नियमनमा आउँदै ओटीटी
दूरसञ्चार सेवा प्रदायकले उपलब्ध गराएको पूर्वाधार तथा सेवा प्रयोग गरेर सञ्चार सेवा उपलब्ध गराइरहेका ओभर दी टप (ओटीटी) सेवा प्रदायकलाई नियमनमा ल्याउने तयारी सुरु गरिएको छ। यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले नियमन फ्रेमवर्कको मस्यौदा तयार गरिसकेको छ। सार्वजनिक रूपमा सुझाव माग गरिएको उक्त मस्यौदामा नेपालको भूभागभित्र सञ्चार सेवा उपलब्ध गराइरहेका ओटीटीलाई कानुनी दायरामा ल्याउने उल्लेख छ। यसअनुसार भिडियो, अडियो तथा अक्षरमार्फत
सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि ७७ वटै जिल्लामा पाठ्यपुस्तक पु-याएको छ। सबै जिल्लामा पाठ्यपुस्तक पुगे पनि वितरणको काम भइरहेकाले केही विद्यालयमा सहज रूपमा पुग्न अझै केही समय लाग्ने केन्द्रले जनाएको छ। केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाका अनुसार करिब ९० प्रतिशत पाठ्यपुस्तक वितरण भइसकेको छ। केन्द्रलाई कक्षा ६–१२ सम्मका लागि एक करोड ५० लाख थान पुस्तक छाप्ने जिम्मा दिइएको थियो। बुधबारसम्ममा एक करोड ३३ लाख ९५ हजार सात सय थान पाठ्यपुस्तक वितरण भइसकेको छ।
खानेपानी समस्या समाधानमा जनताको सहभागिता
धरान उपमहानगरपालिकामा खानेपानी समस्या समाधान गर्न कोकाहा खोलाको पानी ल्याउन जनता आफै श्रमदानमा उत्रेका छन् । सुख्खा याममा धरानमा पानीको हाहाकार हुनेगर्छ । पानीका समस्याले सर्बसाधारणलाई सास्ती खेप्नुपर्ने समस्या नयाँ होइन । गत स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनुभएका हर्कराज राईको मुख्य एजेण्डा नै खानेपानी समस्या समाधान गर्ने रहेको थियो ।
हात्ती धपाउन टर्चलाइट र साइरन सहयोग
झापाको कमल गाउँपालिका –३ ले हात्ती धपाउन साइरन र टर्चलाइट वितरण गरेको छ । हात्तीका कारण स्थानीयहरु त्रसित बनेपछि हात्ती धपाउन र हात्ती आएको जानकारी दिन साइरन बजाइने भइको छ ।
राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था क्रमिकरूपले सुधारोन्मुख रहेको छ ।
रातो मच्छिन्द्रनाथको रथ यात्रा रोकियो
वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ यात्रा आजका लागि रोकिएको छ । गुठी संस्थान शाखा कार्यालय ललितपुरले मच्छिन्द्रनाथको रथमा प्राविधिक कार्य गर्नुपर्ने भएकाले रथ जात्रा नहुने जानकारी गराएको हो ।
‘सरकारी सञ्चार माध्यमलगायतमा सरकारले अङ्कुश लगाउँदैन’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रताप्रति वर्तमान सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
बिदामा पनि सेवा प्रवाह गर्दै मालपोत कार्यालय
मालपोत कार्यालय तम्घास गुल्मीले सार्वजनिक बिदामा समेत सेवा प्रवाह गर्नुभएको छ। सार्वजनिक सूचना जारी गर्दै मालपोत अधिकृत खेतबहादुर खत्रीले विभिन्न १७ सार्वजनिक बिदामा पनि मालपोत कार्यालयले सेवा प्रवाह गर्ने बताउनुभएको हो ।
लैङ्गिक हिंसाको सिकार हुँदै महिला
लैङ्गिक हिंसामा महिला सबैभन्दा बढी पर्ने गरेको देखिएको छ । तानसेनमा आयोजित कार्यक्रममा वक्ताहरूले सो कुरा बताएका हुन् ।
ज्ञान महर्जनको 'प्याड म्यान' यात्रा
हाम्रो समाजमा महिनावारीको विषयमा खुलेर कुरा गर्न अझै पनि हिचकिचाउँछन् । महिनावारीको विषयमा खुल्न नसकेको हाम्रो समाजमा ललितपुर खोकनाका ज्ञान महर्जनले भने यस्तो सोचमा परिवर्तन ल्याउन लामो समयदेखि अभियान नै सञ्चालन गर्दै आउनुभएको छ ।
दश लाख रुपियाँको अक्षयकोष स्थापना
दोखाको कालिञ्चोक गाउँपालिका –३ पुटुङ निवासी पूर्व कर्नेल महेन्द्रजङ सिवाकोटीले आफ्ना बाबुआमाको स्मृतिमा स्थानीय कालिनाग माध्यमिक विद्यालयमा १० लाख रुपियाँको अक्षयकोष स्थापना भएको छ ।
