जथाभाबी विज्ञापन गर्न प्रतिबन्ध
काठमाडौँ महानगरपालिकाभित्र बाह्य विज्ञापन गर्न नपाइने भएको छ। शुक्रबार सार्वजनिक भएको ‘काठमाडौँ महानगरपालिका बाह्य विज्ञापन नियमन निर्देशिका’मा महानगरपालिकामा विद्युत् र टेलिफोनको खम्बा, सडकपेटी र सार्वजनिक प्रयोगका संरचनामा विज्ञापन गर्न नपाइने व्यवस्था गरिएको छ।
प्रविधि दिवस मनाइँदै
नेपाल सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आईसीटी डे’ वैशाख १९ गते मनाउने भएको छ। यस वर्ष ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ नारासहित सरकारले ‘आईसीटी डे’ वैशाख १७, १८ र १९ गते तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने सञ्चार तथा प्रविधि मन्त्रालयको साइबर सुरक्षा शाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
पश्चिम नेपालमा ठूलो भूकम्प जाने पूर्वानुमान
पश्चिम नेपालमा निरन्तरको भूकम्पले जनजीवन प्रभावित बन्न थालेको छ। डोटी, बाजुरा, अछाम, बझाङ, लमजुङलगायतका क्षेत्रमा भूकम्प दोहोरिन थालेका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखादेखि भारतको देहरादुनसम्मको भूभागमुनि थुप्रिएको भूकम्पको ठूलो शक्ति एकीकृत भएर बसेको छ। यस्तो अवस्थामा सानादेखि मध्यमस्तरका भूकम्पको धक्का जाने क्रम जारी रहन्छ। तर पटकपटकको धक्काले सञ्चित रहेको भूकम्पको शक्ति कम हुँदैन।
नीरा हत्या घटना : अनुसन्धान साँघुरो बनाउँदै प्रहरी
नीरा पाण्डे आचार्य हत्या घटना अनुसन्धानलाई प्रहरीले साँघुरो बनाउँदै लगेको जनाएको छ। काठमाडौँको कपनमा रहेको नीरू किचेनकी सञ्चालक आचार्यको पसलभित्र प्रवेश गरेर धारिलो हतियार प्रहार गरी वैशाख ७ गते बिहीबार हत्या भएको थियो। सो हत्या घटनाको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख किरण बज्राचार्यको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ। समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी, सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य, प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी, प्रहरी वृत्त बौद्धका प्रमुख हरि बस्नेतलगायत रहनुभएको छ।
एमाले धनी, कांग्रेस घाटामा
राजनीतिक दलहरूले निर्वाचन आयोगमा आम्दानी र खर्चको विवरण प्रस्तुत गरेका छन् । प्रस्तुत गरेको विवरणअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) सबैभन्दा धनी दल रहेको छ । दोस्रो धनी दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी देखिएको छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने घाटामा चलेको छ ।
बाघलाई छोराछोरीजस्तै मान्ने ‘बाघ बा’
पैँतालीस वर्ष मात्र पार गर्दै गर्नुभएका आइतराम बोटेको जिउडाल, कपडा लवाइ, खवाइ हेर्दा लाग्छ उहाँ साठी कटिसकेको हुनुपर्छ । झुस्स दारी, पातलो शरीर, मसिनो बोलीका उहाँको नियमित काम हो जङ्गली जनावर, त्यसमा बाघको नियमित स्याहार सुसार गर्ने । यही कामले उहाँलाई धेरैले ‘बाघ बा’ भनेर चिन्छन् ।
सेनाको अगुवाइमा निःशुल्क स्वास्थ्य शिविर
नेपाली सेनाको वीरदल गण रौतहटको अगुवाईमा शनिबार आयोजित स्वास्थ्य शिविरमा आठ सयभन्दा बढी बिरामीले उपचार गराएका छन् । रौतहटको चन्द्रपुर नगरपालिका –८ मा रहेको शिवशक्ति आधारभूत आवासीय विद्यालय मोतिपुरमा सञ्चालित स्वास्थ्य शिविरमा विरामीले निःशुल्क उपचार पाएका हुन् ।
कालीगण्डकी नदीमा एक युवा बेपत्ता
पौडी खेल्नेक्रममा एक जना युवा नदीमा बेपत्ता भएका छन् । जिल्लाको रामपुर–४, कोप्चेघाँटस्थित कालीगण्डकी नदीमा पौडी खेल्नेक्रममा भारत घरभई हाल रामपुर –५, बेझाडस्थित एडइक्ट ट्याटु हाउसमा काम गर्ने २१ वर्षका अभिषेक राउत बेपत्ता भएको प्रहरीले जनाएको छ ।
सरकारको कामलाई नकारात्मक प्रचार नगरौँ : मन्त्री शर्मा
नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारका सकारात्मक कामलाई नकारात्मक रूपमा प्रचार नगर्न आग्रह गर्नुभएको छ ।
काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा
स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेशस्तरीय डोरीतान सङ्घको अध्यक्षमा अधिकारी
लुम्बिनी प्रदेश डोरीतान सङ्घको भेलाले युवराज अधिकारीको अध्यक्षतामा समिति गठन गरेको छ । शनिबार कपिलवस्तुको बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा सम्पन्न भेलाले ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
