• १३ असोज २०८१, आइतबार

स्कुल बसले ठक्कर दिँदा नाबालिकाको मृत्यु

blog

स्कुल बसले ठक्कर दिँदा अढाई वर्षीया नाबालिकाको मृत्यु । फाइल तस्बिर

विष्णुप्रसाद पोखरेल
दमक, वैशाख १३ गते ।
 झापामा स्कुल बसले ठक्कर दिँदा अढाई वर्षीया नाबालिकाको ज्यान गएको छ । कमल गाउँपालिका वडा नं. २ भुत्लुङमा नवोदय बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा पवन सुवेदीकी अढाई वर्षीया छोरी किन्जल सुवेदीको ज्यान गएको हो ।

मङ्गलबार अपराह्न करिब ४ बजे भुत्लुङ–देवीचौन भित्री सडकमा विद्यार्थी पुर्‍याउन गएको बसले घरको आँगन अगाडि बाटोमा खेल्दै गरेकी किन्जललाई मे १ क ४०७ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार टाउको गम्भीर चोट लागेको र उपचारका लागि गौरादहस्थित स्थानीय अस्पतालमा लैजाने क्रममा किन्जलको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान सुरु भइसकेको पनि प्रहरीले जानकारी दिएको छ ।