विषयगत समिति गठन
प्रतिनिधि सभाको अधिवेशन प्रारम्भ भएको झन्डै चार महिनापछि विषयगत समिति गठन भएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकले १० विषयगत समिति गठन गरेको हो। समिति गठन नहुँदा विधायिकी कार्य हुन सकेका थिएनन्। समिति गठनसँगै सभामा विचाराधीन रहेका नौ विधेयक सम्बन्धित समितिमा पठाइएका छन्।
स्थानीय तहमा मनपरी, कार्यालयका सामान कर्मचारीका घरभरि
स्थानीय तहका कतिपय पदाधिकारी र कर्मचारीले आफूले कार्यालय प्रयोजनका लागि प्रयोग गर्दै आएका सामान सम्बन्धित स्थानीय तहलाई फिर्ता गर्दैनन् । जनप्रतिनिधि र कर्मचारीले आफ्नो कार्यकाल सकिएपछि आफूले कार्यालय प्रयोजनका लागि कार्यालयबाट भर्पाई गरी लिएका सवारीसाधन, मोबाइल, ल्यापटपलगायतका सामान फिर्ता नगरी आफैँले घरमा लैजाने गरेका छन् ।
अब पन्ध्र दिनमै राहदानी
काठमाडौँकी प्रतीक्षा श्रेष्ठले विद्युतीय राहदानी बनाउन आवेदन दिएको एक सातामै फोटो खिचेर फाराम भर्ने मिति पाउनुभयो । दुई महिनाअघि यस्तो असम्भवजस्तै थियो । उहाँले भन्नुभयो, “एक महिना लाग्न सक्छ भनेको थियो तर एक हप्तामै फोटो खिच्न बोलायो ।” उहाँका श्रीमान्को राहदानी पनि १५ दिनभित्रै बन्यो । दुई महिनाअघि बनाउन जाँदा धेरै सेवाग्राही त्रिपुरेश्वरस्थित राहदानी विभागबाहिरको सडकबाटै फर्कन बाध्य हुन्थे । यस्तो समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र प्रधानमन्त्री कार्यालयको चासो कारक रह्यो ।
कानुन निर्माणमा उपलब्धि शून्य
निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको अधिवेशन विधायिकी कार्यमा पूर्णतः असफल बनेको छ। २०७९ पुस २५ मा सुरु भई ११० दिनसम्म चलेको अधिवेशनले एउटा पनि विधेयक पारित गर्न सकेन। सङ्घीय संसद्को चालु अधिवेशनले कुनै पनि कानुन निर्माणलाई पूर्णता दिन नसकेको हो। राजनीतिक विवादका कारण अधिवेशन अन्त्यको जानकारी पूरा गर्नसमेत मध्यरात कुर्नुप-यो।
सिंहदरबारभित्र कुकुरको बिगबिगी
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा फोहोरसँगै कुकुर व्यवस्थापनमा समेत समस्या देखिएको छ। फोहोर व्यवस्थापनको समस्या करिब दुई हप्तादेखि देखिएको छ भने कुकुरको समस्या वर्षौंदेखिको हो। कुकुरका कारण विशिष्ट व्यक्तिको आगमनमा समस्या हुनुका साथै सवारीसाधनलाई लखेट्ने, सडकपेटीमै सुत्ने, जथाभाबी दिसा–पिसाब गरेर फोहोर गर्ने, सिंहदरबारभित्र फोहोर सङ्कलन तथा सरसफाइ गर्नेलाई टोक्न खोज्नेजस्ता समस्या देखिए पनि त्यसको व्यवस्थापनका लागि कुनै पनि निकाय जिम्मेवार र तत्पर देखिएका छैनन्। कुकुरले कतिपय मन्त्रालयका भ¥याङमा दिसा गर्ने गरेका छन्।
यस्ता छन् आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सांसद पौडेलका सुझाव
राष्ट्रिय सभाका सांसद कृष्णप्रसाद पौडेलले देशको आर्थिक अवस्थालाई निकास दिएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न विभिन्न उपायहरू सुझाउनु भएको छ ।
बाढीपीडितद्वारा वन क्षेत्रमा टहरा निर्माण
कैलालीको बड्का बनुवाँ भनेर चिनिने बसन्ता वन क्षेत्र मासेर बाढी पीडितले टहरा निर्माण गरेका छन् । कैलारी गाउँपालिका –५ स्थित पवेरा सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर बाढी प्रभावितले घर टहरा निर्माण गरेका हुन् ।
भूकम्पले बाजुरामा २३ घरमा क्षति
बाजुरामा बिहीबार राति गएको भूकम्पले २३ वटा घर भत्किएका छन् । बिहीबार राति ११ बजेर ४५ मिनेटमा बाजुरामा केन्द्र विन्दु भएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
होटल संघ नेपालको अध्यक्षमा शाह निर्वाचित
होटल सङ्घ नेपाल (हान) को १४औँ अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित हुनुभएको छ । सङ्घको ४८औँ वार्षिक साधारण सभामार्फत शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
कर्मचारीले नीतिअनुसार काम नगर्दा जनताको आक्रोश राजनीतिक दलमाथि : मन्त्री मोदी
सामान्य प्रशासन तथा सङ्घीय मामिलामन्त्री अमललाल मोदीले सरकारी कर्मचारीहरूले सरकारको नीतिअनुसार काम नगर्दा जनताको आक्रोश राजनीतिक दलमाथि खनिएको बताउनुभएको छ ।
संस्थागत आइसोलेसनमा २६ जना सङ्क्रमित भर्ना
नेपालमा २६ जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा भर्ना भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३६७ सक्रिय सङ्क्रमितमध्ये २६ जना संस्थागत आइसोलेसनमा भर्ना भएका हुन् ।
अशिक्षा र गरिबीको दुरवस्था, २६ वर्षमा १२ सन्तान !
बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा । अग्लो डाँडाको काखमा एक झुपडी । त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार । नजिकै छ, डेढ दर्जनबढी बस्तुभाउ अटाउने गोठ । झुपडीसँगै टाँसिएको तबेला । आँगनमा यत्रतत्र छरिएका लुगाकपडा, भाडाँकुडादेखि काठ दाउरा सबै । यो अव्यवस्थित दृश्य हो, खप्तडछान्ना गाउँपालिका–७ गोरखाली खानडाँडाको ।
कृषिजन्य वस्तु बिक्रीका लागि किसानलाई परिचयपत्र
तुलसीपुर उपमहानगरपालिकाले स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारमा बिक्रीका लागि किसान परिचयपत्र वितरण गरेको छ । स्थानीय किसानले उत्पादन गरेका कृषिजन्य वस्तु प्रोत्साहन गर्न परिचयपत्र वितरण गर्न थालेको हो ।
सशस्त्र प्रहरीलाई जग्गा दान
झण्डै अढाइ करोड मूल्य पर्ने जग्गा महोत्तरीका एक दानवीरले सशस्त्र प्रहरीलाई जग्गा दान गर्नुभएको छ । महोत्तरी भंगहा –४ घर भएका व्यावसायी तथा समाजसेवी दिनेशकुमार महतोले अढाइ करोड मूल्य पर्ने जग्गा सशस्त्र प्रहरी वेश क्याम्प नक्टाझिजलाई कार्यालय निर्माणका लागि दान दिनुभएको हो ।
सातै प्रदेशमा नमूना अस्पताल निर्माण गर्ने सोचेका छौँ : मन्त्री मोदी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले देशको सातै प्रदेशमा निजामती कर्मचारी अस्पतालजस्तै नमूना अस्पताल निर्माण गर्ने बताउनुभएको छ ।
गाईगोरु बिरामी हुन थालेपछि किसान चिन्तित
घरमा पालिएका गाईगोरु धमाधम बिरामी पर्न थालेपछि रुकुमपश्चिमका पशुपालक किसान चिन्तित बनेका छन् ।
छोपिएको अवस्थामा महिलाको शव फेला
झापा शिवसताक्षी नगरपालिकामा एक महिलाको शव फिलुङ्गेको नलले छोपेको अवस्थामा भेटिएको छ । वडा ६ स्थित स्थानीय ६३ वर्षीय शान्तिमाया प्रधानको शव बिहीबार बेलुका उहाँकै घर नजिकै फिलुङ्गेको नलले छोपेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
‘अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय जानकारीमा छैन’
अर्थमन्त्री डा. प्रकाशशरण महतले अयोग्य लडाकुलाई दुई लाख रुपियाँ दिने मन्त्रीपरिषद्को निर्णयबारे आफूलाई जानकारी नभएको बताउनुभएको छ । राष्ट्रिय युवा संघले अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको निर्णयबिरुद्ध आज बुझाएको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री महतले सो कुरा बताउनुभएको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक जारी रहेको छ । दिउँसो १ बजेबाट सुरु भएको बैठकमा सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहनुहुने सांसदहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्नुहुने छ ।
नीति र सिद्धान्त मिल्ने पार्टीसँग सहकार्य गर्ने : अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का केन्द्रिय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समानता र वैचारिकताको आधारमा सबै पार्टीसँग हातेमालो गर्न तयार रहेको बताउनुभयो ।
चीनसँग आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहन्छौं : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताउनुभएको छ ।
लामिछाने र वाग्लेले लिनुभयो सांसद पदको शपथ
यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित दुईजना प्रतिनिधिसभा सदस्यले शपथग्रहण गर्नुभएको छ । चितवन–२ बाट निर्वाचित रवि लामिछाने र तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्लेको आज (शुक्रबार) शपथग्रहण गर्नुभएको हो ।
जनकनन्दनी गाउँपालिकामा निःशुल्क प्रसूति सेवा
धनुषाको जनकनन्दनी गाउँपालिकाका सुत्केरी हुने महिलालाई सीमावर्ती भारतीय अस्पतालमा पुग्नुपर्ने बाध्यता हटेको छ ।
विपद् उद्धारमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री शर्मा
सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले विपद उद्धारका कार्यमा तीनै तहका सरकारबीच समन्वय सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।