई पत्राचार गरिएको भक्तपुर दरबार स्मारक संरक्षण तथा हेरचाह कार्यालयले जनाएको छ । झौखेल धारा क्षेत्रमा चैत्य, ढुङ्गेधारा र नजिकै पोखरी पनि रहेकाले नगरपालिकाको विनियोजित रकमबाट सो क्षेत्रमा संरचना बनिरहेकाले तत्काल रोक्का गरी प्राचीन पोखरीकै रूपमा कायम गर्ने व्यवस्था मिलाउन पत्राचार गरिएको हो ।
मधेशको अधिकारका लागि सकारात्मक छु : प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सधैँ मधेश र मधेशी जनताको हक–हित र अधिकारका लागि सकारात्मक रहँदै आएको बताउनुभएको छ। उहाँले भन्नुभयो, “मैले मधेशको जनता र त्यहाँका राजनीतिक दलहरूको विश्वास जित्नका निम्ति संविधान संशोधनका लागि सदनमा दुई–दुई पटक प्रस्ताव दर्ता गराएँ ताकि त्यहाँको जनता, राजनीतिक र बुद्विजीवीलाई यो भरोसा होस् कि मधेशी जनताको आवाज र भावनाप्रति प्रचण्ड संवेदनशील छ।’’
नक्कली भुटानी शरणार्थी प्रकरण : डायरीले खोल्यो रहस्य
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा उच्चपदस्थ अधिकारी कसरी पक्राउ परे भन्नेबारे विभिन्न अनुमान गरिएको छ । सत्ता र शक्तिको भरपुर उपयोग गरेका व्यक्तिहरू अनुसन्धानमा तानिएको र पक्राउ परेको रहस्य एक डायरीसँग जोडिएको छ ।
बजेट अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २४ गतेका लागि आह्वान गर्नुभएको छ । संसद्को हिउँदे अधिवेशन गत वैशाख १५ शुक्रबार मध्यरातिदेखि अन्त्य भएको थियो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गर्नुभएको हो । सरकारले बजेट अधिवेशन आह्वानका लागि बुधबार राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
मिटरब्याज कसुरमा सात वर्ष कैद प्रस्ताव
मिटरब्याजपीडितसँग भएको सम्झौताअनुसार कारोबारलाई कसुर परिभाषित गर्नेगरी अध्यादेश जारी भएको छ। मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गर्नुभएको हो। अध्यादेशले मिटरब्याजलाई अनुचित लेनदेनमा परिभाषित गरेको छ। जाँचबुझ आयोगले काम सुरु गरेसँगै सरकारले अध्यादेश सिफारिस गरेको थियो। सिफारिसलगत्तै अध्यादेश जारी भएको हो।
सरकारपिच्छे योजना : सुकुम्बासी बागमती किनारमै
काठमाडौँ महानगरपालिका–११, थापाथलीको सुकुम्बासी बस्ती स्थानान्तरणका लागि नागार्जुन नगरपालिका–१, रानीवनमा अपार्टमेन्ट निर्माण गरिएको नौ वर्ष भयो । सहरी विकास मन्त्रालयका अनुसार करिब १२ करोड रुपियाँको लागतमा सहरी विकास तथा भवन निर्माण विभागले बनाएको भवन २०७७ माघ १३ गतेदेखि मानव सेवा आश्रमलाई प्रयोग गर्न दिएको छ ।
गोरखापत्रको डिजिटल अर्काइभिङ ऐतिहासिक काम : सचिव राउत
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले गोरखापत्र संस्थानले गरिरहेको डिजिटल अर्काइभिङको कामले भावी पुस्तासम्मलाई हुनेगरी ऐतिहासिक काम भइरहेको बताउनुभएको छ ।
आर्थिक संकट सुधारको बाटोमा गएको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र संकटबाट क्रमशः सुधारको बाटोमा गएको बताउनुभएको छ।
घुस लिएको अभियोगमा गोकर्णेश्वरबाट तीनजना पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा गोकर्णेश्वरबाट तीनजनालाई आज पक्राउ गरेको छ ।
तीन मन्त्री नियुक्त : कांग्रेस उपसभापति गुरुङलाई कानुन मन्त्रालयको जिम्मेवारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार तीन जना नयाँ मन्त्री नियुक्त गर्नुभएको हो।
बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक
सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाउनु भएको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्छ।
दार्चुलाको हिमपहिरोमा पुरिएकामध्ये एक शवको पहिचान
दार्चुलाको व्यास गाउँपालिका –१ को भोलुम डाँडामा मंगलबार गएको हिमपहिरोमा परेर बेपत्तामध्ये मृतक एक जनाको पहिचान भएको छ ।
एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा मगर
नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलको उपनेतामा रामबहादुर राना मगर मनोनीत हुनुभएको छ । एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार राना मगरलाई दलको उपनेता मनोनीत गर्नुभएको हो ।
बुद्धजयन्ती तथा लुम्बिनी दिवसको तयारी पूरा
२५६७ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८० को तयारी पूरा भएको छ । मूल समारोहको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाख २२ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
महिला हिंसाबाट कर्णालीवासी अझै पीडित
राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेलले महिला हिंसा वा सामाजिक कुरीतिबाट कर्णालीवासी अहिले पनि ग्रसित रहेको बताउनुभएको छ ।
अनियन्त्रित ट्रक घरमा ठोक्किँदा तीनको मृत्यु, पाँच घाइते
पृथ्वीराजमार्ग अन्तर्गत पर्ने तनहुँको बन्दिपुर गाउँपालिका –५ आँधीखोला, याम्पामा ट्रक अनियन्त्रित भएर दुई घरमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
बलात्कार गरेको आरोपमा एक पक्राउ
कञ्चनपुरमा किशोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको जनाएको छ ।
उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको अभियोगमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्।
हिमपहिरोमा पुरिएका दुई महिलासहित तीनको शव फेला
दार्चुलाको व्यास गाउँपालिका –१ मा आज हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ ।
गणेशखोला पुलमा फेरि भ्वाङ, सवारी आवागमन बन्द
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि हिजो (मङ्गलबार) दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज दिउँसो १२ बजेदेखि फेरि बन्द भएको हो ।
२४ गते संसद् अधिवेशन, खेलाडीलाई जनही ६ लाख
सरकारले वैशाख २४ गतेका लागि संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट सो निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्रीको सचिवालयले जनाएको छ ।
स्वच्छ र स्वतन्त्र पत्रकारिता लोकतन्त्रको सुन्दर पक्ष : सञ्चार मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वच्छ र स्वतन्त्र पत्रकारिता लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभएको छ ।
विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण
काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं. ६, पैंयाटारस्थित सनफ्लावर एकेडेमीको पहलमा विशेषज्ञसहितको चिकित्सक टोलीले निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।
जयपृथ्वीबहादुर सिंह उत्कृष्ट सेवा पुरस्कार घोषणा
गोरखापत्र संस्थान कर्मचारी सङ्घ, २०५२ ले संस्थानमा कार्यरत पत्रकार एवं कर्मचारी गरी छ जनालाई जयपृथ्वीबहादुर सिंह उत्कृष्ट सेवा पुरस्कार प्रदान गर्ने भएको छ। सङ्घको मङ्गलबार बसेको बैठकले पुरस्कार छनोट उपसमितिको सिफारिसका आधारमा छ जनालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।