रसुवाको लाङटाङमा अझै यातायात पुगेन
रसुवाको लाङटाङ क्षेत्रबाहेक अन्य सबै गाउँमा नियमित बस सेवा सञ्चालनमा आएको छ । गाउँ टोलबाटै बस चल्न थालेपछि स्थानीय बासिन्दालाई आउजाउ गर्न सहज भएको छ । रसुवा घुम्न आउने पर्यटकलाई समेत यात्रा गर्न सहज भएको छ ।
बिना दर्ता सञ्चालनमा छन् औषधि पसल
म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरवाङ बजारमा बिना दर्ता औषधि पसल सञ्चालन हुँदा मानव स्वास्थ्य नै जोखिममा परेको छ । पश्चिम क्षेत्रका नागरिकको स्वास्थ्योपचारलाई मध्येनजर गर्दै दरवाङमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छ ।
चार वर्षदेखि अलपत्र औद्योगिक ग्राम
कपिलवस्तुको बाणगंगा नगरपालिकामा निर्माण हुँदै गरेको नगर औद्योगिक ग्राम अलपत्र परेको छ । सङ्घीय सरकारको अनुदानबाट नगरपालिकाको वडा –९ वर्दहवामा निर्माण हुँदै गरेको औद्योगिक ग्राम चार वर्षदेखि अलपत्र परेको हो ।
स्वास्थ्य पत्रकार मञ्च अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कारबाट पुरस्कृत
स्वास्थ्य पत्रकार मञ्च नेपाल ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ बाट पुरस्कृत भएको छ । एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसनले मञ्चलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।
बीमा कम्पनीको चुक्ता पुँजी पुर्याउने समय असार मसान्तसम्म
बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा तीन महिना थप भएको छ । नेपाल बीमा प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गरेर नयाँ निर्देशिका जारी गर्दै चुक्ता पुँजी कायम गर्ने सीमा असार मसान्तसम्म पुर्याएको हो ।
पाटन गा: बहाल पुर्याइयो रातो मछिन्द्रनाथको रथ (फोटो फिचर)
रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथलाई तानेर गाः बहाल पुर्याइएको छ । रथलाई पुलचोकबाट तानेर मङ्गलबार गाः बहाल पुर्याइएको हो ।
मर्स्याङ्दी जलविद्युतको उत्पादन घट्यो
हिमालमा हिउँ नपर्दा तनहुँको आँबुखैरेनी गाउँपालिका –४ मा रहेको मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ ।
मनाङवासी यार्सागुम्बा टिप्न हिमाली भेगतर्फ
बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि मनाङवासी लेकतर्फ लागेका छन् । आम्दानीको स्रोतका रूपमा रहेको औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि उनीहरू यतिबेला जिल्लाका विभिन्न ठाउँ पुगेका छन् ।
स्थानीय तहका अधिकांश सडक भासिँदै
बाँकेमा स्थानीय सरकारले निर्माण गरेका अधिकांश कालोपत्रे सडक भत्किएका छन् । अधिकांश स्थानीय सरकारले वार्षिक बजेटको ठूलो हिस्सा कालोपत्रे सडकमा खर्च गर्ने गरेपनि त्यो टिकाउ र गुणस्तरीय हुन नसकेको स्थानीय बासिन्दाको भनाइ छ ।
पहिचान बन्दै सिस्नो, बाँको र आलु
वनमा खेर गइरहेको बाँको अहिले भान्सामा पुगेको छ । सिपालुको हात लागेपछि बाँको गुन्द्रुक बन्छ । बारीमा झाडी बनेको सिस्नोको माग अधिक छ । सीप सिकेका महिला सिस्नोको धुलो बनाउँछन् ।
भन्सार छलेर भित्र्याइँदै अवैध मकै
झापाको दक्षिणी सीमावर्ती गाउँपालिकाहरूमा भारतबाट अवैध रूपमा मकै आउने गरेको पाइएको छ । भारतबाट सवारी साधनमा हालेर नै अवैध रूपमा मकै ल्याउने गरेको पाइएको हो ।
दुर्घटनामा घाइतेको मृत्यु
मोरङको सुन्दरहरैचा वडा नम्बर ८ सलकपुरमा बसको ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
नगर विकास पत्रकारिता कोष स्थापना
फिदिम नगरपालिकाले नगर विकास पत्रकारिताका लागि पाँच लाख रुपियाँको पुरस्कार कोष स्थापना गरेको छ । कोष नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाको स्वामित्वमा रहने गरी स्थापना गरिएको हो ।