मापदण्डविपरीतको आयल स्टोरमा सिलबन्दी
काठमाडौँ महानगरपालिकाले बालाजुस्थित कोतः धुकु आयल स्टोर सिलबन्दी गरेको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले नेपाल आयल निगमले तोकेको मापदण्डविपरीत बिक्री वितरण गर्दै आएको पाइएकाले महानगर प्रमुखस्तरीय निर्णयबाट बिहीबार सो आयल स्टोरमा सिलबन्दी गरिएको जानकारी दिनुभयो ।
कांग्रेसको नीति अधिवेशन बोलाऔँ : महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल केन्द्रीय कार्यसमिति बैठक राखेर नीति अधिवेशन बोलाउन आग्रह गर्नुभएको छ। राजधानीको नयाँ बानेश्वरमा सम्पर्क समितिसँगको छलफलका क्रममा आयोजित कार्यक्रममा नेता महरले उपनिर्वाचनले देखाएको बदलिँदो राजनीतिक परिस्थितिका विषयमा नीति अधिवेशन बोलाएर समीक्षा गर्नुपर्ने बताउनुभएको हो।
राजनीतिक शैली परिवर्तनको सङ्केत
“हामीलाई जनताले सुध्रने वा विलय हुनेमध्ये एक रोज्न दबाब दिए। हामीलाई विलय हुन मन्जुर छैन, सुध्रने नै हो। कसले कहाँबाट कसरी सुधार्ने भन्ने मात्रै हो,” भर्खरै सम्पन्न चितवन–२ को उपनिर्वाचनमा विशाल मतान्तरले पराजित भएपछि नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले सञ्चारकर्मीसँग प्रतिक्रिया दिनुभयो।
बेलायतले नेपाललाई सहयोग गर्ने क्षेत्र तय
बेलायतले नेपाललाई सहयोग गर्ने प्राथमिकताको क्षेत्र तय गरेको छ। नेपाल–बेलायत द्विपक्षीय परामर्श संयन्त्रको लन्डनमा बसेको छैटौँ बैठकमा बेलायतले भविष्यमा नेपाललाई गर्ने सहयोग क्षेत्र तोकेको हो। बेलायतको विकास सहयोग प्रदान गर्ने नयाँ ढाँचा सार्वजनिक गर्दै बदलिँदो परिस्थितिअनुसार मध्यम आय भएको मुलुकमा सङ्क्रमणकालीन सहयोग र दिगो विकास लक्ष्यकेन्द्रित सहयोग गर्ने स्पष्ट पारेको हो। जसअनुसार दिगो विकासका लक्ष्य भेट्न आवश्यक क्षेत्रगत लगानी र जलवायु वित्त परिचालनमा सहयोग मुख्य हिस्सा रहनेछ।
डाटा सुरक्षामा सरकार गम्भीर
नेपाल सरकार केही समययता सरकारी निकायका वेबसाइट तथा डाटा सुरक्षाप्रति गम्भीर देखिएको छ । यसका लागि सरकारले गत फागुनदेखि सबै सरकारी निकायका वेबसाइटमा एकरूपता कायम गरी सुरक्षा प्रणालीलाई बलियो तुल्याउने उद्देश्यले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली र वेब मनिटरिङ प्रणाली सञ्चालनमा ल्याएको छ ।
भूमिको समस्या समाधान सम्भव
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमि व्यवस्थाको दीर्घकालीन समाधान आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय भूमि आयोगका पदाधिकारीसँग बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा भूमिको समस्या प्याकेजमा समाधान सम्भव भएको बताउनुभयो ।
नीरा हत्याको अनुसन्धानप्रति आशङ्का
एक साताअघि काठमाडौँको कपनस्थित सरस्वतीनगरमा धारिलो हतियार प्रहार गरी नीरा पाण्डे आचार्यको हत्या भएको घटनाको अनुसन्धान ढिला भएको भन्दै स्थानीय र आफन्तले बिहीबार प्रदर्शन गरेका छन्। दिनदहाडै पसलभित्र पसेर भएको हत्याको घटनामा प्रहरीको अनुसन्धान प्रभावकारी नभएको र अभियुक्त फेला नपरेको भन्दै हत्या भएको पसल अगाडि प्रदर्शन भएको हो।