परिवर्तनमा प्रेसको भूमिका अग्रणी : अध्यक्ष पोखरेल
नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले मुलुकको परिवर्तनका लागि नेपाली पत्रकारिता जगतले अग्रणी भूमिका खेलेको बताउनुभएको छ ।
‘एमाले सरकारबाट बाहिरिएसँगै देश ओरालो लाग्दैछ’
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आर्थिक रूपले देश ओरालो लागिरहेको बताउनुभएको छ । एमाले सरकारबाट बाहिरिएपछिको दुई वर्षमा देश आर्थिक रूपले अधोगतितर्फ उन्मुख रहेको उहाँको भनाइ छ ।
विकासका लागि दलीय स्वार्थभन्दा माथि उठौँ : मन्त्री साउद
नेपाल सरकारका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी) ले देशको विकासका लागि सबै नेताहरू दलीय स्वार्थभन्दा माथि उठ्न आवश्यक रहेको बताउनुभएको छ ।
जुम्लामा स्याउ बगैँचा फुलेर सेताम्मे
हाँका स्याउ बगैँचा फुलेर सेताम्मे भएका छन् । यो याममा जुम्ली किसानले लगाएका स्याउ बगैँचा फुलेर सेताम्मे बनेका छन् । यहाँका आठवटै स्थानीय तहका किसान स्याउ खेतीमा निर्भर छन् ।
वालकुमारी वन क्षेत्रको सरसफाइ
ललितपुर महानगरपालिका –१८ सैबु भन्ज्याङस्थित वालकुमारी सामुदायिक वन उपभोक्ता समूहले सल्ला वनक्षेत्रको शनिबार सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।
‘मन्दिर परिसर ३० वर्ष यताकै सफा बनेको छ’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले फागुन २७ गतेदेखि सुरु गरेको पशुपति क्षेत्र सरसफाइ अभियान ८ औँ हप्तामा पुगेको छ । मन्त्री सुदन किरातीसहित पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलगायत विभिन्न अभियानकर्ता शनिबार सरसफाइ अभियानमा सहभागी हुनुभयो ।
विकासका लागि पार्टी हितभन्दा साझा रूपमा अघि बढाऔँ : मन्त्री साउद
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विकासका लागि राजनीति गरिएकाले पार्टीको हित मात्रै नभई साझा रूपमा अघि बढ्नुपर्ने बताउनुभएको छ ।
प्रशासनद्वारा मिटरब्याज पीडितबाट निवेदन माग
जिल्ला प्रशासन कार्यालय कैलालीले अनुचित लेनदेन (मिटरब्याज) पीडितबाट निवेदन माग गरेको छ । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग २०७९ बाट निवेदन आह्वान भएबमोजिम पीडितहरूको नाम सङ्कलन गर्ने उद्देश्यले प्रशासनले निवेदन माग गरेको हो ।
मिटरब्याज पीडितका लागि सहायता कक्ष
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शुक्रबारदेखि अनुचित लेनदेन (मिटरब्याज) बाट पीडितहरूको निवेदन सङ्कलनका लागि पीडित सहयता कक्ष सञ्चालनमा ल्याएको छ ।
दाङको राप्ती गाउँपालिकाद्वारा कृषि एम्बुलेन्स सञ्चालन
राप्ती गाउँपालिकाले जिल्लामै पहिलो पटक किसानले उत्पादन गरेको तरकारीको बजारीकरणका लागि सहयोग गर्ने उद्देश्यले ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ ।
चुक्तीखोलामा पुल निर्माण हुन थालेपछि स्थानीय हर्षित
मध्यपहाडी लोकमार्ग छेउमै छ नरठाँटी बजार । हिउँदको महिनामा यहाँ सहजरुपमा गाडी आवतजावत गरे पनि बर्खाको करिब चार महिना यातायात ठप्प हुन्छ ।
कानुन कार्यान्वयनमा निरन्तर प्रयास
१३४औँ मे दिवस । श्रमिक आन्दोलनको उपलब्धिको संस्थागत गर्ने उद्देश्यले आउँदो सोमबार राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । पछिल्लो पटक नेपाली श्रमिक आन्दोलनबाट नीतिगत रूपमा धेरै उपलब्धि प्राप्त भएका छन् तर कानुन कार्यान्वयनको अवस्था भने कमजोर भएको भन्दै ट्रेड युनियनहरूले विरोध गर्दै आएका छन् । श्रमिक आन्दोलनबाट कानुनी रूपमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न सरकारबाट भएका प्रयास, कार्यान्वयनमा समस्या र चुनौतीका विषयमा केन्द्रित भएर नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालसँग गोरखापत्रका लागि सीता शर्माले गर्नुभएको कुराकानीको अंश ।
सङ्ग्रहालय पुनः सञ्चालनमा आउने
काठमाडौँ महानगरपालिका–१२, टेकुस्थित बम्बविर विकटेश्वर शिवालयवरिपरि बनाइएका ऐतिहासिक सत्तलमा सङ्ग्रहालय पुनः सुरु गरिने भएको छ। वि.सं. २०७२ को भूकम्पले सत्तल जीर्ण भएपछि स्व. जनार्दनविक्रम राणा परिवारको पहलमा बम्बविर विकटेश्वर गुठीद्वारा सञ्चालित राणाकालीन सामग्रीसहितको सो सङ्ग्रहालय बन्द भएको थियो। एसियन डेभलपमेन्ट बैङ्कको ऋण सहयोगमा सत्तलहरू पुरानै शैलीमा पुनर्निर्माण गरिएपछि सङ्ग्रहालय पुनः सञ्चालनमा आउने भएको हो।