• १३ असोज २०८१, आइतबार

भन्सार छलेर भित्र्याइँदै अवैध मकै

blog

८८ बोरा मकैसहित ट्याक्टर इलाका प्रहरी कार्यालय गौरीगञ्जको नियन्त्रणमा । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल
दमक, वैशाख १३ गते । 
झापाको दक्षिणी सीमावर्ती गाउँपालिकाहरूमा भारतबाट अवैध रूपमा मकै आउने गरेको पाइएको छ । भारतबाट सवारी साधनमा हालेर नै अवैध रूपमा मकै ल्याउने गरेको पाइएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका वडा नं. २ स्थित आँपगाछीमा प्रहरीले एक ट्याक्टर मकै नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रूपमा ल्याइएको मकैसहित मे १ त ७११० नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।

ट्याक्टरमा हालेर भारतबाट ल्याइएको ८८ बोरा मकैसहित ट्याक्टर इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले मङ्गलबार बिहान ७ बजे नियन्त्रणमा लिएको पनि रिजालले जानकारी दिनुभएको छ ।

भन्सार छलेर ल्याइएको मकैसहित ट्याक्टरलाई प्रहरीले मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाएको छ ।