फरार सांसद कोइरीको बिदा निवेदन संसद् सचिवालयमा
फौजदारी मुद्दामा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरे पनि फरार रहनुभएका नेकपा (एमाले)का सांसद लक्ष्मी महतो कोइरीले बिदा स्वीकृतिको निवेदन संसद् सचिवालयमा दिनुभएको छ। बिनासूचना १० बैठकभन्दा बढी अनुपस्थित भए स्थान रिक्तसमेत हुने नियमावलीको व्यवस्था छल्न कोइरीले बिरामी बिदाको निवेदन दिनुभएको पाइएको हो । बिदाका दुईवटा निवेदन कोइरीले प्रतिनिधि सभा सचिवालयमा पठाउनुभएको छ।
दुर्लभ पन्छी सारसको लुम्बिनी क्षेत्रमा संरक्षण गरिँदै
दुर्लभ पन्छी सारसको प्रमुख बासस्थान मानिएको लुम्बिनीमा सारस संरक्षणको काम सुरु गरिएको छ । सारस संरक्षणको कामका लागि लुम्बिनीमा अभिमुखीकरण र कार्यशाला आयोजना गरिएको छ ।
आर्थिक समृद्धिका लागि कृषि र पर्यटनमा ध्यान दिनुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल सरकारका प्रवक्ता रेखा शर्माले आर्थिक समृद्धिका लागि कृषि र पर्यटन क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ । दाङको नारायणपुरमा आजदेखि सुरु भएको ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव –२०८०’ को उदघाटन गर्दै मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।
‘कोशी प्रदेश सबै जातजाती अटाउने प्रदेश हो’
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एउटा प्रक्रियाबाट स्थापित गरिएको ‘कोशी प्रदेश’ को नाम परिवर्तन गर्न जनता रिझाएर दुई तिहाइ मत ल्याएर मात्र सम्भव रहेको बताउनुभएको छ ।
कैलालीको वनमा डढेलोबाट तुलनात्मक कम क्षति
कैलालीको वन क्षेत्रमा यसवर्ष डढेलोको कारण तुलनात्मक अन्य वर्षभन्दा कम क्षति भएको छ । मुलुकको विभिन्न क्षेत्रका वनमा डढेलोका कारण ठूलो क्षति भइरहेका बेला कैलालीमा क्षति कम भएको हो ।
टोप्काभीरमा ‘फ्ल्याग स्टोन’ बाटो
बलेफी गाउँपालिका –८ बसेरीदेखि टोप्कासम्मको उच्च जोखिमयुक्त भीरमा स्टिल रेलिङसहित फ्ल्याग स्टोन बाटो निर्माण गरिएको छ । बाँदर लड्ने भीरमा स्टिल बाटो बनेपछि स्थानीयहरु हर्षित भएका छन् ।
अर्थतन्त्रको शिथिलता अहिलेको समस्या हो : अर्थमन्त्री डा. महत
अर्थतन्त्रमा आएको शिथिलता अहिलेको मूलभूत समस्या भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभएको छ।
मुलुक खेल क्षेत्रमा अगाडि बढ्यो : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुक खेल क्षेत्रमा अगाडि बढिरहेको बताउनु भएको छ । दाङको बंगलाचूली आज (बिहीबार)बाट सुरु भएको तेस्रो बंगलाचूलीमा कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले यस्तो बताउनु भएको हो ।
बजार मूल्य नपाउँदा कृषकले टमाटर फाले
