सांसदलाई बजेट दिन माग
नेपाली कांग्रेसको संसदीय दलको बैठकमा ‘सांसद विकास कोष’मार्फत सांसदहरूले पाउने बजेट पुनः कायम गर्नुपर्ने माग उठेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मङ्गलबार र बुधबार बसेको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमा ‘सांसद विकास कोष’मार्फत बजेट व्यवस्था हुनुपर्ने माग गर्नुभएको हो।
निर्वाचन खर्च सार्वजनिक नगरे कारबाही
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा खर्च विवरण समयमै बुझाए पनि सो विवरण तोकिएको समयभित्र सार्वजनिक नगर्ने उम्मेदवार निर्वाचन आयोगको कारबाहीमा पर्ने भएको छ। आयोगले वैशाख १२ गते मङ्गलबारसम्म खर्च विवरण सार्वजनिक गर्न समयसीमा तोकेको थियो।
विपत् व्यवस्थापन गर्न सकस
भूकम्पलगायतका प्राकृतिक विपत् व्यवस्थापन गर्न राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सकस परेको छ। पहिले भएका पुनर्निर्माण पनि जनमैत्री नभएको गुनासो बढेको छ। २०७२ साल वैशाख १२ गतेको भूकम्पको स्मरणमा प्राधिकरणले आयोजना गरेको राष्ट्रिय सम्मेलनमा प्राधिकरण र सरोकारवाला निकायका उच्च अधिकारीले विपत् व्यवस्थापन मार्ग सहज नरहेकोप्रति आत्मालोचना गर्नुभयो।
जग्गा प्राप्तिको विषय चाँडै टुङ्ग्याइँदै
सरकारले काठमाडौँ, तराई, मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत ललितपुरस्थित खोकनामा जग्गा प्राप्तिसम्बन्धी विषय यथाशीघ्र समाधान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको बैठकले जग्गा प्राप्तिको विषयलाई चाँडै निष्कर्षमा पु-याउने निर्णय गरेको हो । बैठकपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले खोकनाको जग्गा प्राप्तिसम्बन्धी उत्पन्न समस्या समाधान गर्न उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा सहजीकरण समितिले काम अघि बढाइरहेको र यो विषय चाँडै टुङ्गिने बताउनुभयो।
टिप्परको तौल नलिइने
सवारीसाधनको भार तौलिने निर्णयमा टिप्पर व्यवसायीका अगाडि प्रहरी प्रशासन निरीह बनेको छ । गृह मन्त्रालयको निर्देशनअनुरूप जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पाँच दिनअघि मालवाहक सवारीसाधनको भार अनिवार्य रूपमा तौलपुलमा जाँचेर मात्र सडकमा पठाइने गरी भएको निर्णय व्यवसायीको दबाबमा पाँच दिन पनि टिक्न सकेन ।
काठमाडौँका विद्यालयमा ‘पुस्तकविहीन शुक्रबार’
शुक्रबारदेखि काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीले पाठ्यपुस्तक नलिई विद्यालय जान पाउने भएका छन्। हरेक शुक्रबार विद्यार्थीले पाठ्यपुस्तकमा समेटिएकोभन्दा फरक विषय अध्ययन गर्न पाउनेछन्। नयाँ विषयको सिकाइले विद्यार्थीलाई दैनिक जीवनमा आइपर्ने घरायसी समस्या समाधान गर्न सक्षम बनाउनेछ।
लाइसेन्स अवधि १० वर्षको बनाउने गृहकार्य
सरकारले सवारीचालक अनुमतिपत्र नवीकरण गर्ने अवधि १० वर्ष बनाउने गृहकार्य सुरु गरेको छ। अहिले हरेक पाँच/पाँच वर्षमा सवारीचालक अनुमतिपत्र नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारीचालक अनुमतिपत्र नवीकरण गर्ने अवधि १० वर्ष बनाउने गृहकार्य सुरु गरिएको जानकारी दिनुभयो। मन्त्रालयमा मङ्गलबार आयोजित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “हामीले पाँच वर्षमा गरिँदै आएको ड्राइभिङ लाइसेन्स नवीकरण अवधिलाई बढाएर १० वर्ष बनाउनेतर्फ काम गरिरहेका छौँ। यो व्यवस्था कार्यान्वयन गर्दा अहिले यातायात कार्यालयमा देखिएका समस्या थोरै भए पनि समाधान हुने र नागरिकलाई पनि सजिलो हुने अपेक्षा गरिएको छ।”
फ्लाई दुबईको समस्या अस्पष्ट
विमानस्थलबाट उडान भर्नेबित्तिकै ठूलो आवाजसहित आगोको मुस्लो देखिएको फ्लाई दुबई प्रकरण थप कौतूहलको विषय बनेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानका चालकको हवाला दिएर गरिएको विमानस्थलमा चरा ठोक्किएको दाबी सत्य नभएको बरु प्राविधिक समस्या रहेको बताउनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि जहाजमा चरा ठोक्किएको पुष्टि गर्न फ्लाई दुबईलाई चुनौती दिएको छ ।
जब सचेतकले सभापतिलाई रोके...