बाँकेको खजुरा गाउँपालिका –२ ‘ए गाउँ’ का अगुवा किसान लालबहादुर खत्रीको बारीमा यतिबेला लटरम्म टमाटर फलेको छ । बारीभरी टमाटर भए पनि गोदाम पनि भरिएको छ । बजारमुल्य नपाएपछि खत्रीले टमाटर फालेर विरोध गर्नुभएको छ ।
महिलालाई मखमलको जुत्ता चप्पल बनाउने तालिम
उद्योग सञ्चालनगरी आय आर्जन गर्न चाहने उद्यमी महिलालाई मखमलको जुत्ता चप्पल बनाउने तालिम दिइएको छ । मोलुङ गाउँपालिका ओखलढुङ्गाले चार वटा वडाका नौ जना महिलालाई सीपमुलक मखमलको जुत्ता चप्पल बनाउने तालिम दिइएको हो ।
पाँचभाइको सुन्तलाखेती
बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै पाँच सय सुन्तलाका बिरुवा हुर्किरहेका छन् । राम्रो धान फल्ने खेत तीन वर्षयता सुन्तला बगैँचामा परिणत भएको हो ।
वर्डफ्लु पीडित किसानलाई राहत
जिल्लाका वर्डफ्लु पीडित किसानलाई राहत उपलब्ध गराउन थालिएको छ । सङ्घीय सरकारले वर्डफ्लु पीडित किसानलाई राहत दिने निर्णय गरेसँगै जिल्लाका किसानले आजदेखि राहत रकम पाउन थालेका हुन् ।
सरकारको ध्यान अर्थतन्त्र सुधारमा : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको आर्थिक अवस्था कमजोर अवस्थामा पुगेकाले सरकारको ध्यान अर्थतन्त्र सुधारमा भएको बताउनुभएको छ ।
कामका आधारमा कर्मचारीको मूल्याङ्कन हुनेछ : अर्थमन्त्री डा.महत
कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभएको छ । कर्मचारीले जिम्मेवारी इमान्दार, पारदर्शी र समर्पणका साथ पूरा गर्न उहाँले निर्देशन दिनुभएको छ ।
पाण्डे हत्याको अनुसन्धान जारी
काठमाडौँको कपनस्थित सरस्वतीनगरमा चक्कु प्रहार गरी हत्या गरिएकी नीरा पाण्डे आचार्यको घटनामा नेपाल प्रहरीका तीनवटा छुट्टाछुट्टै टोलीबाट अनुसन्धान भइरहेको छ । गत बिहीबार दिउँसो पाण्डेले सञ्चालन गर्दै आएको नीरु किचन भाँडा पसलमा ३२ वर्षीया नीरामाथि धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
फ्लाई दुबईका चालकको आयो जवाफ : निर्देशिका पालना गरिएको दाबी
सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको फ्लाई दुबईका चालकदलले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई घटनाको विवरण जानकारी दिएको छ। विमानस्थलको धावनमार्ग छाडेलगत्तै इन्जिन नं. २ (दायाँ इन्जिन)मा मुस्लोसहितको आगोको झिल्का देखिएको जहाज कसरी सकुशल दुबई पुग्यो ? किन काठमाडौँमै जहाज अवतरण गरिएन ? भन्ने आम चासो र जिज्ञासाबीच चालकदलले घटनाबारे प्राधिकरणलाई जानकारी गराएको हो।
एमालेको असहमतिले रोकियो विधेयक
प्रमुख विपक्षी दल नेकपा (एमाले)ले प्रस्तावित अन्तरवस्तुमा असहमति जनाएपछि संवैधानिक परिषद्सम्बन्धी विधेयक पारितको प्रक्रिया रोकिएको छ। प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच भएको सहमतिअनुसार बुधबार फास्ट ट्र्याकबाट विधेयक प्रतिनिधि सभाले पारित गर्ने तयारी थियो तर विधेयकमा प्रस्तावित निर्णय प्रक्रियासम्बन्धी व्यवस्था परिमार्जन गर्नुपर्ने अडान एमालेले राखेपछि दैनिक कार्यसूचीमै समेटिन सकेन।