प्रतिनिधि सभाको मङ्गलबारको आकस्मिक समयमा सभामुख देवराज घिमिरेले नेकपा (एमाले)का ईश्वरबहादुर रिजाललाई बोल्ने अनुमति दिनुभएको थियो। सांसद रिजालले निर्वाचन क्षेत्र केन्द्रित भएर धारणा राख्नेक्रम सुरु गर्नुभयो। रिजाल बोल्न सुरु गरेलत्तगै नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा आसन स्थानबाट उठेर बाहिर निस्कन लाग्नुभयो। सत्ता पक्षको आसनको पहिलो पङ्क्तिमै बस्नुभएका देउवा उठेर बाहिर निस्कन लागेपछि संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले रोक्नुभयो अनि सभापति देउवा फर्केर आएर पुनः आसनमा बस्नुभयो।
बालिकामाथि जवर्जस्ती गर्ने पक्राउ
कालीकोटको तिलागुफा नगरपालिका बस्ने एक अपाङ्गता भएका वालिकामाथि जवर्जस्ती भएको छ । सुस्त मनस्थिति भएकी १४ वर्षीया बालिकालाई तिलागुफा नगरपालिका –१ रानावाडाका ७० वर्षीय खाम्मा रानाले जवर्जस्ती गरेको परिवारका सदस्यको आरोप छ । जवर्जस्ती गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
बिदामा सेवा दिंदै प्रशासन कार्यालय इलाम
जिल्ला प्रशासन कार्यालय इलामले १६ वटा पर्व र जयन्तीजस्ता बिदामा नागरिकलाई सेवा दिनेभएको छ । कामको चाप हुँदा शनिबार पनि सेवा दिंदैआएको जिल्ला प्रशासन कार्यालयले शनिबारसहित २०८० को १६ वटा बिदामा नागरिकलाई सेवा दिने भएको हो ।
तनहुँबासीले गर्व गर्नेगरी काम गर्छु : सांसद वाग्ले
तनहुँ –१ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित डा. स्वर्णिम वाग्लेले तनहुँबासीले गर्व गर्नेगरी काम गर्ने बताउनुभएको छ । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि दमौलीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
नेप्सेमा दोहोरो अङ्कको सुधार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को परिसूचक आज (मङ्गलबार) दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ३६ अङ्कले बढेर एक हजार ९०५ दशमलव ६८ को विन्दुमा पुगेको हो ।
टेकोमा अड्याइएको काठमाडौं (फोटो फिचर)
लड्न लागेका वस्तुलाई केही समय अड्याउन टेको लगाइन्छ । त्यसले केही दिन त धान्ला । लामो समय धान्दैन । तर काठमाडौं उपत्यकाको अधिकांश पुराना सहरका गल्ली–गल्लीमा टेकोले धानेका घर प्रशस्तै देख्न पाइन्छ ।
३२ लाख खर्च गरेर कभर्ड हल निर्माण
सुनकोशी गाउँपालिका ओखलढुङ्गाले करिब ३२ लाख खर्च गरेर ब्याडमिन्टन कभर्ड हल बनाएको छ । सुनकोशी गाउँपालिका –५ मुलखर्कमा गाउँपालिकाले ३१ लाख ८२ हजार ७ सय ५ रुपियाँ बजेट खर्च गरेर कभर्ड हल बनाएको हो ।
तानसेन बाँसटारीमा निर्माण भयो ट्रायल सेन्टर
तानसेनको बाँसटारीमा ‘ट्रायल सेन्टर’ निर्माण भएको छ । पाल्पासहित छिमेकी जिल्लाका नागरिकलाई साना सवारीसाधनको लाइसेन्स दिन ‘ट्रायल सेन्टर’ सुचारु गरिएको हो ।
व्यवसायीले कर नतिर्दा राजस्व असुलीमा समस्या
ठूला व्यवसायीहरू वर्षौँदेखिको राज्यलाई बुझाउनु पर्ने कर नतिरेका कारण राजश्व (कर) सङ्कलनको लक्ष्य प्राप्तिमा समस्या उत्पन्न भएको छ ।
बजेटमा उत्पादन वृद्धि, रोजगार र कृषि प्राथमिकतामा
नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले आगामी बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र स्थान केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।
पुरानो बसपार्कस्थित प्रहरी बिटमा महानगरको डोजर (फोटो फिचर)
काठमाडौं महानगरपालिका पुरानो बसपार्कस्थित प्रहरी बिट हटाएको छ । मङ्गलबार महानगरले काठमाडौंको भ्यूटावर नजिक रहेको पुरानो बसपार्कमस्थित सडक पेटीको प्रहरी बिट हटाएको हो ।
‘बुढ्यौली बोझ होइन’
बुढ्यौली उन्मुख समाजतर्फ नेपाल पनि रहेकाले यसलाई समाजको बोझको रूपमा नभई अवसरका रूपमा लिनुपर्ने विज्ञहरूको सुझाव छ ।
यूएई पुगेका नेपाली श्रमिकको बढ्यो गुनासो
चालु आर्थिक वर्षको नौ महिनामा संयुक्त अरब इमिरेट्स (यूएई)मा वैदेशिक रोजगारीका लागि गएका ११७ नेपालीले ज्यान गुमाएका छन । यूएईमा कामका लागि श्रम स्वीकृति लिएर गएकाको तथ्याङ्क नै करिब तीन लाख ५० हजारको हाराहारीमा छ । नेपाली दूतावासले चालुु आर्थिक वर्ष २०७९/८० साउनदेखि चैत महिनासम्म पहिलो नौ महिनामा रोजगारीमा यूएई आएका ११७ नेपालीले रोजगारीका क्रममा ज्यान गुमाएको जानकारी गराएको छ ।
सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। उहाँले प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउने गरी कुनै कानुन बनाउने पक्षमा सरकार नरहेको पनि स्पष्ट पार्नुभयो। नेपाल रिपब्लिक मिडियाको १५औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले सञ्चार क्षेत्रको विगतको भूमिकालाई ध्यानमा राखेर र आगामी दिनमा पनि नागरिकलाई सुसूचित गर्न खेलेको भूमिकाको उच्च कदर सरकारले गर्ने उल्लेख गर्नुभयो। उहाँले पत्रकारिता क्षेत्रको योगदानका आधारमा पनि यसको आलोचनात्मक पक्षलाई सशक्त तुल्याउन सरकारले गर्नुपर्ने सबै कानुनी र अन्य आवश्यक व्यवस्थाको तयारी गरिरहेको जानकारी दिनुभयो। पछिल्ला दिनमा परिवर्तनलाई उल्ट्याउन चाहनेहरू सल्बलाउन थालेकाले यसप्रति पनि सतर्क हुनुपर्ने
सुडानमा नेपाली नागरिक सुरक्षित
सुडानमा रहेका नेपाली नागरिकको सुरक्षाका लागि नेपाल सरकारले तदारुकताका साथ पहल थालेको छ । गत सातादेखि सुडानमा चर्किएको द्वन्द्वका कारण त्यहाँस्थित नेपालीको सुरक्षा र उद्धारका लागि सरकारले पहल थालेको हो । इजिप्टको कायरोस्थित नेपाली दूतावासको सम्पर्कमा रहेका १९ जना नेपाली हालसम्म सुरक्षित रहेको मन्त्रालयले उल्लेख गरेको छ । अन्य नेपाली नागरिकलाई सम्पर्कमा ल्याउन आवश्यक पहल भइरहेको छ । शान्ति मिसनमा कार्यरत तीन जना नेपाली शान्ति सैनिक आइतबार अफ्रिकी मुलुक चाडतर्फ गएका छन् भने खार्तुमस्थित संयुक्त राष्ट्रसङ्घका विभिन्न निकायमा कार्यरत सात जना नेपाली सोही दिन खार्तुमबाट युगान्डा जाने तयारीमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रमुख विहीन मालपोत कार्यालय, सेवाग्राहीलाई सास्ती
मालपोत कार्यालय खोटाङमा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् । लामो समयदेखि कार्यालय प्रमुख रिक्त हुँदा दैनिक काम समेत प्रभावित भएर सेवाग्राहीले सास्ती भोग्नु परेको हो ।